गण्डकी प्रदेश राजधानी पोखरामा पहिलोपटक आकाशेपुल बन्दै

  • सिर्जनाचोकको आकाशे पुलका लागि २ करोड ४१ लाख रुपैयाँमा टेण्डर आह्वान गर्न लागिएको छ ।
  • कास्की, १ फागुन – गण्डकी प्रदेशको राजधानी बनेपछि पोखरामा बढ्दो शहरीकरणले सवारी साधनको संख्यामा पनि वृद्धि भएको छ । गण्डकी प्रदेश राजधानी यहाँ जनघनत्व पनि बढ्दैछ । मुख्य चोकहरुमा अब आकाशेपुल आवश्यक भइसक्यो । पोखरा महानगरले पोखराका मुख्य चोकहरुमा क्रमशः आकाशेपुल निर्माणको योजना अघि बढाएको छ । यसको सुरुवात सिर्जनाचोकबाट हुनेछ । झण्डै साढे २ करोड लागतमा आकाशे पुल बनाउन लागिएको महानगरले जनाएको छ । पृथ्वीचोकमा पनि आकाशे पुल बनाउने तयारी भैरहेको छ । सिर्जनाचोकको आकाशे पुलका लागि २ करोड ४१ लाख रुपैयाँमा टेण्डर आह्वान गर्न लागिएको महानगरका मेयर मानबहादुर जिसीले जानकारी दिए । आकाशे पुल निर्माणका लागि कास्की क्षेत्र नम्बर २ का सांसद समेत रहेका पर्यटनमन्त्री रवीन्द्र अधिकारीले पूर्वाधार विकास कार्यक्रम मार्फत ५० लाख रुपैयाँ विनियोजन गरेका छन् । बाँकी रकम महानगरपालिकाले नै व्यहोर्नेछ । अहिले पुलको डिजाईन र स्टिमेट समेत तयार भैसकेको छ । १५ महिनाभित्रै पुल बनाईसक्ने योजना छ । मेयर जिसीले सिर्जनाचोकबाट काम सुरु गर्ने बताउँदै पृथ्वीचोकको पुलको पनि स्टिमेट र डिजाईन फाईनल हुने क्रममा रहेको जानकारीदिए । उनले केहि समयमै टेण्डर निस्किने जानकारी पनि दिए ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार

    © 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology