यस्ता छन् प्रचण्डको नेतृत्वमा लडिएको माओवादी जनयुद्धका मुख्य घटनाक्रम

  • तत्कालीन नेपाली कांग्रेसको सरकारद्धारा ‘सबैलाई मार, सबै चीज जलाऊ र सबै चीज लूट’को किलो शेरा टू नामक क्रूर अपरेशन सञ्चालन ।
  • पोखरा, १ फागुन – जनयुद्ध लडेकाे, जनयुद्ध भाेगेकाे र जनयुद्ध देखेकाे पुस्ता सत्ता, सडक र सदनमा छन् । जनयुद्धका कारण नेपालमा धेरै नै उथलपुथल आएपनि यति चाँडै जनयुद्ध एकादेशकाे कथा जस्ताे बनेकाे छ । याे जनयुद्ध नभएर हिंसात्मक युद्ध मात्र थियाे भन्नेहरुकाे बहुल्यता नभएकाे त हाेइन,  नेपालकाे सामाजिक र राजनीतिक परिवर्तनमा यसकाे भूमिकालाई माइनस गर्न सकिंदैन । त्यसकारण आज जनयुद्ध दिवसकाे दिन दशवर्षे जनयुद्धका समयमा घटेका मुख्य घटनाहरुलाई यहाँ बुँदागत रुपमा प्रस्तुत गरिएकाे छ ।
    २०५२ साल
    ० फागुन १ – नेकपा माओवादीद्वारा ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंश गर्दै नया“ जनवादी सत्ताको स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं’ भन्ने मूल नाराका साथ जनयुद्धको शुरुवात । रोल्पाको होलेरी, रुकुमको आठविसकोट, सिन्धुलीको सिन्धुलीगढीमा रहेका चौकीहरु र गोरखाको च्याङलीमा रहेको कृषि विकास बैंक कब्जा ।
    ० फागुन ६– नेकपा ९माओवादी०का महामन्त्री क‍. प्रचण्डद्वारा एक प्रेस वक्तव्य मार्फत् ती कार्वाहीहरुको जिम्मेवारी स्वीकार ।
    ० फागुन १४– गोरखामा प्रहरीद्वारा १४ बर्षीय दिलबहादुर रम्तेलको गोली हानी हत्या ।
    ० फागुन १५– रुकुमको पीपलमा छ जना खत्रीबन्धुहरुको प्रहरीद्वारा हत्या ।
    २०५३ साल
    ० असार– माओवादीको केन्द्रीय समितिको बैठकद्वारा ‘योजनावद्ध ढंगले छापामार युद्धको विकास गरौं’ भन्ने मूल नारासहित जनयुद्धको विकासको दोस्रो योजना शुरु ।
    ० बैशाख २४– रुकुमको तकसेरामा प्रहरी विरुद्ध पहिलो सफल एम्वुस । दुई प्रहरीको मृत्यु र दुईवटा राइफल कव्जा ।
    ० पुस १९– रामेछापको बेथानमा रहेको प्रहरी चौकी कब्जा । जनयुद्ध शुरुवातपछि प्रहरी चौकी कब्जाको यो पहिलो घटना हो । आक्रमणको क्रममा सो कार्वाहीका कमाण्डर तीर्थ गौतम, महिला छापामार दिलमाया योञ्जनसहित तीन छापामारको शहादत । यसै दिनलाई माओवादीले वीरता दिवसको रुपमा मनायो ।
    २०५४ साल
    ० असार– माओवादीको के।स।को बैठकले ‘छापामार युद्धलाई विकासको अर्को नया“ उ“चाइमा उठाऔं’ भन्ने मूल नारासहितको तेस्रो योजना पारित ।
    ० भदौ– तनुह“को कालिकाटारमा प्रहरी गस्तीमाथि छापामारहरुद्वारा आक्रमण र हतियार कब्जा ।
    ० माघ २२– धादिङको खहरेमा एम्वुस । दुई राइफल र वीस लाख रुपिया“ नेपाल वैंक लिमिटेडको कव्जा ।
    ० फागुन २४– रोल्पाको कोर्चावाङ निम्रीमा प्रहरीविरुद्ध एम्वुस । दुई प्रहरीको मृत्यु र दुईवटा राइफल कव्जा ।
    ० चैत ४– गोरखाको सौरपानीमा एम्वुस । तीन प्रहरीको मृत्यु र एक राइफल कव्जा ।
    २०५५ साल
    ० बैशाख – तत्कालीन नेपाली कांग्रेसको सरकारले ‘सबैलाई मार, सबै चीज जलाऊ र सबै चीज लूट’को किलो शेरा टू नामक क्रूर अपरेशन सञ्चालन । प्रहरीद्वारा यो अपरेशनको क्रममा पा“चसय जनताको हत्या ।
    ० भदौ– नेकपा ९माओवादी०को केन्द्रीय समितिको चौथो विस्तारित वैठक सम्पन्न । ‘आधार इलाका निर्माणको दिशामा अघि बढौं १’ भने मूल नारा तय ।
    ० कार्तिक १०– छापामारहरुले सल्यानको झिम्पे टावर सुरक्षार्थ रहेको प्रहरी चौकी कब्जा । पूर्वमा काभ्रेको फला“टेमा दिउ“सै प्रहरी चौकी कब्जा । सोही दिन पर्साको निर्मलवस्ती र धनुषाको ललियामा रहेका चौकीहरु कब्जा ।
    ० पुस १८– २०५३ पुस १९ गतेको वेथान कार्वाहीको वीरताको निरन्तरताको क्रममा ललितपुरको भट्टेडा“डा चौकी छापामारहरुद्वारा सम्पूर्ण हतियारसहित कब्जा । सोही घटनाको सचित्र समाचार प्रकाशन गरेवापत पुरानो सत्ताद्वारा जनादेश कार्यालयमा आक्रमण । कम्प्युटरलगायत प्रेस सामाग्री लूट, कार्यालय तालाबन्दी र जनादेशका तत्कालीन सल्लाहकार शक्ति लम्सालसहित सहकर्मीहरु गिरºतार ।
    ० फागुन १९– दाङको चिराघाट प्रहरी चौकी कब्जा ।
    ० चैत्र ५– काभ्रेको अनेकोटमा सेल्टर लिइरहेका सात जना कलाकारहरुको प्रहरीले आगो लगाएर जिउ“दै जलाइ र गोली प्रहार गरी हत्या । सो वलिदानी दिनको सम्मानमा चैत्र ५ लाई सा“स्कृतिक प्रतिरोध दिवस मनाइन्छ ।

    २०५६ साल
    ० वैशाख १९– रोल्पाको जेल्वाङमा रहेको दङ्गा प्रहरी बेस क्याम्प कब्जा ।
    ० जेठ ६– नेकपा ९माओवादी०का केन्द्रीय सदस्य दीपेन्द्र शर्मा, जनादेशका प्रवन्ध सम्पादक मिलन नेपाली, पूर्वका छापामार प्लाटुन कमाण्डर नवीन गौतम र कमला शर्मा लगायतलाई गिरºतार गरी बेपत्ता । त्यसबेलादेखि पुरानो सत्ताले नागरिक बेपत्ता पार्न शुरु ग¥यो र आजसम्म १५ सयभन्दा बढी बेपत्ता छन् ।
    ० जेठ ३१– जाजरकोट लह“मा रहेको दङ्गा वेस क्याम्प कब्जा ।
    ० भदौ २३– नेकपा ९माओवादी० का वैकल्पिक पोलिटव्यूरो सदस्य सुरेश वाग्ले वासुको गोरखामा गिरफ्तारपछि हत्या ।
    ० असोज ५– रुकुमको महतमा रहेको दङ्गा वेश क्याम्प कब्जा । छापामारद्वारा डीएसपी ठूले राई कब्जा ।
    ० फागुन ६– रोल्पाको घर्तीगाउ“ दङ्गा इप्रका कब्जा । यसपछि प्रहरीहरु केन्द्रीकृत ।
    ० चैत्र २१– रुकुमको तकसेरामा रहेको दङ्गा इप्रका कब्जा ।
    ० चैत्र अन्त्य– गोरखाको हर्मी प्रहरी चौकी कव्जा
    २०५७ साल
    ० असार १९– जाजरकोटको पा“चकटिया इप्रका कब्जा ।
    ० भदौ ७– नवलपरासीको धवाडी इप्रका कव्जा ।
    ० भदौ १४– झापा महवारी इप्रका कव्जा ।
    ० असोज ८– पहिलोपटक सदरमुकाममाथि आक्रमण । डोल्पा सदरमुकाम दुनैका सम्पूर्ण प्रहरी चौकीहरु र बैंक कब्जा ।
    ० असोज १०– लमजुङको भोर्लेटारमा इलाका प्रहरी कव्जा ।
    ० कार्तिक २०– रामेछापको दोरम्वा प्रहरी चौकी कब्जा ।
    ० पुस ५– नेपालको इतिहासमा पहिलोपल्ट जिल्ला जनसरकारको घोषणा । पूर्णबहादुर घर्ती रुकुम जिल्ला जनससरकार प्रमुख ।
    ० फागुन – नेकपा ९माओवादी०को दोस्रो राष्ट्रिय सम्मेलन भव्य रुपमा सम्पन्न । प्रचण्डपथ पारित । अध्यक्षमा क।प्रचण्ड निर्वाचित । दक्षिण एसियाली फेडेरेशनको अवधारणा पारित । ‘आधार इलाका र स्थानीय सत्ता सुदृढ र विस्तार गरौं १ केन्द्रीय जनसरकार निर्माणको दिशामा अघि बढौं ११’ भन्ने मूल नारा तय ।
    ० चैत्र १७– गोरखाका छ महिला बन्दीहरुद्वारा जेल ब्रेक ।
    ० चैत्र १९– रुकुमको रुकुमकोटमा रहेको द¨ाको क्याम्प, दैलेखको नौमुलेमा रहेको प्रहरी क्याम्प र दोलखाको मैनापोखरीमा रहेको इप्रका कब्जा ।
    २०५८ साल
    ० जेठ ८– ओखलढुंगाको खानीभञ्याङ इप्रका कब्जा ।
    ० जेठ १९– दरबार हत्याकाण्ड, वीरेन्द्र शाहको पूरै वंश नाश ।
    ० जेठ २०– माओवादी अध्यक्ष प्रचण्डद्वारा राजतन्त्रको अन्त्य भएको घोषणा गर्दै गणतन्त्रको संस्थागत विकासका लागि जोड ।
    ० जेठ २२– ज्ञानेन्द्रद्वारा आफैंलाई राजा घोषणा ।
    ० असार २५– लमजुङको विचौर प्रहरी चौकी कव्जा ।
    ० असार २८– रोल्पाको होलेरी चौकीमाथि सबेरै आक्रमण गरी ६९ प्रहरी कब्जा । शाही सेनाको परिचालन प्रयास ।
    ० असार ३०– रामेछापको धोवीडा“डा प्रहरी चौकी कब्जा ।
    ० साउन ६– तेह्रथुमको पोक्लावाङस्थित प्रहरी चौकी कब्जा ।
    ० साउन ७– बाजुराको पाण्डुसेनमा रहेको प्रहरी चौकी कब्जा ।
    ० साउन ४ – माओवादीविरुद्ध सेना परिचालनको विवादका कारण गिरिजा सरकारको पतन । देउवा सरकार गठन ।
    ० साउन ८– पुरानो सत्ताद्वारा युद्धविरामको घोषणा । त्यसको लगत्तै माओवादीद्वारा युद्धविरामको सकारात्मक प्रत्युत्तर ।
    ० साउन १२– कृष्णबहादुर महराको नेतृत्वमा अग्निप्रसाद सापकोटा र टोपबहादुर रायमाझी रहनुभएको तीन सदस्यीय माओवादीका वार्ता टोली कीर्तिपुरमा सार्वजनिक । १४ गते पहिलो चरणको वार्ता गोदावरीमा । २८–२९ गते दोस्रो चरणको वार्ता बर्दियाको ठाकुरद्वारमा ।
    ० साउन ३१ – विभिन्न राजनैतिक दल र माओवादीबीच भारतको सिलगुडीमा वार्ता ।
    ० कार्तिक २८– तेस्रो चरणको वार्ता पुनः गोदावरीमा सम्पन्न ।
    ० मंसिर ६– अध्यक्ष प्रचण्डद्वारा पुरानो सत्ताले वार्ता र अग्रगामी राजनीतिक निकासको ढोका बन्द गरेको जनाउ“दै सचेत रहन जनसमुदायमा आग्रह ।
    ० मंसिर ८– जनमुक्ति सेना, नेपालको घोषणा, सर्वोच्च कमाण्डर प्रचण्ड । सोही दिन संयुक्त क्रान्तिकारी जनपरिषद, नेपालको घोषणा  बाबुराम भट्टराईको नेतृत्वमा ४१ सदस्यीय समिति सार्वजनिक ।
    ० मंसिर ८– जनसेनाद्वारा दाङको सदरमुकाम घोराही, स्याङ्जाको सदुमकाम पुतलीबजार कब्जा ।
    ० मंसिर १०– पूर्वमा जनसेनाद्वारा सोलु सदरमुकाम सल्लेरी कब्जा, सिडियोसहित १३७ शाही सुरक्षाकर्मीको मृत्यु ।
    ० मंसिर ११ – देउवा सरकारद्वारा संकटकालको घोषणा । शाही सेनाको औपचारिक परिचालन । शाही सुरक्षाकर्मीले जनादेश साप्ताहिक र जनदिशा दैनिकका कार्यालयमा रेड गरी ११ जना पत्रकार गिरफ्तार ।
    ० मंसिर १२– शाही सेनाद्वारा भीषण अपरेशन शुरु । जताततै गिरºतारी, धरपकड, हत्या र राज्यआतंक ।
    ० मंसिर २२– शाही सेना र प्रहरीको हत्या, गिरºतारी र राज्यआतंकविरुद्ध नेकपा ९माओवादी०द्वारा नेपाल बन्द ।
    ० फागुन ४– जनसेनाद्वारा अछाम सदरमुकाम र सा“फेबगर एयरपोर्ट कब्जा । भिडन्तमा ५५ शाही सेना र १५० प्रहरीको मृत्यु ।
    २०५९ साल
    ० वैशाख १९– रोल्पाको लिस्ने लेकमा शाही सेनास“ग जनसेनाको दिउ“सै भीडन्त । जनसेनाद्वारा बलियो अमेरिकी फोर्टिफिकेशनसहित बनाइएको गाम संयुक्त शाही सुरक्षा वेस क्याम्प कब्जा ।
    ० जेठ ८– मुख्यतः माओवादीविरुद्ध लगाइएको संकटकाल लम्ब्याउन असफल हुने देखेपछि देउवाद्वारा मध्यरातमा संसद विघटन । मध्यावधि निर्वाचनका लागि कार्तिक २७ तिथि निर्धारण ।
    ० जेठ १३– जेठ ६ गते गिरºतार गरिनुभएका जनादेशका पूर्व सम्पादक कृष्णसेनको हिरासतमै कुटीकुटी हत्या ।
    ० असार २– माओवादी केन्द्रीय सदस्य रितबहादुर खड्काको रौतहटमा हत्या ।
    ० २००२ जुलाई २ तारिख– भारतीय शासकले अखिल भारत नेपाली एकता समाजलाई आतंककारी ऐन ‘पोटा’ लगाएको ।
    ० असार २८– भारतीय शासकले दिल्लीबाट असार २७ गते गिरफ्तार गरिएका पत्रकार महेश्वर दाहाल, पार्थ क्षेत्रीसहितलाई ब्यापक विरोधका वावजुद पहिलो पटक औपचारिक सुपुर्दगी ।
    ० भाद्र २३– अर्घाखा“चीको सदरमुकाम सन्धीखर्क र सिन्धुलीको भीमानमा रहेको इप्रका कब्जा ।
    ० असोज १७– संसदवादी दलहरुद्वारा चुनाव एक वर्षपछि सार्न राजासमक्ष विन्ती ।
    ० असोज १८– ज्ञानेन्द्रद्वारा देउवा सरकार पतन । कार्यकारिणी अधिकार कब्जा ।
    ० कार्तिक २८– कर्णाली अञ्चल सदरमुकाम जुम्ला खलङ्गा कब्जा ।
    ० मंसिर १८– लहानमा रहेको इप्रका र बैंक कब्जा ।
    ० माघ १२– सशस्त्र प्रहरी महानिरिक्षक कृष्णमोहन श्रेष्ठ मारिए ।
    ० माघ १५ – माओवादी र पुरानो सत्ताद्वारा युद्धविरामको घोषणा ।
    ० माघ १८ – बाबुराम भट्टराईको नेतृत्वमा रामबहादुर थापा बादल, कृष्णबहादुर महरा, देव गुरुङ र मातृका यादव रहनुभएको पाँच सदस्यीय माओवादी वार्ता टोली घोषणा ।
    ० माघ २९– युद्धविराम आचारसंहिता जारी ।
    ० चैत्र १५– वार्ता टोली सार्वजनिक । राजधानीमा पत्रकार सम्मेलन ।
    ० चैत्र २०– काठमाडौंमा विशाल आमसभा । वार्ता टोलीका सदस्यहरुद्वारा सम्बोधन ।
    २०६० साल
    ० वैशाख १४– दोस्रो युद्धविरामको पहिलो चरणको वार्ता काठमाडौंको शंकर होटलमा । २७ गते–सोही ठाउ“मा दोस्रो चरणको वार्ता ।
    ० साउन ३२– पुरानो सत्ता र नेकपा ९माओवादी० बीच तेस्रो चरणको वार्ता दाङ हापुरेमा । सोही दिन रामेछापको दोरम्बामा शाही सेनाद्वारा जिल्ला जनसरकार प्रमुख बाबुराम तामाङसहित २० जना माओवादी कार्यकर्ता र एक स्थानीयको हत्या एवम् शाही सेनालाई ब्यारेकबाट पाँच कि‍.मि.भन्दा वाहिर ननिस्कन भएको सहमतिलाई तोडिएकाले वार्ता प्रभावित ।
    ० भाद्र १०– नेकपा ९माओवादी०द्वारा युद्धविराम र वार्ता भ¨को घोषणा । देशव्यापी प्रतिरोध कार्वाही शुरु । काठमाडौंमा जनसेनाद्वारा शाही सेनाको कर्णेल किरण वस्नेतको सफाया ।
    ० कार्तिक १०– जनसेनाले गोरखा च्याङलीमा थापेको एम्बुसमा परी प्रहरी एसपी सूर्यकुमार श्रेष्ठसहित चारको मृत्यु ।
    ० कार्तिक ११– पोखरा नजिकैको डा“डानाकामा रहेको संयुक्त चेकपोष्ट कब्जा ।
    ० कार्तिक १६– पर्साको पल्वा मिलनचोकमा एम्बुसमा १० शाही सुरक्षाकर्मीको मृत्यु ।
    ० कार्तिक २१– नेकपा ९माओवादी०का अध्यक्ष क।प्रचण्डद्वारा एक विशेष सन्देशमार्फत् रेडियो जनगणतन्त्र नेपालको उद्घाटन ।
    ० कार्तिक २९– त्रिभुवन राजपथ खण्डमा जनसेनाले थापेको एम्बुसमा परी शाही सेनाको व्रिगेडियर सागरबहादुर पाण्डेको मृत्यु ।
    ० मंसिर– नेकपा ९माओवादी० र एमालेबीच भारतको लखनउमा वार्ता ।
    ० पुस २– जनसेनाद्वारा कपिलवस्तुको धानखोलामा थापेको एम्बुस लेफ्टिनेण्टसहित १० शाही सुरक्षाकर्मीको मृत्यु ।
    ० पुस २५– सन्तोष बुढामगरको अध्यक्षतामा मगरात स्वायत्त गणतन्त्र जनसरकार ७५ हजार जनताबीच थवाङमा घोषणा ।
    ० माघ २– तामाङ स्वायत्त गणतन्त्र जनसरकारको घोषणा । अध्यक्षमा हितबहादुर तामाङ ।
    ० माघ ५– खड्गबहादुर विकको अध्यक्षतामा भेरी–कर्णाली स्वायत्त गणतन्त्र, जनसरकारको घोषणा ।
    ० माघ १५– सेती–महाकाली स्वायत्त गणतन्त्र जनसरकारको घोषणा । अध्यक्ष लेखराज भट्ट निर्वाचित । सोही दिन रामचरण चौधरीको अध्यक्षतामा थारुवान स्वायत्त गणतन्त्र जनसरकार घोषणा ।
    ० माघ १६– तमुवान स्वायत्त गणतन्त्र जनसरकार घोषणा । प्रमुखमा देव गुरुङ ।
    ० माघ १९– किरात स्वायत्त गणतन्त्र जनसरकारको घोषणा । गोपाल खम्बु प्रमुख ।
    ० माघ १०– मधेश स्वायत्त गणतन्त्र जनसरकारको घोषणा । प्रमुखमा मातृकाप्रसाद यादव ।
    ० माघ २६– भारत सरकारद्वारा माओवादी नेताहरु मातृका यादव र सुरेश आलेमगरलाई गिरफ्तार गरी नेपाल सुपुदर्गी ।
    ० फागुन १९– जनसेनाद्वारा भोजपुर सदरमुकाममाथि आक्रमण । टावरको सैन्य क्याम्प कब्जा ।
    ० चैत्र ७– जनसेनाद्वारा म्याग्दी सदरमुकाम बेनीमाथि भीषण हमला । २४ घण्टासम्म सदरमुकाम कब्जा । १५० भन्दा बढी शाही सुरक्षाकर्मीको मृत्यु ।
    ० चैत्र १३– नेकपा ९माओवादी०का स्थायी समिति सदस्य तथा पूर्वी कमाण्ड इञ्चार्ज क।किरण भारतीय प्रहरीद्वारा सिलगुडीमा गिरºतार ।
    ० चैत्र २२– धनुषाको यदुकुवा प्रहरी चौकी कब्जा ।
    ० चैत्र २५– पशुपतिनगर इप्रका कब्जा ।
    २०६१ साल
    ० वैशाख ३१–माओवादी केस तथा मंगलसेन प्रथम व्रिगेडका कमाण्डर नेपबहादुर केसी ९परिवर्तन०को आन्तरिक दुर्घटनामा शहादत ।
    ० जेठ ६– डोटीको घण्टेश्वरमा जनसेना–शाही सेना भिडन्त । डेढ दर्जन शाही सेनाको मृत्यु ।
    ० असार ३— अखिल९क्रान्तिकारी०द्वारा शिक्षण हडतालसहित विविध सशक्त संघर्ष गरेर शाही सत्तास“ग संगठनमाथिको आतंककारीको आरोप फिर्ता गराउन सफल ।
    ० साउन÷भदौ– माओवादीको केन्द्रीय समितिद्वारा ‘प्रत्याक्रमणको पहिलो योजना सफल पारौं १ वैदेशिक हस्तक्षेपका विरुद्ध व्यापक तयारी गरौं ११ भन्ने मूल नारासहितको प्रत्याक्रमणको योजना पारित ।
    ० भाद्र २०– माओवादी केसद्वय शेरमान कु“वर र मोहनचन्द्र गौतमको सिरहामा हत्या ।
    ० मंसिर १– जनसेनाद्वारा धादिङको कृष्णभीरमा एम्बुस । शाही सेनाको एक ट्रक हतियार कब्जा । उक्त भिडन्तको भिडियो टिभीले प्रशारण गरेपछि ठूलो खैलाबैला । सोही दिन धनुषाको महेन्द्रनगर इप्रका कब्जा ।
    ० मसिर २– बा“केको खैरीखोलामा धरापमा परी ८ शाही सुरक्षाकर्मीको मृत्यु । सबै हतियार कब्जा ।
    ० मंसिर ५– कैलालीको पाण्डोनमा जनसेनाद्वारा शाही सेनाको कथित रेञ्जर बटालियनमाथि हमला, १९ को सफाया । ६ थान एम–१६ सहितका हतियार कब्जा ।
    ० मंसिर ५– नुवा“गाउ“–थवाङ–चुनवाङ शहीद मोटरबाटो खन्ने अभियान उद्घाटन ।
    ० पुस ३– काठमाडौंको सा“खु इप्रका जनसेनाद्वारा कब्जा ।
    ० पुस ७– कर्णाली चिसापानीमा शाही सेनामाथि भीषण हमला गरी १५ शाही सेनाको सफाया ।
    ० पुस १७– धनकुटाको सेउतीखोलामा जनसेनाको एम्बुस, २० शाही सुरक्षाकर्मीको मृत्यु ।
    ० माघ १९– ज्ञानेन्द्रद्वारा देउवा सरकार हटाएर आफ्नो अध्यक्षतामा सरकार गठन । शाही ‘कु’ विरुद्ध अध्यक्ष क।प्रचण्डको अपिल ।
    ० माघ २०–२२– शाही ‘कू’ विरुद्ध तीन दिने नेपाल बन्द ।
    ० फागुन १– माओवादीका अध्यक्ष क।प्रचण्डद्वारा देशभरिका जनगणतन्त्र रेडियोमार्फत् पहिलोपल्ट श्रव्य सम्बोधन ।
    ० चैत्र २०–३०– माओवादीद्वारा एघारे दिने देशव्यापी आम हड्ताल ।
    २०६२ वैशाख
    ० वैशाख २६– जनमुक्ति सेनाद्वारा सिरहाको बन्दीपुरमा रहेको सेनाको ब्यारेक, मिर्चैयाको सशस्त्रको ब्यारेकमा आक्रमण ।
    ० जेठ २७– काभ्रेको नार्केमा शाही सेनामाथि जनसेनाको आक्रमण । त्यसको पर्सिपल्ट घर्तीछापमा अर्को गस्तीमाथि आक्रमण । दुबै आक्रमणमा २२ शाही सुरक्षाकर्मीको मृत्यु ।
    ० असार ८– जनसेनाद्वारा भोजपुरको पान्धारेमा शाही सेनामाथि आक्रमण । ८ शाही सेनाको मृत्यु ।
    ० असार ११– जनसेनाद्वारा अर्घाखा“चीको खनदहमा शाही सेनामाथि आक्रमण । लेफ्टिनेण्टसहित १९ शाही सेनाको मृत्यु ।
    ० साउन २३– कालिकोटको पिलीमा रहेको शाही सैन्य कयाम्प सम्पूर्ण हतियारसहित कब्जा ।
    ० असोज १८ नेकपा ९माओवादी०द्वारा एकपक्षीय युद्धविरामको घोषणा ।
    ० मंसिर ७– सात दल र माओवादीबीच भएको १२ बु“दे समझदारी सार्वजनिक ।
    ० मंसिर १३– माओवादीद्वारा केन्द्रीय समिति वैठकका निर्णयहरु सार्वजनिक । प्रत्याक्रमणको दोस्रो योजनाको घोषणा – ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ फौजी कार्यनीति बनाएको घोषणा ।
    ० मंसिर १४– शाही सेनाद्वारा हेलिकोप्टरबाट गोली हानी डिभिजन कमाण्डर क।किमबहादुर थापा ९सुनिल०को हत्या ।
    ० मंसिर १७– माओवादीद्वारा एकपक्षीय युद्धविराममा एक महिना थप ।
    ० पुस १८– माओवादीद्वारा युद्धविराम भङ्गको घोषणा । देशभरि प्रतिरोध शुरु ।
    ० माघ १– जनसेनाद्वारा राजधानीका थानकोट र दधिकोट इप्रकाहरु कब्जा ।
    ० माघ ८– पश्चिम सैन्य कमाण्डद्वारा पाल्पा सदरमुकाम तानसेन कब्जा ।
    ० माघ २६– माओवादी र सात दलकोे बहिष्कारका कारण कथित नगर निर्वाचन पूर्णतः ध्वस्त ।
    ० माघ २७– जनसेनाको पश्चिम सैन्य कमाण्डद्वारा रुपन्देहीको सुनवलमा शाही सेनाका पा“च ट्रक फोर्समाथि आक्रमण । २५ शाही सेनाको मृत्यु । भारी मात्रामा हतियार कब्जा ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार

    © 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology