जमुना सुनारलाई खाद्यान्न र नातिहरुलाई स्टेशनरी सहयोग

  • समाचार प्रभाव
  • म्याग्दी, ४ फागुन – बुबा आमा दुबैले दोस्रो बिबाह गरेर गएपछि हजुरआमासंग चर्पीका लागि बनाइएको छाप्रोमा बस्दै आएका दुई भाइ र तिनीहरुकी हजुरआमा ७५ वर्षिया जमुना सुनारलाई शनिवार बेनी नगरपालिका २ भकुण्डेका भीमवहादुर पौडेलले खाद्यान्न, स्टेशनरी र खाजा सहयोग गरेका छन् । छोरा बुहारीले छोडेर गएपछि बालुवा चालेर र अरुको ज्याला मजदुरी गरेर नातिहरुलाई पाल्दै आएकी ७५ वर्षिया परियार नातिहरु सहित बेनी नगरपालिका २ बगरफाँटको सरस्वति आधारभूत विद्यालयको शौचालयमा वस्दै आएको समाचार विभिन्न संचारमाध्यमहरुमार्फत थाहा पाएपछि पौडेलले रु ४ हजार ब्राबरको खाद्यान्न र स्टेशनरी तथा खाजाका लागि विस्कुट सहयोग गरेका हुन् । जमुना परियारको अवस्थाका बारेमा शुक्रवार राती जनमञ्च लगाएतका संचारमाध्यमहरुमा समाचार प्रकाशन÷प्रशारण भएपछि समाचार पढेर र सुनेर पौडेले सहयोग गर्नुभएको हो । समाचार प्रसारणपछि विभिन्न व्यक्तिहरुले सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।
    <img src=”http://www.janamanch.com/wp-content/uploads/2019/02/natiharuka-sath-jamuna-pariyar.bidhalaya-bebasthapan-samitika-chiyarmen-narayankarkile-sahog-ko-barema-janakari-lidai.jpg” alt=”” width=”5184″ height=”3456″ class=”alignnone size-full wp-image-42913″ />शनिवार भकुण्डेबाट विद्यालयमा नै आएर पौडलले एक बोरा चामल, आलु, दाल, नुन, कापीकलम र विस्कुट लगाएतका सामाग्रहीहरु विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण कार्की, स्थानीय बुद्धिजीविहरु कृष्णबहादुर कार्की, भीमबहादुर रिजाल, खगराज निउरे,विष्णुप्रसाद शर्मा, खिमबहादुर कार्की, कृष्णप्रसाद रिजाल,गणेश घिमिरे लगाएतको रोहबरमा सुनारलाई प्रदान गरेका छन् । बुबा र आमा दुबैले दोस्रो विवाह गरेर बेपत्ता भएपछि अलपत्र बनेका ९ वर्षिय एनोस र ७ वर्षिय सिमसन २ वर्षदेखि हजुरआमा जमुनासंगै बस्दै आएका छन् । तीन महिना (मंसिर) अघिसम्म बेनी बजारमा कोठा भाडामा लिएर बालुवा चाल्ने,अरुको ज्याला मजदुरी आदि काम गरेर नातिहरुलाई पाल्दै आएकी जमुना कोठा भाडा तिर्ने पैसा नभएपछि गत मंसिरदेखि सरस्वति आधारभूत विद्यालयको चर्पीका लागि बनाइएको छाप्रोमा बस्दै आएकी थिईन ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार

    © 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology