यस्ता छन् गण्डकी प्रदेश सरकारका १२७ बुँदे एकबर्षे उपलब्धी

पोखरा, ४ फागुन – गण्डकी प्रदेश सरकार गठन भएको आज एक बर्ष पुरा भएको छ । यस अवसरलाई नै प्रदेश दिवस घोषणा गरिएको छ । यस अवसरमा शनिबार प्रदेश सरकारले गएको १ वर्षमा गरेका १२७ बुँदे उपलब्धि सार्वजनिक गरेको छ। ६० जना प्रदेशसभा सदस्य रहेको गण्डकीमा पार्टी एकीकरणअघि नै तत्कालीन एमाले र माओवादी केन्द्रले गठबन्धन सरकार बनाएका थिए । ती पार्टी नेकपा बनिसक्दा सत्तारुढ दलसँग ३७ सांसद छन् । प्रतिपक्ष कांग्रेस १५ जनासहित प्रदेश सभामा उपस्थित छ । राजमोका २ र नयाँ शक्तिका २ सांसद छन् । एक स्वतन्त्र सांसद छन् । राजमोका १ सांसदको पुस ६ गते निधन भएपछि बागलुङ २ को ख निर्वाचन क्षेत्र रिक्त छ । माघ २८ गते प्रदेशसभामा तत्कालीन एमालेका संसदीय दलको नेता चुनिएपछि पृथ्वीसुब्बा गुरुङले फागुन ४ गते प्रमुख बाबुराम कुँवरबाट मुख्यमन्त्रीको सपथ लिएका थिए । गोरखाबाट निर्वाचित रामशरण बस्नेतलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएर २ सदस्यीय मन्त्रिमन्डल बनाएका उनले सोही दिन मन्त्रिपरिषदको बैठक राखेका थिए । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पहिलो वर्ष कानुन निर्माणको वर्ष भएको बताउँछन् । आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ आर्थिक वर्षको अन्त्यसम्म बजेट कार्यान्वयन ७० प्रतिशतभन्दा बेसी हुने बताउँछन् ।
गण्डकी प्रदेश सरकारले सार्वजानिक गरेका १२७ बुँदे उपलब्धिहरु :

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology