डोनल्ड ट्रम्पले नेपाललाई भारतको हिस्सा बताए, होइन भन्दा सल्लाहकारसँग रिसाएः अमेरिकी गुप्तचर

डोनल्ड ट्रम्पले नेपाल र भुटान भारतको हिस्सा ठान्ने गरेको अमेरिकी गुप्तचर अधिकारीलाई उद्धृत गर्दै टाइम म्यागजिनले शनिबार बताएको छ ।

गत साता अमेरिकाका गुप्तचर निकायका अधिकारीसँग भएको ब्रिफिङमा उनले नेपाल र भुटानलाई भारतीय भू–भाग बताएको उक्त म्यागजिनले जानकारी दिएको छ ।

अधिकारीले म्यागजिनलाई ट्रम्पले दक्षिण एसियाको नक्सा देखाउँदै नेपाल भारतको हिस्सा भएको बताएको जानकारी दिए । अधिकारीले नेपाल एक स्वतन्त्र देश भएको जानकारी दिँदै भूटान त तपाईंलाई थाहा छ नि भनेर देखाए तब उनले भुटान पनि भारतीकै भूभाग भएको बताए ।

दुई गुप्तचर अधिकारीले टाइम म्यागजिनलाई भने, ‘उनका सल्लाहकाले असहमती जनाएपछि ट्रम्प उनीहरुसँग रिसाएका थिए ।’

गुप्तचर संस्थाहरुसँग बढ्दो दुरी र द्वन्द्वका बीच ट्रम्पलाई नेपाल र भुटानलाई स्वतन्त्र मुलुक रहेको सम्झाउनुपरेको उच्च अधिकारीलाई उद्धृत गर्दै टाइमले बताएको छ र

यसअघि पनि उनले नेपाललाई ‘निप्पल’ भनेको सार्वजनिक भइसकेको छ । सन् २०१७ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्नुअघि भएको ब्रिफिङमा ट्रम्पले नेपाललाई ‘निप्पल’ र भुटानलाई ‘बटन’ भनेको सार्वजनिक भइसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology