मेरी गुलाबी अन्ना

  • (चर्चित गजलकार एवं कवि प्रकट पगेनी ‘शिव’को प्रेम कथा। )
  • हेरि रहें हिमाल…

    बिहान उठेर हेर्दा सर्लक्क हिमाल खुलेको थियो। हिमाल

    हाँसेको थियो। हिमाल हाँसेको देखेर म पनि हाँसे। अनि हाँस्दै

    हाँस्दै आए तिम्रा सम्झनाहरु। हिमाल खुलेको दिन यसरी नै

    हाँस्थ्यौं हामी। तिमी हिमाली दृश्य एक तमासले हेरि राख्थ्यौ र

    मुस्कुराइरहन्थ्यौ। म भने थोरै हिमाल धेरै तिमीलाई हेर्थें।

    रमाइला थिए लुम्लेका ती दिनहरु। झन यो फागुन महिनामा

    फुल्ने आरु र आरुबखडाका फुल रमाइला देखिन्थे। तिमी

    आरु बखडाका सेता फुलहरु भन्दा आरुका गुलाबी फुल मन

    पराउँथ्यौं। ठूलै बगैंचा थियो लुम्लेमा आरु र आरुबखडाको।

    प्रायः शनिबारको छुट्टिका दिन हामी त्यही बगैंचामा

    बस्थ्यौं र ती फुलहरु निर्धक्क हेथ्र्यौं।

    तिम्रो सम्झनामा कसरी संझना बनेर आएका छन् संझनाहरु

    यतिबेला कुन्नि तर मेरा संझनाहरु सम्झनाकै बाटो गरेर

    संझनामा ओझेल नपारिकन निरन्तर, निरन्तर र निरन्तर

    आइरहेछन्।

    सम्झनाका कुनै दिनमा तिमी थियौ, म थिएँ। म थिएँ तिमी

    थियौ। एउटा कुनै समयको एउटा कुनै संयोगले जुटाएको थियो

    हामीलाई। म लुम्ले कृषि केन्द्रमा काम गर्थे। तिमी त्यहीँकि

    बासिन्दा थियौ। अक्सर साँझपख पानी पथ्र्यो लुम्लेमा। म त्यो

    पानीमा होटलको मेचमा बसेर पिउँदै लेख्थें। लेख्दै पिउँदै गर्थे।

    तिमी त्यो पानीमा टावल ओढेर घरि यता घरी उता गरिरहन्थ्यौं।

    म हेर्थें तिमीलाई र तिमी हेथ्र्यौ मलाई। बोलचाल थिएन। र,

    पनि हामी एक अर्कालाई देख्न इच्छुक भइरहन्थ्यौं।

    खोजीरहन्थ्यौं। बोल्न चाहँदा चाहँदै पनि कति महिनासम्म

    बोलेनौं हामी।

    समयले फेरी एउटा समय जन्माएको दिन हामी त्यही टेबुलमा

    भेटियौं। जहाँ बसेर म प्रायः लेख्ने गर्थें।

    ‘के लेख्नु भएको नि’, तिमीले सोध्यौ। त्यही सोधाइसँगै हामी बीचको मौनता तोडिएको थियो। ‘गीत लेखेको’, मैले भनें। त्यसपछि त हामी दुबैले केही भन्नै परेन। त्यही दिनदेखि हामी बीचको बोलचाल बाक्लिँदै गयो।

    किन किन मलाई तिम्रो नाम ‘अन्ना’ राख्न मन लाग्यो। र, तिम्रै मञ्जुरीमा यो नाम राखियो। त्यस पछिका मेरा गीत, गजल, कवितामा मैले ‘अन्ना’ सम्बोधन गर्न थालें।

    यहि फागुनको कुनै दिन थियो, तिमीले मलाई मैले तिमीलाई भेटेको दिन। अर्थात हामी दुई जना बोलेको दिन।

    छतबाट हिमाल हेरेर तल झर्दा गाइको गोठ नेर आरुको एक्लो रुख लटरम्म फुलिरहेको थियो। हिजो अस्तीबाटै फुलिराखेको थियो होला मैले ख्यालै राखिन। आजै देखें। मन थाम्न सकिँन। मोबाइलबाट फोटो लिएँ। हिमालको फोटो र फुलको फोटो तिमीलाई पठाउँला भनेर।

    तिमी यहाँ छैनौ। सात समुन्द्र पारी छयौ। म यहिँ छु, लुम्लेमा होइन पोखरामा। हामी हिजो जहाँ भए पनि हाम्रा सम्झनाहरु हामीसँगै छन्। र, ताजै छन्। अहँ कत्ति पनि ओइलिएका छैनन्। तिमी भेटिनु मेरो जीवनको सर्बाधिक प्राप्ति हो अन्ना। तिम्रो र मेरो बीचको सम्बन्ध स्पर्शरहित रह्यो। प्रेमको परिभाषा परिभाषित गर्ने सप्रसंग व्याख्यामा सायद हाम्रो प्रेम अलग रहन पुग्यो।

    म विवाहित। तिमी कुमारी। हामी दुबैले बुझ्थ्यौं आ–आफ्नो दायित्व। आ–आफ्नो यर्थाथ। हामी त्यति नजिक भएर पनि अलग बस्यौं। तिमीलाई मैले तिम्रो हात बाहेक अरु अंग स्पर्श गरिन। हामी दुई जनाको उठबस र हिँडडुलले हामी दुबैको परिवारमा असर नपारेको होइन, पारेकै थियो। तैपनि हामीले आफुहरुलाई ओभानै राख्यौं। यदि हामीले स्पर्शसहितको प्रेम गरेको भए हामी त्यतिबेलै दुर्घटित भइसक्ने थियौं। तर, स्पर्शरहित प्रेमले अझै पनि हामीलाई बचाइराखेको छ।

    लालीगुराँस फुल्ने बेला लुम्लेका पाखा रातै भएर सिंगारिन्थे। ठूला खर्क, पोथाना, प्रीतम देउराली, कान्छी बराह हाम्रा घुमफिरका गन्तव्यहरु हुन्थे। तिमीलाई आरुको फुल मन परे जस्तै मलाई लालीगुराँस मन पथ्र्यो। मेरै लागि भनेर तिमी गुराँस हेर्न मसंगै गइदिन्थ्यौ। तिमीले मेरो कुरा, मेरो आग्रहलाई कहिल्यै पनि अस्विकार गरिनौ।

    यसकारणले पनि तिमी सधैं सधैं मेरी साथी…मेरी प्रेमिका…मेरी प्रेरणा र मेरी धेरै कुरा बनेर रहि रह्यौ। तिमी नभेटिएको भए न मलाई प्रेमको बास्तविक ज्ञान हुने थियो। न मैले गीत, गजल र कविता लेख्न सक्थें। न तिमी जस्ती आत्मिय र समझदार साथी नै पाउने थिएँ। तिमी  थोरै पढेकी भए पनि पढेलेखेका नारीहरु भन्दा उपल्लो दर्जामा थियौ। बुझ्थ्यौ धेरै कुरा, बुझ्थ्यौ तिमी। सकारात्मक थियौ। सहयोगी थियौ।

    कहिले काहिँ मेरो लेखनीमा तिमीलाई केही आरोप लगाएँ, केही चाहना राखें र केही उदासिनता व्यक्त गरें। तर, ती सबै सत्य थिएनन्। तिमीलाई पात्र बनाएर प्रस्तुत गर्दाका क्षणिक अनि कपोलकल्पित आवेग मात्र थिए ति। म तिमीलाई भावनामा हरेक कोण र प्रत्यक दृष्टिकोणबाट अनुभत गर्न चाहन्थें।

    हामी बीचको प्रेम असमान्य थियो। हामी बीचको सम्बन्ध असहज थियो। तर पनि हाम्रा समझदारीहरुले त्यो प्रेम र त्यो सम्बन्धलाई सहज र सामान्य बनायो। बनाउँदै लग्यो।

    मान्छेलाई आफ्नो जीवनमा सबैभन्दा ठूलो खाँचो मायाको पर्दोरहेछ। तिम्रो जीवनमा मेरो मायाले तिमीलाई के के दियो र के के बनायो त्यो त तिमीले कहिल्यै भनिनौं पनि। मैले सोधिँन पनि। तिम्रो मायाले भने मलाई धेरै कुरा दियो। लेख्ने प्रेरणा दियो, बाँच्ने आशा दियो र सधैं प्रेमिल भएर रहने मिठो अनुभूति दियो।

    अक्सर प्रेम भनेको अविवाहित किशोर किशोरी र युवा युवतीले मात्रै गर्ने अनुराग हो भन्ने कथित धारणाबाट पृथक रहेर हामीले प्रेम ग¥यौं। हुँदो रहेछ नि त प्रेम यस्तो पनि हुँदो रहेछ। प्राप्ति, स्पर्श, स्वार्थ, मिलन बाहेक पनि त प्रेम हुँदो रहेछ। प्रेम यस्तो पवित्र चिज हो जसले जसलाई र जुन उमेरसँग पनि गर्न सकिने। तर, त्यसमा प्राप्ति भन्दा आत्मियता, हार्दिकता, समझदारी र निस्वार्थता हुनु पर्छ। यहि पनले बाँच्यौ हामी। यहि पनले बचायो हामीलाई।

    आँगनको डिलमा बसेर कफि पिउँदै आरुका फुलहरुलाई हेरिरहें मैले। तिम्रो त्यतातिर आरुका बोटहरु छन् कि छैनन् कुन्नी। भए पनि र नभए पनि यो मौसम यो याम र यो ऋतुमा तिम्रा सम्झनाभरि आरुहरु फुलेका होलान् र आरुसँगै म फुलेको हुँला। न तिमी बिर्सन सक्छ्यौ न म विर्सिन सक्छु यो समय र परिवेश। त्यसमाथि झन् यो प्रणय दिवसको महिना।

    तिमी बस्नेतिर यतिबेला भ्यालेन्टाइन डे को चहलपहल होला। तिमी आफ्नो श्रीमानसँग रेष्टुरेन्टतिर गएकि छ्यौ होला। रमाइलो भएको होला। यता पनि रमाइलै छ वातावरण। पोखराका लेकसाइड, लभ्ली हिल, विश्व शान्ति स्तुपा, सराङकोट, धम्पुस, महेन्द्र गुफा, डेभिज फल्सतिर प्रेमिल जोडिहरुको चहलपहल बढ्दो छ। तिनै हुलभित्र खोजिरहन्छु म तिमिलाई र म आफैं आफुलाई।

    धेरै भयो लुम्ले गएको छैन। तिमी विनाको लुम्ले खल्लो खल्लो लाग्छ। निस्तो निस्तो लाग्छ। सायद तिमी अब नेपाल फर्किनौ होला। फर्के पनि सायद हामी भेटिदैनौ होला। भेटिए पनि सायद त्यस्तो हुन्न होला जस्तो हामीबीच हुने गथ्र्यो।

    आज पनि लुम्लेका त्यतै कतै होलान् हाम्रा चार पाइलाले टेकेका छपनीहरु। त्यतै कतै होलान हामी बस्ने र कुरा गर्ने थुम्का थुम्कीहरु। होलान् अझै पनि आरुका बगैंचा र लालीगुराँसका बोटहरु।

    अबको महिना दिन पछि फुल्छ गुराँस। त्यतिबेला भने जानु

    पर्ला लुम्ले। तिमी विनाको लुम्ले कस्तो भयो होला हेर्नु छ।

    तिम्रो साथ विनाको लालीगुराँस कस्तो देखिँदो रहेछ बुझ्नु छ।

    तिमी नभए पनि तिमी नहुनुको आभाष हुन दिने छैन म। तिम्रा

    सम्झनाहरुले मलाई साथ दिइरहने छन्। म कुरा गरिरहुँला

    तिमीसँग। त्यस्तै कुरा, जुन कुरा हामी भेटिँदा र संगै हिँड्दा गथ्यौं।

    तिमी भेटिनु मेरो जीवनको सर्बाधिक प्राप्ति हो अन्ना ! तिमी नभेटिएको भए न मलाई प्रेमको बास्तविक ज्ञान हुने थियो। न मैले गीत, गजल र कविता लेख्न सक्थें।

    आज भने निकै झल्को आइरहेछ तिम्रो। हिमाल देखेर होला, आरुका फुल देखेर होला। र, फागुन लागेर होला। धेरै वर्ष अगाडि यही फागुनमा बिवाह भएको थियो मेरो पनि। र, केही वर्ष अगाडि यहि फागुनमा बिहे भएको थियो तिम्रो पनि। तिम्रो विवाह हुँदा मलाई कत्ति पनि नमिठो र नमज्जा लागेन। खुशी नै थिएँ म।

    तिम्रो विवाहमा सरिक पनि भएको थिएँ। तर जुन दिनदेखि तिमी विदेश लाग्यौ त्यो दिनदेखि भने मैले केही न केही रुपमा एक्लोपन महशुस गरें। कोही छुटे झैं लाग्यो। कोही हराए झैं लाग्यो। कोही नभए झैं लाग्यो र कोही केही भए झैं लाग्यो। तर पनि तिमी प्रतिको माया भने झन झन बढ्दै गइरहेको अनुभव गरिराखेको छु।

    दिन रमाइलो लागिरहेछ। हिजो पानी परेर तुवाँलो फाटेको पोखरा आज घमाइलो छ। घरिघरि फेसबुकमा तिम्रो तस्बिर हेरी रहेको छु। केही म्यासेज पठाइरहेको छु। तिमीले अस्तीदेखि नै फेसबुक खोलेकी छैनौ। जुन दिन खोल्छ्यौ त्यतिबेला पढ्न पाउने छ्यौ मेरा आजका भावनाहरु। मनस्थितिहरु।

    ‘जाडो महिना आउँदै छ रे भन्ने सुनेकी छु, मैले मेरो ‘प्रकट’लाई स्वेटर उनेकी छ’ु भन्दै तिमीले दिएको स्वेटर फाट्यो अन्ना। भयो नि आठ–दश वर्ष भैसक्यो त्यो स्वेटर लगाएको पनि। अनि किन नफाटोस् त। फाट्यो। फटाउँदिन भन्दा भन्दै पनि फाट्यो। स्वेटर फाटे पनि हाम्रो माया फाट्न सक्दैन, यो विश्वास छ हामी दुबैलाई।

    फेवाताल पारीको रानीवनबाट उडेका मलेवाहरु सराङकोट, पाउँदुर, काँडे हुँदै लुम्लेका वनतिर लागे। यतिबेला यो मौसममा फल्ने लेकाली रकचनको फल खान त्यता जान्छन् मलेवाहरु। दिनभर उतै चर्छन। साँझ परेपछि रानीवन फर्कन्छन्। मिठो लाग्छ त्यो दृश्य मलाई। हामी लुम्लेका वनमा जाँदा पनि देख्थ्यौं नि रकचनका रुखहरुमा मेलेवाहरु।

    प्रणय दिवसको शुभकामना अन्ना ! तिमी यहिँ भएको भए सायद भेट्न आउँथे म त्यता या तिमी भेट्न आउँथ्यौ होला यता। भनें नि, हामी नभेटिए पनि हाम्रा सम्झनाहरुले भेटिरहेकै छन् हामीलाई।

    धेरले मलाई सोध्न गर्छन, ‘अन्ना’ को हो भनेर। म के जवाफ दिउँ ? प्रेमिका भनौं कि साथी हुन् भनौं। प्रेरणा हुन् भनौं कि पात्र हुन् भनौं। मैले मेरा हरेक एकल गजल तथा कविता वाचन कार्यक्रममा हामी बीचको सम्बन्ध अर्थाएको छु। प्रेमको पुरातन परिभाषामा विश्वास गर्नेहरुले र प्रेमलाई आयामिक दृष्टिकोणबाट हेर्नेहरुलाई हाम्रो प्रेम अस्वाभाविक र वनावटी लाग्छ। स्पर्शरहित प्रेममा विश्वास गर्दैनन् स्र्पशसहितको प्रेम गर्नेहरु।

    तिमी भनौली किन भन्नु प¥यो त हाम्रो प्रेम कहानी अरुलाई ? भन्नु पर्छ अन्ना ! भन्नु पर्छ। कम्तिमा पनि हामीले प्रेमको उदाहरण दिए अहिलेका प्रेमी प्रेमिकाहरुले प्रेमको वास्तविकता बुझ्ने प्रयास गर्ने छन् कि प्रेम समवय र समकक्षले मात्र गरिने व्यवहार होइन र प्रेम स्पर्शसहितको भन्दा स्पर्शरहितको दीर्घकालीन र मिठासपूर्ण हुन्छ भनेर।

    हेरिरहेछु आरुका फुलहरु …हेरिरहेछु

    छामीरहेछु तिम्रा सम्झनाहरु…सम्झनाभित्र

    तिमी छौ… म छु…

    म..छु, तिमी छौ…

    बस

    मायाले दिएको चिनो…सरर..रुमालै फरर…।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार

    © 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology