थापाखोला जलविद्युत आयोजनाको पुनः उत्पादन शुरु, धौलागिरिमा विद्युत ‘ट्रिप’को समस्या

म्याग्दी, ६ फागुन – गत साउनदेखि बन्द भएको मुस्ताङको टुकुचे स्थित थापाखोला जलविधुत आयोजनाले ६ महिनापछि पुनः उत्पादन थालेको छ । साउन २६ गते धौलागिरी हिमाल र टुक्चेपीक हुँदै झर्ने थापाखोलामा आएको बाढीले १३.६ मेगावाट क्षमताका थापाखोला आयोजनामा क्षति पु¥याएपछि आयोजना बन्द भएको थियो । आयोजनाको ड्याम साईट र उपकरणमा क्षति पु¥याएपछि उत्पादन बन्द भएको आयोजना फागुन १ गतेदेखि पुनः संचालनमा आएको हो ।
आयोजनाबाट उत्पादन हुने विद्युत सेन्ट्रल ग्रिडमा जोडिएपछि धौलागिरी क्षेत्रका म्याग्दी,बागलुङ,मुस्ताङ र पर्वतमा विद्युत जाने÷आउने समस्या ‘ट्रिप’ हुन थालेको छ । ०७४ असोजदेखि थापाखोला जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गर्न थालिएको थियो । थापाखोलाबाट उत्पादन भएको विद्युत धौलागिरि क्षेत्रमा वितरण गरिएको ३३ केभिए र ११ केभिए प्रशारण लाईनमा जडान गरेपछि ‘ट्रिप’ हुने समस्या शुरु भएको नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रका प्रमुख नेत्रमणि अधिकारीले भने । पुरानो र जीर्ण कम भार क्षमताको विद्युत लाईनमा ठूलो क्षमताको विद्युत पठाईएकोले भार थेग्न नसकी ट्रिप (सवस्टेसनमा विधुत काटिने) समस्या सुरु भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology