पुनर्जन्म निश्चित छ ?

हिन्दुलगायत अन्य धर्म पनि पुनर्जन्ममा विश्वास गर्छन् तथापी प्रयोगशालामा प्रमाणित नभैसकेका कारण विज्ञानले यस विषयलाई पूर्णरूपमा सकारेको छैन । वास्तवमा पुनर्जन्म के हो ? पुनर्जन्मबारे भएका तथा हुँदै गरेका अध्ययन तथा अनुसन्धानका साथै मनोवैज्ञानिक, जैविक विज्ञान तथा भौतिक शास्त्रको विविध पक्षबाट पुनर्जन्मबारे जीव विज्ञान तथा मनोविज्ञानका जानकार प्रदीप्नराज पन्तको जानकारीमूलक लेख ।
परापूर्व कालदेखि नै पुनर्जन्म मानिसहरूको लागि रहस्यमय र कौतूहलपूर्ण विषय बनेको छ । धेरैजसो धार्मिक ग्रन्थमा पुनर्जन्मको व्याख्या गरिएको छ र संसारका धेरै धर्म जाति र समुदायका मानिसहरूले विश्वास गर्दै आएको पनि पाइन्छ । हिन्दु धर्ममा जीवात्माले एक शरीरको त्याग गरेर अर्को शरीरमा प्रवेश गरेर जन्म लिने प्रक्रियालाई पुनर्जन्म भनेर भनिएको छ । त्यस्तै बुद्धमार्गीहरू मृत्यु भएको ४९ दिन देखि दुई वर्ष छ महिनासम्ममा पुनर्जन्म हुने कुरामा विश्वास गर्छन् । इसाई धर्ममा पनि स्वयं प्रभु येशु मृत्युपछि मानिसहरूको पाप हरण गर्न बौरिनु भएको कथा बाइबलमा पढ्न पाइन्छ । यसरी मानव जातिले स्वीकार गरेको पुनर्जन्म अर्थात् मृत्युपछि पुनर्जीवन भने प्रयोगशालामा परीक्षण भई पुनर्जन्म हुन्छ भन्ने प्रमाणचाहिँ फेला परिसकेको छैन ।rebirthपुनर्जन्मबारे अनुसन्धान
पुनर्जन्मको अनुसन्धानमा डा. इएन स्टीवेन्सन अग्रणी नाम हो, जसले मृत्युपर्यन्त सन् २००७ सम्म अनवरत अनुसन्धान गरिरहे । पेशाले चिकित्सक (साइकियाटिस्ट) स्टीवेन्सनको बहुचर्चित किताब ‘ह्वेर रिइनकारनेसन एण्ड बायोलोजी इन्टरसेक्ट’ मा झण्डै तीन हजार मानिसलाई भेटेको र उनीहरूले आफ्नो पूर्वजन्मको स्मृति लेखकलाई बताएको उल्लेख गरेका छन् । जन्मदै शरीरमा हुने विभिन्न किसिमका दागहरू र उनीहरूले सम्झना गरेका घटनाहरूलाई आधार बनाएर आफ्नो अध्ययनको निष्कर्षमा पुनर्जन्म हुने कुरामा शङ्का नलिन स्टीवेन्सनले सबैलाई सुझाएका छन् । उनको किताबमा ९० वटा सचित्र पूर्वजन्मका वर्णन र त्यही मानिसहरूको वर्तमान अवस्थाको तस्वीरसमेत प्रस्तुत छ । त्यति मात्र होइन सो पुस्तकमा कतिले त पूर्वजन्मका आफ्ना सन्तानलाई चिनेर उनीहरूसँग बिताएका सुखद दुखद पलहरूलाई सम्झिएको र सम्झनाले भावुक भएको सचित्र प्रस्तुत गर्नुका साथै वैज्ञानिक तरिकाले अध्ययनको परिणाम देखाउने प्रयास गरिएको छ । स्टीवेन्सनको खोजअनुसार शरीर नाश हुँदासमेत जीवको अस्तित्व रहिरहन्छ र उपयुक्त समयपश्चात् आत्माले पार्थिव रूपलाई फेरि ग्रहण गर्दछ । स्पिरिट साइन्स एण्ड मेटाफिजिक्समा स्टीवेन्सन र उनको टिमले लेखेको छ ‘पुनर्जन्म काल्पनिक होइन, पुनर्जन्म निश्चित हुन्छ । ’
यस्तै भारतका नेसनल इन्सिटच्युट अफ मेन्टल हेल्थ एण्ड न्यूरो साइन्सेजका क्लिनिकल साइकोलोजिष्ट डा. सतवन्त पसरियाको ‘क्लेम्स अफ रिइनकारनेसनः एन इम्पिरिकल स्टडी अफ केसेस अफ इन्डिया’ मा सन् १९७३ देखि ५०० वटा पुनर्जन्मको वर्णन र किटान गरेकी छिन् । पुनर्जन्मको प्रसङ्ग महाभारतमा पनि उल्लेख छ ।

मनोविज्ञानमा पुनर्जन्म
पूर्वजन्ममा के भयो भन्ने कुरा थाहा नभएको भएर नै मानिसहरूले पुनर्जन्म हुने कुरामा शङ्का गरेका हुन् तर वर्तमान समयमा पनि केही मानिसलाई पुर्वजन्मको महसुस हुने कुरा स्टीवेन्सन र डा. पसरियाले गरेका छन् तर मनोवैज्ञानिकहरू कुनै कुनै बालक या टाढाका मानिसहरूले कसैको जीवनमा घटेको पुरानो घटनालाई उद्धरण गर्न सक्ने कुरालाई स्वीकार गरे पनि ती मानिसहरूको पुर्नजन्म भएको स्वीकार गर्दैनन् बरु तिनीहरूलाई वाइपोलार पर्सन्यालिटी सिन्ड्रोम (द्रविधु्रवी विकार) भनेर, त्यसलाई प्रमाणित समेत गरेका छन् ।
मनावैज्ञानिकहरू कसैले पुरानो कुरा या अन्य व्यक्तित्वको वर्णनलाई पुनर्जन्म नभनी व्यक्तित्व आएको विकृति भन्ने ठान्छन् र मनोविज्ञान पुनर्जन्मको विषयलाई ठाडै नकार्छ र पुनर्जन्म सम्भव छैन भन्ने तर्क उनीहरूको छ । स्टीवेन्सनले गरेका तीन हजारभन्दा बढी सबै मानिसको अनुसन्धानलाई मनावैज्ञानिकहरू पुनर्जन्म भएको नठानी बाइपोलार डिसअर्डर उपज भन्ने ठान्छन् र उपचारपछि उनीहरू ठीक हुने कुरा बताउँछन् । साँच्चै यसरी वर्णन गरिएका कुराहरू एउटा निश्चित उमेरपछि र मनोवैज्ञानिक उपचारपछि उनीहरूमध्ये ८३ प्रतिशतले पूर्वजन्मको भ्रम बिर्सिएका र आममानिसको जीवन व्यतित गरिरहेका छन् । तर केहीले जीवन पर्यन्त अर्को व्यक्तित्व भएर पनि जीवन गुजारेका छन् भने सानो सङ्ख्याका मानिसहरूको उपचार हुन नसकेर कष्टमय जीवन गुजारेको पनि पाइन्छ । मनोवैज्ञानिकहरू संसारभरि नै यसरी हुवहु अरूको बारेमा बालकले अथवा कसैले अर्को व्यक्तित्वको वर्णन गरेर आफू पूर्वजन्मको त्यही व्यक्ति भएको दर्शायो भने त्यसलाई बाइपोलार डिसअर्डर नै ठान्दछन र पुर्नजन्म हुनै नसक्ने भन्ने निक्र्योल उनीहरूको छ ।
जीव विज्ञानमा पुनर्जन्म
जीव वैज्ञानिकहरूले पनि पुनर्जन्मको विषय लिएर जन्तुहरूको शरीर र मानव जीनको बारेमा विभिन्न अध्ययन अनुसन्धान गरेका छन् । मानव शरीरको ९६ प्रतिशत हिस्सा अक्सिजन, कार्बन, हाइड्रोजन र नाइट्रोजनले बनेको भए पनि मानव शरीरमा तामा, फलाम सुनलगायत ६० थरिका अन्य रसायनहरू पनि हुन्छ । ती रसायनहरूको अभावमा शरीरले शारीरिक क्रियाकलापहरू गर्न नसकेर मानिस जीवित रहन पनि सक्दैन र अर्को रोचक कुरो ती रसायनहरू जीनको आदेशानुसार सञ्चालन हुन्छन् । पहिला पहिला वैज्ञानिकहरूले मानव शरीरमा एक लाख जीन हुने अनुमान गरेको भए पनि अहिले अनुसन्धानकर्ताहरूले चौबीस हजार जीन भएको प्रकाशमा ल्याएका छन् ।
ती सबै जीनले नै मानव जीवन सञ्चालन गर्ने हो । हाड मासु रगतमात्र भएर मानवले दैनिक क्रियाकलाप गर्न सक्दैन । यसैले मानव जीवन भनेको जीनहरूको कार्यक्रम हो । कम्प्युटरको प्रोग्रामजस्तै मानव शरीर पनि जीनहरूको प्रोग्राम हो । यसलाई साधारण भाषामा मानवले गर्ने सबै क्रियाप्रतिक्रिया जस्तै हाँस्ने प्रक्रिया जीनको एउटा कार्यक्रम, रुने, ईष्र्या खुसी हुने जीनको कार्यक्रम मात्र हो । कतिपय जीन कुनै खास समुदाय जाति या प्रजातिमा मात्र सीमित हुन्छ भने अधिकांश जीनहरू सबैजसो मानिसमा समान किसिमको हुने गर्छ, जसले गर्दा संसारका धेरै मानिसहरूको बानी व्यहोरा र क्रियाकलापहरू एकै प्रकारको मिल्दोजुल्दो हुन्छ । समाजसँगको अन्तरघुलनको कारण केही व्यवहारहरू मानिसपिच्छे फरक हुन्छन्, जसबाट मानिसले आफ्नो पहिचान बनाउँछ ।
त्यसरी बनाउने फरक पहिचानचाहिँ जीव विज्ञानद्वारा निर्धारण गरेको नभई समाजद्वारा निर्धारण गरिएको हुन्छ अथवा समाजसँगको अन्तरघुलनले मानिसले सिक्नुका साथै सिकाइ चेतन अवचेतन अवस्थामा समेत हुने गर्छ । यसकारण कुनै कुनै सिकाइ धेरै समयपछि मानिसहरूले चेतन अथवा अवचेतन अवस्थामा नै प्रस्तुत गर्छन् जुन कुनै उस्तै जीन भएका र मृत्युवरण गरिसकेका मानिसहरूसँग मिल्न जान्छ । यसकारण केही जीनले चेतन या अवचेतन दुवैै अवस्थामा सुनेको, महसुस र कल्पना गरेको कुरालाई थाहा पाएर अथवा नपाएर प्रकट गरिदिन्छ । मानिसमा चौबीस हजार जीनमध्ये ३० भन्दा कम जीनहरू मात्र एकै नासका हुँदैनन् बाँकी सबै संसारभरिका मानिसको जीन एकै प्रकारको हुन्छ र ती जीनहरूको प्रकृति पनि उस्तै हुने भएकाले स्टीवेन्सनका तीन हजारभन्दा बढी अनुभवलाई वैज्ञानिकहरूले अस्वीकार गरेका हुन् । यसकारण कहिलेकाहीँ अचेतन अवचेतन अवस्थामा मस्तिष्कमा सङ्गृहीत सूचनाहरू जीनको गलत प्रोगामिङ या अन्य कुनै प्रक्रियाबाट बाहिरिदिन्छ । यसप्रकार दोहोरो व्यक्तित्वको चित्रण हुन जान्छ, जसलाई पुनर्जन्म ठान्न नहुने वैज्ञानिकहरूको तर्क छ ।
जीनको बारेमा सबभन्दा महìवपूर्ण खोज भनेको क्लोनिङ हो, जसमा जीनको नक्कल अथवा कपी गरेर अर्को समान प्रजातिमा प्रत्यारोपण गरी त्यस्तै व्यवहारको बनाउन सकिएको भए पनि मृत्युपछि सङ्कर्षण गरिएका जीवहरूको जीनको नक्कल गर्न सकिएको छैन । यसकारण मानव शरीर नाश भइसकेपछि त्यस्तै जीन अर्को मानिसमा आउन सक्ने सम्भावना नभएको वैज्ञानिकहरूको दाबी छ र अहिलेसम्म प्रयोगशालामा परीक्षण गर्दा मृत जीवको जीन नक्कल गर्न सकिएको छैन । यसकारण पुनर्जन्म जैविक दृष्टिकोणले हुनै नसक्ने धारणा बनाइएको छ ।stephenभौतिक शास्त्रमा पुनर्जन्म
पुनर्जन्म हुन नसक्ने कुराको बलियो प्रमाण भौतिकशास्त्रीको पनि छ । यसमा अग्रणी नाम अल्वर्ट आइन्सटाइनकै हो । पुनर्जन्म हँुदैन भन्नुका पछाडि आइन्सटाइन सापेक्षवादको सिद्धान्तलाई लिन सकिन्छ ।
सापेक्षबादको सिद्धान्तमा आइन्सटाइनले ब्रह्माण्डको स्थिरतालाई स्वीकार गरेका छन् । आइन्सटाइनका अनुसार ब्ल्याकहोल अर्थात् साइगन्स एक्स (१ मा सबै वस्तुहरू सङ्गृहीत हुन्छ अथवा एक चोटि ब्ल्याकहोलमा वस्तुको प्रवेश भइसकेपछि सबै अस्तित्वविहीन हुन्छन् र सबै शून्यमा बिलाउँछ भन्ने थियो । यसकारण जीवहरू पनि समय अस्तित्वमा रहुन्जेलसम्म आउँछन् र समयपछि अस्ताउँछन् भन्ने थियो जहाँ पुनर्जन्मको अस्तित्व छैन भन्ने विश्वास गरिएको थियो । तर १९९०मा स्टीफेन हकिङको ब्लयाकहोलमा वस्तुहरु सङ्गृहीत भइसकेपछि पनि निकास हुने कुरा उल्लेख गरे । त्यो निकास भनेको तरङ्ग थियो जसलाई अहिले ‘हकिङ्ग इमिट’ भनेर बुझिन्छ ।
कहिले र कसरी यो ब्रह्माण्डको शुरुवात भयो, हामी किन यहाँ छाँै र यो प्रकृतिको वास्तविकता के हो ? स्पष्टरूपमा यो ब्रह्माण्डको संरचनालाई हेर्दा के साँच्चै एउटा सहृदयी सिर्जनाकारले गतिशीलता प्रदान गरेका हुन् या विज्ञानसँग ब्रह्माण्ड संरचनाको बारेमा छुट्टै (व्याख्या गर्न सकिने) धारणा छ । भौतिकशास्त्रीद्वय स्टीफन हकिङ र लियोनार्ड म्लोडिनाउको ब्रह्माण्डको रहस्यको बारेमा लेखिएको ‘दी ग्रयाण्ड डिजाइन एण्ड माइ ब्रिफ हिस्ट्री’ भन्ने किताबमा ‘ऊर्जाशक्तिलाई सम्पूर्ण ब्रह्माण्ड’ भनिएको छ र ब्ल्याकहोलबाट परिवर्तित रूपमा ऊर्जा बाहिरिने कुरा औँल्याइएको छ । हकिङले ऊर्जा शक्तिलाई सङ्गृहीत गर्न नसकिने र यसको स्वरूप परिवर्तन हुन्छ भनेर विश्वलाई आश्वस्त बनाउन चाहेका छन् । ऊर्जा शक्तिको परिवर्तित रूपले पुनर्जन्म पनि सम्भव छ भनेर वैज्ञानिकहरू अहिले खोजमा तल्लीन छन् ।
पुनर्जन्म अझै खोजको विषय
थर्मोडाइनामिक्सको पहिलो नियमअनुसार ऊर्जालाई न त निर्माण गर्न सकिन्छ न त नष्ट या खण्डित गर्न सकिन्छ तर ऊर्जा शक्तिको रूपलाई परिवर्तन गर्न सकिन्छ, एक रूपबाट अर्को रूपमा । ऊर्जा शक्ति ब्रह्माण्डमा मिलन भइसकेपछि पनि अथवा ब्ल्याकहोलमा प्रवेश गरिसकेपछि पनि अर्को परिवर्तित रूपमा फेरि फर्कन्छ । हकिङको ग्रयाण्ड डिजाइनको सार पनि यही हो अर्थात् ऊर्जा शक्ति नष्ट गर्न सकिन्न र कुनै परिवर्तित रूपमा ओहोरदोहोर गरिरहन्छ । हकिङको यही मान्यतालाई आत्मसात् गर्दै अहिले पुनर्जन्मको बारेमा संसार फेरि परीक्षणमा जुटेको छ र पुनर्जन्म सम्भव हुन सक्छ भन्नेमा केही वैज्ञानिक आश्वस्त भएको पाइन्छ तर कसरी र कस्तो पुनर्जन्म, त्यो चाहिँ अहिलेसम्म खोजीकै विषय हो । त्यसैले अहिले नै पुनर्जन्म हुन्छ या हँुदैन भनेर प्रयोगशालामा परीक्षण भएर प्रमाणित भइसकेको अवस्था भने होइन । यसकारण किटान गरेर पुनर्जन्म हुन्छ, हुँदैन भनेर भन्न सकिने अवस्था छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology