पत्रपत्रिकाको वर्गीकरणका लागि ८६४ आवेदन

काठमाडौं , ६ फागुन– आर्थिक वर्ष ०७४÷०७५ को पत्रपत्रिका वर्गीकरणका लागि प्रेस काउन्सिल नेपाल (वितरण सम्परीक्षण समिति)मा आवेदन फाराम भर्ने विभिन्न पत्रपत्रिकाको सङ्ख्या यस वर्ष ८६४ रहेको छ । दैनिक १७४, मासिक ८२, पाक्षिक ११, त्रैमासिक ६, द्वैमासिक ४, अर्ध-साप्ताहिक ३ र साहित्यिक भाषाभाषी सम्बन्धी ५७ वटा पत्रिकाको आवेदन परेको प्रेस काउन्सिलले जानकारी दिएको छ ।

यस्तै, प्रदेशगत रूपमा हेर्दा प्रदेश नम्बर १ बाट १११, प्रदेश नं.२ बाट १७७, प्रदेश नं. ३ बाट ३८४, गण्डकी प्रदेशबाट ६२, प्रदेश नं. ५ बाट ६३, कर्णाली प्रदेशबाट २३ र सुदूरपश्चिम प्रदेशबाट ४४ वटा पत्रपत्रिकाले आवेदन फाराम भरेका छन् ।

३७ वटाको भने प्रक्रिया नपुगेको र ढिलोगरी आवेदन प्राप्त भएको काउन्सिलले जनाएको छ । यसका सन्दर्भमा बोर्ड बैठकले टुङ्गो लगाउने छ । आर्थिक वर्ष ०७३र ७४ मा वर्गिकरणका लागि ९५३ वटा पत्रपत्रिकाको आवेदन परेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology