झिर्काका माझीलाई ५ सय लिटरको हिल्टेक ड्रम

बागलुङ, ८ फागुन – गलकोट नगरपालिका ७ मल्म झिर्काका बेसाहारा पृथ माझीलाई १ सेट हिल्टेक ड्रम सहयोग प्रदान गरिएको छ । माझीको घरमा खानेपानीको उचित व्यवस्थापन गर्न उक्त हिल्टेक ड्रम सहयोग गरिएको सहयोगदाता युवा उद्यमी तुलबिर थापाले बताए । सामाजिक संस्था घुम्टे युवा परिवारको व्यवस्थापन तथा जापानमा कार्यरत युवा उद्यमी एवं घुम्टे युवा परिवार जापान शाखाका सहसचिव तुलबिर थापाको आर्थिक सहयोगमा ५ सय लिटरको हिल्टेक ड्रम सहयोग गरिएको कल्वका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिए ।
माझी घरको टिनको छानामुनी सुत्ने गरेका कारण गत पौषमा विरामी परेका थिए । विरामी परेको खबर थाहा पाए लगत्तै युवा उद्यमी तुलबिर थापा, घुम्टे युवा परिवार सहित स्थानिय संघ संस्थाहरु, महिला समुहले आर्थिक सहयोग गरेका थिए । थापाले आफनै खर्चमा उनलाई ईमर्जेन्सी पोलि क्लिनिक हटियामा उपचार समेत गराएका थिए । त्यस पश्चातथप उपचारको लागि माझीलाई घुम्टे युवा परिवारले काठमाण्डौ सम्म पुराउने व्यवस्था मिलाएको थियो ।
उनको काठमाण्डौ विर अस्पतालमा गलकोट नगरपालिका ७ मल्म आॅगाखेतका शितल गेष्ट हाउस सञ्चालक टिकाबहादुर केसीले आफनो खर्चमा उपचार गराएका थिए । उनको स्वास्थ्यमा सुधार भएपछि अहिले माझी गलकोट फर्किसक्नु भएको घुम्टे युवा परिवारका सदस्य भुमिराज थापाले जानकारी दिए । ८ हजार रुपैयाको हिल्टेक ड्रम कल्वका युवाहरु माझीको घरमा पुगी हस्तान्तरण गरेका थिए । यसअघि माझीको घरमा चिसो कम गर्न घुम्टे युवा परिवारले ४० वटा फ्ल्याक सहयोग गरि सिलिङ व्यवस्थापन गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology