बलेवा महोत्सवमा दोहोरी गीतको उपाधी गोरखालाई

बागलुङ, ११ फागुन- प्रथम बलेवा महोत्सवको अवसरमा आयोजित लोक दोहोरी गीत प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गोरखा शाखा प्रथम भएको छ । प्रतियोगिताको शनिबार भएको फाईनलमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागलुङलाई पछि पार्दै गोरखाले प्रथम स्थान हासिल गर्न सफल भएको हो । त्यसैगरी दर्पण छायाँ दोहोरी साँझ पोखरा र राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान लमजुङले तेस्रो स्थान हासिल गरेका छन् । बिजयी प्रथमले ३० हजार रुपैयाँ द्धितीयले २५ हजार रुपैयाँ र तृतीयले १५÷१५ हजार रुपैयाँ प्राप्त गरेको दोहोरी गीत प्रतियोगिता निर्णयक समितिका संयोजक गायक पुर्ण परियारले जानकारी दिए । महोत्सवको अवसरमा आयोजित खुल्ला रत्यौली प्रतियोगितामा कुश्मा खरिया ग्रामिण महिला समुह पर्वत, प्रथम, कामना स्वालम्बी महिला समुह पैयुँपाटा, द्धितीय, गणेश मावि नारायणस्थान तृतीय र अभियान आमा समुह पैयुँपाटा सान्त्वना भएका छन । शनिबारको कार्यक्रममा चर्चित गायक बसन्त थापा, याम क्षेत्री, काजल गुरुङ कृष्ण सुवेदी, सिता परियार लगायतका कलाकारहरुको सांगितिक प्रस्तुती रहेको थियो । बागलुङ नगरपालिका १४ मा रहेको स्थानीय नारायणस्थान सामाजिक प्रतिष्ठानको आयोजनामा फागुन २ गते बाट सुरु भएको महोत्सव आईतबारसम्म संचालनमा रहने छ । महोत्सवबाट बलेवा क्षेत्रको प्रचारप्रसार गर्दै कृष्ण गण्डकी क्याम्पसको शैक्षिक उन्नयनका लागि कम्तीमा १ करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष्य राखिएको महोत्सव मुलआयोजक समितिका संयोजक भरत पौडेलले बताए । महोत्सवमा यस क्षेत्रका विभिन्न व्यक्तिले कृष्णगण्डकी क्याम्पसको शैक्षिक विकासका लागि लाखौं रकम आर्थिक सहयोग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology