होमस्टेका लागि होस्टेमा हैँसे आबश्यक

  • हरेक प्रदेशमा अहिले होटल तथा रिसोर्ट सँगसँगै ग्रामीण भेगमा होमस्टे सञ्चालन गर्ने लहर नै चलेको छ ।
  • नेपालको पर्यटन विकासमा करिब दुई दशकदेखि होमस्टे पर्यटनले महìवपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । सन् १९९७ मा स्याङ्जाको सिरुबारीबाट होमस्टे पर्यटन व्यवसाय शुरु भएको मानिन्छ । अहिले पूर्व ताप्लेजुङदेखि पश्चिम दार्चुलासम्म र उत्तरमा लोमान्थाङदेखि दक्षिणमा माडीसम्म होमस्टे खोल्ने लहर चलेको छ । यो लहरमा समयमै उत्प्रेरणा र सहयोग विस्तार गर्न सकियो भने नेपालमा होमस्टे पर्यटन अझ मौलिक ढङ्गबाट सुव्यवस्थित भई अघि बढ्नेछ । यतिबेला होमस्टेका लागि ‘होस्टेमा हैँसे’ चाहिएको छ । उचित सहजीकरण र प्रवद्र्धनमा सघनीकरण चाहिएको छ । २०६७ सालमा नेपाल सरकारले पहिलोपटक ‘होमस्टे सञ्चालन कार्यविधि’ जारी गरेपछि नेपालको होमस्टे पर्यटन तिब्र गतिमा अघि बढ्न थालेको हो । अहिले देशका कम्तिमा सय ठाउँमा होमस्टे खुलेका छन्, देशभर करिब तीन हजार ‘बेड’ क्षमताका लगभग १२ सय होमस्टे छन् । नेपालको समग्र पर्यटकीय आवास प्रणालीमा होमस्टेले महìवपूर्ण स्थान ओगट्न थालेको छ ।
    ठूलाठूला होटल खुलेको खुल्यै छन् । हरेक प्रदेशमा अहिले होटल तथा रिसोर्ट खोल्ने लहर नै चलेको छ । सँगसँगै ग्रामीण भेगमा होमस्टे सञ्चालन गर्ने लहर पनि बढेको छ । पर्यटनप्रतिको बढ्दो चासो सर्वत्र देखिन्छ ।
    पूर्वाधार छैन भन्दाभन्दै पनि करिब ३५ हजार “बेड” एकै दिनमा उपलब्ध हुनसक्नु भनेको नेपालको शक्ति हो । पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्डले जारी गरेको पछिल्लो तथ्याङ्कअनुसार सन् २०१९ को पहिलो महिनामा कुल ९१ हजार पर्यटक नेपाल भित्रिए । निश्चय नै नेपाली पर्यटनका लागि यो ज्यादै सुखद पक्ष हो । सन् २०१८ मा करिब १२ लाख पर्यटकले नेपाल भ्रमण गरेको सुखद खबर नेपाली मिडियामा छाएको महिना दिन पुग्दा–नपुग्दै फेरि सन् २०१९ को जनवरीमा झन् २५ प्रतिशतको बृद्धिको खबर आउनु हामी सबैका लागि खुसीको विषय हो । सन् २०२० मा २० लाख पर्यटक पु¥याउने हाम्रो सपना र सोचाइ सार्थक बन्नेतर्फको सकारात्मक सङ्केत मानौँ यसलाई ।
    आवासकै दृष्टिले हेर्दा त नेपालमा मासिक १० लाख पर्यटक आए पनि तिनको बसोबासको व्यवस्था मिलाउन सकिने देखिन्छ तर आवासको तुलनामा यातायातलगायतका पर्यटकीय पूर्वाधार विकास भइसकेका छैनन् । पर्यटन विकास भनेको एकीकृत प्रयासको समग्र रूप भएकाले हवाइ तथा सडक यातायात (पहूँच), ‘आकर्षण’ वा सम्पदा पहिचान एवं विकास, अन्य पर्यटकीय सुविधा विस्तार, प्रचारप्रसार, बजारीकरण, जनशक्ति उपलब्धता, सरोकारवालाहरूको पहल र सक्रियता आदिको सन्तुलित तथा समन्वयात्मक विकास हुनु जरुरी ठानिन्छ । कुनै पनि गन्तव्यमा पर्यटन विकासको अवस्था मापन गर्ने सूचक पनि तिनै हुन् । अहिले नेपालमा यी सूचकको समग्र विकास नभएको अवस्था छ । उदाहरणका लागि हुम्लामा अपार पर्यटकीय स्रोत छन् भन्ने कुरा हामी सबैलाई थाहा छ तर त्यहाँ चाहेका बेला कतिजना पर्यटक पुग्न सक्छन् ? म आफैँ नेपालगन्जमा तीनचार दिन कुरेर बल्ल–बल्ल पुग्नु परेको थियो ।
    प्रश्न उब्जिन्छ के एकै दिनमा दुई÷तीन सय पर्यटक पुगे भने हुम्लामा सेवा प्रदान गर्ने क्षमता छ ? आवास, पदमार्ग सेवा, सम्पदा सुदृढीकरण भएको छ ? जवाफ सपष्ट छ ः ‘छैन’ । अतः देशका प्रमुख गन्तव्यहरूमा माथि उल्लिखित आधारभूत पूर्वाधारहरूकोे सन्तुलित विकास अहिलेको खाँचो हो । सन् २०२० का लागि हाम्रो प्रयास र पहल पुगेको छैन । नेपाल भ्रमण वर्ष २०२० मा आउने २० लाख पर्यटकलाई हामीले कत्तिको सन्तुष्ट बनाएर पठाउन सक्ने हौँ त्यो चुनौतीकै विषय छ । त्यसकै आधारमा हामीले सन् २०३० सम्ममा ५० लाख पर्यटक पु¥याउने भनेर पनि बेलाबेला भन्ने गरेका छौँ । कुरालाई व्यवहारमा बदल्न जोडदार कार्य गर्नु जरुरी छ ।
    यी सबै कुराको सफलता मूल रूपमा पर्यटकीय पूर्वाधारको सन्तुलित विकास, उचित प्रचारप्रसार र व्यवस्थित बजारीकरणमा भर पर्ने हो । पछिल्लो समयमा नेपाल पर्यटन बोर्डको पहल र सक्रियता केही बढेको देखिएको छ । यो खुसीको कुरा हो । नेपाल भ्रमण वर्ष सचिवालयले भने जुन गतिमा काम अघि बढाउनुपर्ने हो, त्यसरी अगाडि बढाउन सकेन । कारणको खोजी समयमै गरेर दक्ष र क्षमतावान जनशक्ति परिचालन गर्ने रणनीति यथाशीघ्र अख्तियार गर्नुपर्ने देखिन्छ । सन् २०१९ भर दिनरात नभनेर काम गर्नुपर्ने अवस्था छ । प्रदेश र स्थानीय तहका सरकारलाई बढी जिम्मेवार बनाउँदै पर्यटन विकासका गतिविधि अगाडि बढाउनुपर्ने छ । यसमा पर्यटन क्षेत्रका ‘प्रवुद्धवर्ग’ अझ सक्रिय बनेर दिशाबोध गर्नुपर्ने छ ।
    नेपालका होमस्टेले यहाँको सांस्कृतिक पर्यटन प्रवद्र्धनमा महŒवूर्ण भूमिका खेलेका छन् । होमस्टेको विशेषता भनेकै सांस्कृतिक पहिचान सहितको आवास व्यवस्था हो । त्यसैले गर्दा नै लिम्बू, लेप्चा, राई, शेर्पा, गुरुङ, तामाङ, मगर, नेवार, थकाली, थारु, राजी आदि जाति बसोबास गर्ने क्षेत्रमा होमस्टे पर्यटनले गति प्राप्त गरेको हो । अहिले त कतिपय बाहुन–क्षेत्रीले समेत होमस्टे व्यवसाय मन पराउन थालेका छन् । हरेक पर्यटकले आफ्नो भ्रमणमा नयाँ नयाँ खानाका स्वाद लिन चाहन्छ, नयाँ नयाँ नाच हेर्न चाहन्छ, नयाँ नयाँ मानिससँग कुराकानी र भेटघाट गर्न चाहन्छ, नयाँ खालका दृश्य अवलोकन÷अध्ययन गर्न चाहन्छन् ।
    जातीय विशेषता सहितका सांस्कृतिक होमस्टेको भविष्य नै उज्ज्वल हुन्छ । चक्रीय प्रणालीमा आधारित पदमार्गमा हरेक रात फरकफरक जातजातिले चलाएका होमस्टेमा बस्न चाहने पर्यटक धेरै हुन्छन् । यो विशेषतामा पनि अब हाम्रो ध्यान जानुपर्ने देखिन्छ ।
    होमस्टेलाई खालि आवासका दृष्टिले मात्र हेरियो भने त्यो हाम्रो भूल हुनेछ । यसमा समयमा नै सचेतता अपनाउनु पर्छ । विज्ञ संस्थाहरूले होस्टेमा हैँसे थप्ने भनेकै यस्तै कार्यको सहजीकरणका लागि हो । अद्यावधिक ज्ञान तथा सीप प्रदान, अवलोकन भ्रमणको अवसर, भाषिक क्षमता अभिवृद्धि, सम्पर्क सूत्र बढाइदिने कार्य, आधुनिक सूचना तथा सञ्चार प्रविधि विस्तारमा सहयोग, हरेक होमस्टे गन्तव्यलाई प्रादेशिक तथा राष्ट्रिय सूचना प्रणालीमा आवद्ध गरिदिने कार्य अहिलेका महìवपूर्ण आवश्यकता हुन् ।
    विश्वमा कमै मात्र पाइने बहुसांस्कृतिक पर्यटन नेपालमा सम्भव छ । किनकि हामीकहाँ ५९ जातजाति छन् । हरेकको एउटाएउटा विशेषता सहितको विशेष गन्तव्य बनाउँदा पनि यो सानो भूगोल भएको देश नेपालमा ५९ थरी (विश्वमै दुर्लभ) सांस्कृतिक होमस्टेका ‘विशेष गन्तव्य’ बनाउन सक्ने अवसर छ । ती गन्तव्यका पहिलो उपभोक्ता स्वयं नेपाली हुने छन् । गैरआवसीय नेपालीमा यसप्रति झन् बढी रुचि छ । त्यसपछि मात्र विदेशी आउनेछन् । किनकि एउटा जातिको अनुभव लिनासाथ नेपालीलाई पनि अर्को जातिको अनुभव लिन मन लाग्ने छ । यो पङ्क्तिकारले पनि हालसम्म गुरुङ, लिम्बू, तामाङ, शेर्पा, नेवार, थारु, बाहुन, चेपाङ आदि जातजातिको होमस्टे अनुभव लिने मौका पाएको छ । थप जातिको घरमा बसेर अनुभव लिने इच्छा अझै छ । मजस्तै सबै आन्तरिक तथा बाह्य पर्यटकको चाहना भनेको पनि त्यही नै हो ।
    अहिलेका पर्यटकको चाहना र रुचि बुझेर होमस्टे सञ्चालनका नयाँ सम्भावना खोज्ने, खुलिसकेका होमस्टेहरूलाई प्रोत्साहन र सहयोग प्रदान गर्ने कार्य नै यथार्थमा ‘होस्टेमा हैँसे’ हो । यसका लागि सङ्घ, प्रदेश, स्थानीय तीनै तहका सरकार र अन्य गैरसरकारी संस्थाहरू, सहकारी तथा निजी क्षेत्रको अहम् भूमिका छ । (लेखक पर्यटन विशेषज्ञ र होमस्टेका अध्येता हुन)

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार

    © 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology