स्वच्छ वातावरण अभियन्ता बने प्रियंका र आयुष्मान

काठमाडौं, १२ फागुन – वन तथा वातावरण मन्त्रालयले नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीलाई स्वच्छ वातावरण महाअभियानको अभियान्ताको रूपमा नियुक्त गरेको छ । मन्त्रालयको फागुन ७ मा  बसेको मन्त्रीस्तरीय निर्णयले उनीहरूलाई स्वच्छ वातावरण महाअभियानको अभियन्ताको रूपमा नियुक्त गरेको हो । मन्त्रालयले उनीहरूलाई एक वर्षका लागि अभियन्तामा नियुक्त दिएको हो । अभियान्ताको रूपमा नियुक्त भएका उनीहरूले देशभर स्वच्छ वातावरण बनाउनका लागि जनचेतनाको कार्यक्रमहरू गर्नेछन्। केही साताअघि मात्र सामाजिक काममा योगदान पुर्‍याउने उद्देश्यका साथ आयंका फाउन्डेसन दर्ता गरेका प्रियंका र आयुष्मान स्वच्छ वातावरण महाअभियानको अभियन्ताको रूपमा आफूलाई पाउँदा एकदमै खुसी लागेको बताए। साथै उनीहरूले आफूलाई दिइएको जिम्मेवारी निष्ठापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology