यौन दुरब्यहार आरोपमा पक्राउ प्रधानध्यापकलाई ५ बर्ष कैद

कुश्मा, १६ फागुन – आफैले पढाउने ४ बालिकाहरुलाई यौन दुव्र्यबहार गरेको आरोपमा पक्राउ परेका प्रधानध्यापकलाई पर्वत जिल्ला अदालतले ५ बर्ष कैद सजाय सुनाएको छ । पर्वतको फलेवास नगरपालिका– ६ देविस्थानमा सञ्चालित माझिगाउँ प्राथमिक विद्यालयका प्रधानध्यापक खिलप्रसाद पौडेललाई बुधवार पर्वत जिल्ला अदालतका न्यायधिश सुर्यबहादुर थापाको इजलासले ५ बर्ष कैद सजायको फैसला सुनाएको हो । ५० वर्षीय प्रधानाध्यापक पौडेलले विद्यालयमा विगत एक वर्षदेखि ७ वर्षिया दुई बालिका, १० बर्षिया एक बालिका र १२ वर्षिया एक बालिका गरी ४ जना बालिकालाई यौन हिंसा गरेको आरोपमा गत ६ साउनमा जिल्ला प्रहरी कार्यालय पर्वतले गिरफ्तार गरेको थियो । छोरी टोलाउने, एकसुर हुने र बेलाबखत बिरामी हुने गरेपछि चिकित्सकले समेत फोबिया भएको बताएपछि छोरीलाई सोध्दा शिक्षकले हिंसा गर्दै आएको थाहा भएको भन्दै पिडित बालिकाहरुका अभिभावकहरुले प्रहरीमा साउन ६ गते नै उजुरी दिएका थिए । आरोपित पौडेल लाई गिरफ्तार गरी प्रहरीले यौन जन्य हिंसा अपराध अन्तर्गत पर्वत जिल्ला अदालतमा मुद्धा दायर गरेको थियो । उक्त मुद्धा उपर अदालतले दुई सात बर्षिया बालिकालाई यौन अपराध गरेको हकमा ५ बर्ष र सो भन्दा माथिल्लो उमेरका बालिकाहरुलाई अपराध गरेको कसुरमा ४ बर्ष अधिकतम् कैद सजाय हुने गरी फैसला गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology