किन बोलेनन् बागलुङका प्रहरी प्रमुख रुपा हत्याका वारेमा ?

बागलुङ, १६ फागुन – केही दिन पहिला जिल्लाको प्रहरी प्रमुखको रुपमा सरुवा भएर बागलुङ आएका प्रहरी उपरिक्षक कृष्णहरी शर्मा पोखरेलले बागलुङको चर्चित रुपा हत्याकाण्डका वारेमा केही पनि वोलेनन् । जिम्मेवारी सम्हालेपछि विहिवार पहिलोपटक पत्रकारहरुसंग भेटघाट गरेका पोखरेलले रुपा हत्याकाण्डको छानविनको वारेमा छ पनि उच्चारण गरेनन् । दिनदाहाडै भएको रुपा हत्याको छानविन र दोषी पत्ता लगाउने वारेमा यहाँको धारणा के छ भनेर पत्रकारले सोधेको प्रश्नको उत्तर दिनबाट भाग्दै जिल्ला प्रहरी प्रमुख पोखरेलले भने– म काम गर्न आएको हुँ, काम गरेर देखाउछु । उनले रुपा हत्यासंग जोडिएको कुनै पनि शब्द उच्चारण गरेनन् । तर उनी जिल्ला आउनुपूर्व सरुवा भएर गएका प्रहरी प्रमुख दिपक रेग्मीले रुपा हत्याकाण्डको अपराधी भारत हुँदै पोखरासम्म आइपुगेको भनेका थिए ।
रुपा हत्याकाण्डका वारेमा केही नवोलेपनि अन्य विषयमा भने उनी पत्रकारहरुसंग खुलेर प्रस्तुत भए । जिल्लामा भइरहेका सडक दुर्घटनाका वारेमा जानकारी भएको वताउदै प्रहरी प्रमुख पोखरेलले भने–दुर्घटना कम गर्न लागि यात्रुहरु सचेत हुनुपर्दछ । यात्रुहरुलेनै असुरक्षित यात्रालाई अस्विकार गर्दा ट्राफिक प्रहरीको आधा काम कम हुन्छ । जिल्लामा सडक दुर्घटनामा कमि ल्याउन सकिने भन्दै पोखरेलले त्यसकालागि जनचेतनाको आवश्यकता रहेको बताए । जिल्लाको शान्ति सुरक्षा कायम गर्नका लागि सबैको सहयोग र साथको जरुरी हुने उनको भनाई थियो । जिल्लाको सुरक्षा व्यवस्थालाई सबैले साझा दायित्वको रुपमा लिनु पर्ने बताए । ट्राफिक व्यवस्थापन, लागुऔषध ओसारपसार, लैंगिक हिंसा, चोरी, मानव बेचबिखन लगायतका क्षेत्रमा सुरक्षा चूनौती रहेको भन्दै उनले चुनौतीको सामना गर्नका लागि सबैसंग हातेमालो गर्दै अगाडि बढ्ने बताए ।

‘प्रहरीले काम गरेको भएपनि सोचेको जति काम गर्न सकेको छैन्’ पोखरेलले भने, ‘आम नागरिक सचेत बन्ने हो भने प्रहरीमा आउने आधा समस्या समाधान हुन्छन् ।’ जिल्लाको सुरक्षा अवस्थाका बिषयमा थप अध्ययन गरेर कार्ययोजना बनाउने भन्दै पोखरेलले आफ्नो क्षमता र अनुभवका आधारमा काम गर्ने बताए । आफुले अनुसन्धानको क्षेत्रमा काम गरेको अनुभवलाई प्रयोगमा ल्याएर बागलुङमा रहेको लागु औषध ओसार पसारलाई नियन्त्रण गर्ने योजना सुनाए । लाघुऔषध ओसारपसारका घटनामा भरियामात्रै नियन्त्रणमा लिईने गरेको भन्ने पत्रकारहरुको प्रश्नमा पोखरेलले लागुऔषधको ओसारपसारमा कोही मालिक र कोही भरीया नभई बोकेर हिँड्ने मानिस नै मालिक भएको दावी गरे । लागुऔषधको नियन्त्रणका लागि अभिभावक र प्रयोगकर्तामा त्यसको प्रभावको बारेमा चेतना जगाउनु नै मुख्य काम भएको भन्दै उनले त्यो भन्दा प्रभावकारी अरु उपाय नहुने बताए । कार्यक्रममा उनले बागलुङको शान्ति सुरक्षा र घट्नाहरु न्यूनिकरणको सन्दर्भमा पत्रकारहरुको सहयोगको अपेक्षा गरेका छन् । प्रहरी प्रशासन र पत्रकारहरुको सहकार्य गरी बागलुङलाई शान्त, सुरक्षित र समृद्ध सहर बानाउन दुवैको सहकार्य हुनु पर्ने उनको तर्क थियो । यदि प्रहरी भित्र काम गर्दागर्दै नै गल्ती हुन पुग्यो भने त्यसको खवरदारी गरदिन पनि पत्रकारहरुलाई आग्रह गरे । अपराधिक घटनामा कमी ल्याउनका लागि समाजका सबै तहसँग सहकार्य गरेर काम थालिने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology