क्या बात् छाेरीहरू !

आफ्ना पिताजीको शव बोकेर आर्यघाट अन्तिम संस्कारका सम्पूर्ण कर्मका जिम्मेवारी बहन र सामुहिक दागबत्ती दिएको क्षण । आमासँगै प्याराडाइज कोलनी सानेपामा पिताजीको किरियासमेत बसेका छन्, लुना, लिमा र लिजा अर्थात् दिवंगत भरतमोहन अधिकारीका छोरीहरू ।
आदरणीय नेता भरतमोहन अधिकारीको निधनपछि उहाँका सचेत र सुयोग्य छोरीहरूलाई आम मान्छेले सार्वजनिक रूपमा देखे र यसरी चिन्ने मौका पाए । आफ्ना पिताजीको निधनको शोक कुनचाहिँ छोरीलाई नहोला र रु तर झण्डै तीन महिना लामो अस्पताल बसाई र महङ्गो उपचारको व्यवस्थापन, हरपल रेखदेख, आमाको हेरविचार, पीडा लुकाएर हरक्षण सामान्य स्थितिमै बोलचाल, यी दिदीबहिनीहरूको समान विशेषता रह्यो । जबकि यसैबीचमा कान्छी छोरी लिजाले त पहिले ससुरा र अहिले बुबा दुबैको अवशानको शोक भोग्नुपरयो ।

मैले करिब एक दर्जन पटक ह्याम्स अस्पताल पुगेर यो सारा स्थिति आफैले देखें र महसुस गरें, समझदार र योग्यतम् छोरीहरू सायद यस्तै हुन्छन् ।
त्यसो त तीनवटै छोरीको विवाहमा भरतमोहन कमरेडले मलाई निमन्त्रणा गर्नुभएको थियो । तैपनि नजिकबाट बुझ्न संयोग मिलेको थिएन । हरेकलाई चिन्ने अप्ठेरोमै त हो ।
२०७५ फागुन १८ गते राती ९.३५ बजे उहाँको निधनपछि छोरीहरू जसरी सम्हालिए, अनि शोक र श्रद्धाञ्जली एवं अन्त्यष्टिमा छोरासरह नै कर्तव्य र जिम्मेवारी पूरा गर्न जुटे, यो सामान्य कदापि होइन, छोरीहरूले यति गरेपछि किन छोरा नै चाहियो त ? अनि छोरा र छोरीबीचमा के नै अन्तर बाँकी रह्यो र रु अन्तरहृदयदेखि बधाई छ ।
जस्ता बाबुका तस्तै छोरीहरूको यो व्यवहार अरूअरूका लागि पनि प्रेरक छ !!!

(थापा नेकपाका केन्द्रिय सदस्य हुन् । थापा नेकपाका केन्द्रिय सदस्य हुन् । जनताको प्रिय पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी दिवंगत भएपछिका प्रत्यक्षदर्शी थापाको फेसवुक वालबाट लिएका हौं । )

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology