प्रधानमन्त्री कार्यालयको सफ्टवेयर भन्छ : नौ मन्त्रालय मात्रै उत्तीर्ण

  • परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली प्रथम भएका छन् भने सबैभन्दा कम नम्बर ल्याएर ‘फेल’ हुनेमा खानेपानीमन्त्री वीना मगर रहेकी छिन् ।
  • काठमाडौं, २० फागुन – प्रधानमन्त्री कार्यालयको सफ्टवेयरमार्फत लिएको परीक्षामा १२ जना मन्त्री फेल भएका छन् । गत ६ महिनाको कार्यावधिलाई लिएर गरिएको २१ मन्त्रालयको परीक्षामा नौ मन्त्री मात्रै पास भएका छन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, यो परीक्षामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली प्रथम भएका छन् भने सबैभन्दा कम नम्बर ल्याएर ‘फेल’ हुनेमा खानेपानीमन्त्री वीना मगर रहेकी छिन् ।चालु आर्थिक वर्षको साउनयताको ६ महिनालाई मुल्यांकन गर्दा १२ मन्त्रीहरु ‘अनुत्तीर्ण’ भएका छन् । उनीहरुले ३२ प्रतिशत पनि काम गर्न सकेका छैनन् । उत्तीर्णका लागि ३२ प्रतिशत काम गर्नु पर्ने तोकिएको थियो । यो अवधिमा एउटा मात्र मन्त्रालयले ६० प्रतिशत काम सम्पन्न गरेको छ ।