अर्थतन्त्रमा वैदेशिक रोजगारीको प्रभाव

सूचना प्रविधिमा भएको क्रान्तिकारी परिवर्तन र यातायातको क्षेत्रमा भएको प्राविधिक विकासले विश्व समाजलाई सॉघुरो बनाएको छ, मानिसको चेतनामा आएको परिवर्तन तथा सीपमा भएको विविधीकरणले मानिसलाई निकै चलायमान बनाएको छ र उत्पादन प्रविधिमा भएका विकासबाट विश्व व्यवसायमा विविधता आएको छ । एक ठाउ‘बाट अर्को ठाउ‘मा बसाइ सरेर जाने प्रवृत्तिमा पनि परिवर्तन भएको छ । यी सबैको प्रभाव जीवनशैलीमा परेको छ ।
मानिस कुनै देश वा भूगोलमा सीमित रहने अवस्था पनि छैन । खुलापनाप्रतिको आकर्षण, जीवनशैलीमा सकारात्मक परिवर्तनको अपेक्षा, आपूmसँग भएको सीप, सम्बन्धित देशको श्रम कानुन र रोजगारीको सम्भाव्य अवसरसमेतको आधारमा एउटा देशको मानिस अर्को देशमा बस्ने क्रम बढेर विश्वमा यो सङ्ख्या २५ करोड नाघिसकेको छ । आफ्नो देशमा पठाउने आर्जित रकममा पनि वृद्धि भएको छ । यस्तो रकम सन् २०१७ मा छ सय १३ अर्ब अमेरिकी डलर पुग्यो, जुन सन् २०१५ मा पॉच सय ८१ अर्ब डलर थियो । यस्तो रकममध्ये दुईतिहाई अंश निम्न तथा मध्यम आय भएका देशमा गएको देखिन्छ । भारत, चीन, फिलिपिन्स, मेक्सिको र इजिप्ट विप्रेषण भिœयाउने प्रमुख देशमा पर्छन् । यी देशमा आएको रकम निम्न तथा मध्यम आय भएका देशले भिœयाएको कुल रकमको ५० प्रतिशतभन्दा बढी छ । त्यसमा भारत, चीन र फिलिपिन्ससमेतका एसियाली देशले भिœयाएको अंश ३५ प्रतिशत हुन आउँछ ।
विप्रेषणको कुल गार्हस्थ उत्पादनको अनुपातबाट नेपाल अग्रणी स्थानमा छ । यहाँ गतवर्ष सात सय ५५ अर्ब रकम भित्रियो, जुन कुल गार्हस्थ उत्पादनसँगको अनुपातमा २५.१ प्रतिशत हुन्छ । आर्थिक वर्ष २०५०÷५१ मा विप्रेषणका रूपमा आएको रकम पाँच अर्ब रुपियाँ थियो, त्यस अवधिमा ३६ सय नेपाली मानिस वैदेशिक रोजगारी गएका थिए । आर्थिक वर्ष २०७४÷०७५मा वैदेशिक रोजगारीमा जानका लागि स्वीकृति लिनेको सङ्ख्या तीन लाख ७५ हजार पुगेको देखिन्छ ।
हालसम्म विदेशमा काम गर्न श्रम स्वीकृति लिनेको कुल सङ्ख्या ४४ लाख पुग्नुले पनि अर्थतन्त्रमा यसको प्रभाव गहिरो रहेको अनुमान लगाउन सकिन्छ । विदेश जानेको सङ्ख्या आर्थिक वर्ष २०५६।०५७ बाट उकालो लागेको थियो । त्यतिबेला नेपालमा आन्तरिक द्वन्द्व चरम अवस्थामा थियो । द्वन्द्वको कारणले जीउधनको सुरक्षा गर्ने एकमात्र विकल्प वैदेशिक रोजगारी हुन गयो । सरकारका तर्फबाट पनि देशभित्र स्वरोजगारी तथा रोजगारी सिर्जना गर्ने काम भएन । बरु बाहिर पठाउने कार्यलाई संस्थागत गर्न थालियो, वैदेशिक रोजगारी र त्यसबाट प्राप्त हुने विप्रेषण अल्पकालीन उपचार मात्र भएको कुरामा ध्यान जान सकेन । आर्थिक वर्ष २०६३÷०६४ देखि २०७०÷०७१ को बीचमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या उच्च देखिनुले पनि यो कुरा पुष्टि हुन्छ । यसरी रोजगारीका लागि विदेश जाने क्रम नरोकिनाले देशभित्र गरिने विकास निर्माणको कामका लागि जनशक्ति उपलब्ध हुन नसक्ने स्थिति सिर्जना भयो । उद्योग क्षेत्रले पर्याप्त जनशक्ति पाएन, कृषिक्षेत्र त थलानै प¥यो । फलस्वरूप आन्तरिक उत्पादनको वृद्धि न्यून हुन गई देशबाट हुने निकासी घट्यो, पैठारी बढ्यो ।
यद्यपि अहिले अर्थतन्त्र धान्नमा विपे्रषणले ठूलै भूमिका खेले पनि यसले दीर्घकालमा पार्ने आर्थिक, सामाजिक प्रभावको विषयमा गम्भीर भएर सोचिनुपर्छ । त्यसैले अब विदेशबाट आउने रकमले विदेशी मुद्राको मौज्दातलाई निश्चित सीमामा कायम राख्न सहयोग पु¥याए पनि यसले आन्तरिक अर्थतन्त्रलाई कस्तो प्रभाव पा¥यो ?, विप्रेषणमा आधारित अर्थतन्त्र दिगो हुन सक्ला वा नसक्ला, कुल जनसङ्ख्याको १५ प्रतिशतभन्दा बढी आर्थिक रूपले क्रियाशील हुन सक्ने जनशक्ति देशबाहिर रहेको अवस्थामा देशभित्र चाहिने जनशक्ति आपूर्तिमा कस्तो प्रभाव पारिरहेको छ ? तथा आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने विषयमा यसको वृद्धिले के–कस्तो नतिजा देखायो ?, विप्रेषणबाट प्राप्त हुने रकमको आकार, चरित्र तथा गुणस्तर अनुरूप यसलाई उत्पादनशील क्षेत्रमा लगाउने सन्दर्भमा के कस्ता उपायहरू गर्न सकिन्छ भन्ने कुराको समेत मूल्याङ्कन गर्ने समय भएको छ ।
अर्थतन्त्रमा कुनै पनि क्षेत्रको प्रभावको विश्लेषण तथा मूल्याङ्कन गर्नका लागि भरपर्दो, वैज्ञानिक, समयबद्ध र पर्याप्त मात्रामा तथ्याङ्क आवश्यक पर्छ । नेपालको सन्दर्भमा वैदेशिक रोजगारीका लागि विदेश जाने क्रमले कहिलेबाट गति लियो ? वार्षिक रूपमा कति जनाले श्रम स्वीकृति लिए र कति रकम विपे्रषणका रूपमा आएको छ ? भन्ने अनुमान लगाउन त सकिन्छ तर ती तथ्याङ्कले श्रम स्वीकृति लिएर गएका मध्ये कतिले केकस्तो रोजगारी पाएर गएका मध्ये कति स्वदेश फर्किए भन्ने कुराको उत्तर दिन सक्दैनन् । एकातिर भारतमा गई बस्नेको सही तथ्याङ्क छैन । कतिपयले चार–पाँच लाख नेपाली भारत गएको बताउ‘छन् भने कतिपयले यो सङ्ख्या ५० देखि ६० लाख रहेको भन्छन् । अर्कातिर विदेशका विश्वविद्यालयमा पढ्ने अनुमति लिएर अमेरिका, क्यानडा र अस्ट्रेलियासमेतका देशमा गई पढाइभन्दा रोजगारीलाई प्राथमिकता दिने आर्जित रकम विपे्रषणका रूपमा नेपाल पठाउनेको सङ्ख्या पनि यकिन छैन । अभिलेखमै नभएकाले आर्जन गरेर अनौपाचरिक माध्यमबाट नेपाल पठाएको विषयगत तथ्याङ्क प्राप्त गर्ने कुरा धेरै टाढा छ ।
नेपाल राष्ट्र बैङ्क, श्रम–रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, तथ्याङ्क विभाग र विदेशी सङ्घ संस्थाबाट भएका अनुसन्धान, सर्वेक्षण प्रतिवेदनको अध्ययन गर्दा औपचारिक माध्यमबाट विप्रेषण नेपाल भित्रिएको सम्बन्धी तथ्य पनि फरकफरक रहेको देखिन्छ । तसर्थ सर्वप्रथम त समग्र वैदेशिक रोजगारीको अवस्था, विदेशिएका कुल जनशक्ति, विप्रेषणको रकम तथा त्यसको सम्भावित आकार र गुणस्तर, विपे्रषण भिœयाउने माधयम एवं प्राप्त रकमको उत्पादनशील क्षेत्रमा भएको प्रयोग समेतका विषयको तथ्याङ्क नियमित र भरपर्दो बनाउनु आवश्यक छ ।
यस विषयको प्रभाव आर्थिक र सामाजिक दुवै क्षेत्रमा परेको छ । सामाजिक दृष्टिले सकारात्मक र नकारात्मक दुवै खालका नतिजा देखिएका छन् । सकारात्मक प्रभावको कुरा गर्दा समाज अन्तर्राष्ट्रियकरण हुँदै गएको छ, अर्थराजनीतिक चेतनामा अभिवृद्धि भएको छ, विदेशबाट थोरैमात्रमा भए पनि सीप भित्रिएको छ, सूचना प्रविधिसँग समाज जोडिने क्रमलाई यसले सहयोग पु¥याएको छ, विप्रषेणबाट आएको रकम रोजागरीमा जाने परिवारका बालबालिकाको शिक्षामा लगानी भएको छ, केही अंश सांस्कृतिक संवद्र्धन तथा मातापितालाई देशाटन गराउने कुरामा खर्च भएको छ । नकारात्मक असर हेर्दा कतिपय परिवार विखण्डित भएका छन्, पारपाचुके गर्ने प्रवृत्ति बढेको छ, फजुल खर्च पनि बढेको छ ।
आर्थिक पक्षतर्फ मूलतः समष्टिगत आर्थिक क्रियाकलाप, आय, उत्पादन तथा विकास निर्माण समेतका चार क्षेत्र प्रभावित भएको देखिन्छ । सकारात्मक प्रभावका दृष्टिबाट आय बढ्नाले गरिबी न्यूनीकरण गर्नमा सहयोग पुगेको छ भने वैदेशिक मुद्रा प्राप्तिले वैदेशिक मुद्राको आवश्यकता परिपूर्तिमा ठूलो टेवा पुगेको छ । इजरायल तथा दक्षिण कोरिया र पश्चिमा देशमा गएर फर्केका कतिपय युवाले कृषि, उद्योग, पर्यटन र व्यापारको क्षेत्रमा परियोजना शुरु पनि गरेका छन् । केही रकम पूँजी निर्माण तथा उत्पादनशील क्षेत्रमा गएको पनि छ । तर एकातिर प्रतिव्यक्ति विप्रेषण आय कम हुनाले बचत कम भएर उनीहरूले उत्पादनशील क्षेत्रमा लगानी गर्न सकेका छैनन्, अर्कोतिर अधिकांश रकम उपभोग क्षेत्रमा जानाले व्यापार घाटा उच्च भएको छ । साथै कृषिभूमि बाँझा भएका छन् । मानव विकास सूचकाङ्कका दृष्टिले राम्रो मानिएको गण्डकी तथा एक नम्बर प्रदेश र बजार तथा पूर्वाधारका दृष्टिबाट राम्रो मानिएको तराई क्षेत्रबाट समेत विदेश जानेको सङ्ख्या उच्च हुनुलाई विडम्बना मान्नुपर्छ । यसले निर्माण कार्य र उद्योगमा जनशक्ति कम हुनाले आन्तरिक उत्पादन बढ्न सकेको छैन । त्यसको प्रतिकूल प्रभाव आर्थिक वृद्धि र आन्तरिक श्रम उपयोगमा परेको छ । तसर्थ अबका दिनमा युवालाई वैदेशिक रोजगारीतर्फ आकर्षित गर्नुभन्दा देशभित्रै स्वरोजगारी तथा रोजगारी सिर्जना गर्नेतर्फ सरकारको ध्यान केन्द्रित हुनुपर्छ । वैदेशिक रोजगारीलाई तत्कालिक रणनीतिका रूपमा लिएर अर्थतन्त्रलाई दिगो बनाउने गरी आन्तरिक श्रम उपयोग गर्ने सम्बन्धमा तीन तहका सरकारले मिलेर काम गर्नु आवश्यक छ । (लेखक अर्थविद् हुन)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology