चिनियाँ प्रधानमन्त्री लिले गरे महत्वपूर्ण कार्यक्रमको घोषणा

काठमाडौं, २१ फागुन – १३ औं चिनियाँ जनकँग्रेसको दोश्रो अधिवेशन बेइजिङस्थित जनबृहत सभा भवनमा सुरु भएको छ । अधिवेशनको चिनियाँ प्रधानमन्त्री लि खछ्याङले मंगलबार उद्घाटन गरेका हुन् । उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री लिले वार्षिक कार्यक्रमको समीक्षा र सन् २०१९ को आगामी कार्यक्रम प्रस्तुत गरेका छन् । २ हजार ९ सय प्रतिनिधिहरु सहभागी सो अधिवेशनमा प्रधानमन्त्री लिले प्रस्तुत गर्नुभएको कार्यक्रमबारे बृहत छलफल हुँदैछ । प्रधानमन्त्री लिले सन् २०१८ मा चीनको वार्षिक बृद्धिदर (जिडिपी) ६.६ प्रतिशत रहेको उल्लेख गरेका छन् । त्यस्तै उनले सन् २०१८ मा चीनको बेरोजगारी दर ५ प्रतिशतमा झार्न सफल भएको जनाएका छन् ।
सन् २०१८ मा १ करोड ३८ लाख ६० हजारलाई गरिबीबाट मुक्त गएिको समेत प्रधानमन्त्री लिले जानकारी दिए । जसमध्ये २८ लाख जनतालाई गरिबीबाट मुक्त गर्न स्थान्तरण गरिएको समेत उनले बताए । प्रधानमन्त्री लिले सन् २०१९ का केही महत्वपूर्ण कार्यक्रमहरु समेत सार्वजनिक गरेका छन् । जसमा चिनियाँ कूल ग्राहस्थ उत्पादनको ४ प्रतिशत शिक्षामा खर्च गरिनेछ । त्यस्तै आगामी वर्ष गरिबी निवारण र बेरोजगारी दरका सवालमा समेत केही प्रक्षेपणहरु गरेका छन् । उनले प्रस्तुत गरेका १० वटा बुँदाहरु रहेका छन् । प्रस्तुत गरिएका १० वटा बुँदाहरुमा चीनले आर्थिक विकासमा खुकुलोपन अप्नाउने, विदेशी लगानीलाई प्रोत्साहन गर्ने, वान बेल्ट, वान रोडका कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेका छन् । नेपालका लागि अवसर 
चीनका लागि नेपालका राजदूत लिलामणि पौड्यालले चीनले अघि सारेका गरिबी निवारण लगायतका कार्यक्रमहरु नेपालका लागि मात्र होइन विश्वका लागि समेत अनुकरणयोग्य रहेको प्रतिक्रिया दिएका छन् । मंगलबार जनबृहत सभा भवन परिसरमा प्रतिक्रिया दिँदै उनले चिनियाँ प्रधानमन्त्री लिले अघि सारेका कार्यक्रमहरु निकै महत्वकाँक्षी रहेपनि नेपालले त्यसबाट सिक्न सक्ने र अनुकरण गर्न सक्ने खालका कार्यक्रमहरु रहेको दाबी गरे ।
पूर्वाधारको क्षेत्रमा चीनले अभूतपूर्व ढंगले प्रगति गरेको बताउँदै राजदूत पौडेलले त्यो ज्ञान र सीपबाट नेपालले धेरै सिक्न सक्ने बताए । चीनले छिन्चु–ल्हासा रेलमार्ग विस्तार गर्दै नेपालसँगको यातायात विस्तारमा जोड दिएको बताउँदै पौडेलले नेपालले यसप्रति विशेष पहल गर्नुपर्नेमा जोड दिए । सूचना–सञ्चारको क्षेत्रमा समेत चीनले विश्वमै उदाहरणीय काम गरेकोले त्यसमा पनि नेपालले सहकार्य गर्नुपर्ने उनले बताए । राजदूत पौडेलले नेपालको पूर्वाधार विकासका क्षेत्रहरु सडक, विद्युत, सञ्चार लगायतका क्षेत्रमा लगानी भित्र्याउन समेत चीनसँग सहकार्य गर्न सकिनेमा जोड दिए ।

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology