५३ करोड ठगी अभियोगमा गण्डकी मेडिकल कलेजका सीईओ पक्राउ

पोखरा, २२ फागुन – ५३ करोडभन्दा बढी ठगी गरेको आरोपमा गण्डकी मेडिकल कलेजका सिइओ सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण प्रसाद शर्मा पक्राउ परेका छन्। बुधबार बेलुका उनीहरुलाई कास्कीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक ओम रानाले बताए। उनले भने, “विभिन्न समयमा ५३ करोडभन्दा बढी ठगी गरेको आरोपमा पक्राउ गरी ठगी मुद्दा मुद्दा दर्ता गरिएको छ।” सरकारले तोकेको शुल्कसिमा विपरीत मनपरी रुपमा विद्यार्थीबाट रकम असुलेको भन्दै विद्यार्थीहरुले दश जनाविरुद्ध ठगी मुद्धामा उजुरी दिएका थिए। उनीहरुविरुद्ध मंगलबार उजुरी दर्ता भएको थियो। विद्यार्थीले उक्त रकम फिर्ता हुनुपर्ने, सरकारले तोके अनुसारको शुल्कमा मात्र लिनुपर्ने लगायतका माग राख्दै प्रहरीमा उजुरी दिएका हुन्।
सरकारले उपत्यकाबाहिरको मेडिकल कलेजलाई एमबिबिएसमा ४२ लाख शुल्क तोकेको छ। तर, कलेजले विद्यार्थीबाट उक्त रकमभन्दा १५ लाखसम्म बढी रकम असुलेको विद्यार्थीको आरोप छ। कलेज सञ्चालकको मिलेमतोमा कलेजका प्रिन्सिपल, प्रशासकीय अधिकृत, लेखा शाखाका प्रमुख लगायतले विद्यार्थीबाट अवैध रुपमा बढी शुल्क लिएको भन्दै विद्यार्थीले लामो समयदेखि आन्दोलन गर्दै आएका थिए।  विद्यार्थीहरुले परीक्षमासमेत बिहष्कार गरेका थिए।तोकिएभन्दा बढी शुल्क लिएको भन्दै माघ १७ देखि चरणबद्ध आन्दोलन गर्दै आएका विद्यार्थीले आइतबार सडकमा नै उत्रेर विरोध प्रदर्शन गरेका थिए। सन् २०१५ देखियताको ब्याचका विद्यार्थीले कलेजबाट बढी शुल्क उठाइएको बताउँदै विद्यार्थीले आन्दोलन गरेका थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology