पूरै शरीरमा आगो लगाएर बलिउड अभिनेता अक्षय ‘र्‍याम्प वाक’ मा

मुम्बई, २२ फागुन – बलिउड अभिनेता अक्षय कुमारले शरीरमा पूरै आगो लगाएर र्‍याम्प वाक गरेका छन् । उनले अमेजोन प्राइम भिडियोको एक कार्यक्रममा शरीरमा पूरै आगो बालेर लगाएका हुन् । बलिउडका खेलाडी मानिएका अक्षय रातो कार्पेटमा हिनिरहँदा उनको शरीरभरि आगो बलिरहेको थियो । उनी शरीरमा बलिरहेको आगोको बेवास्ता गर्दै निर्धक्क आफ्नो प्रस्तुति दिइरहेको भारतीय सञ्चारमाध्यमा उल्लेख गरिएको छ । उनको शरीरमा आगो बलिरहेको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । छिट्टै रियालिटि शो ‘खतरो कि खिलाडी’मा प्रमुख अतिथि बनेर उपस्थिति जनाउन लागेको अक्षयले प्रतिस्पर्धीहरुलाई कस्तो चुनौती देलान् ? यो सबैको चासोको विषय बनेको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology