जापानमा तीन नेताको स्मृतीमा शोकसभा

जापान, २७ फागुन – टोकियोमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तीन दिवांङगत नेताको स्मृतीमा शोकसभा सम्पन्न भएको छ । हालै, निधन हुनुभएका नेता नेपाल सरकारका संस्कृति तथा पर्यटन उड्डयन मन्त्री रबिन्द्र अधिकारी, पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारी र नेकपाका पूर्वसांसद गणेश पण्डितप्रति श्रद्दाञ्जली व्यक्त गर्न, नेकपाको जापानमा एकता प्रकृयामा रहेको भातृसंगठन प्रवासी नेपाली एकता मञ्च (कार्यदल) को आयोजनामा शोकसभा गरिएको हो । तत्कालिन नेपाली जनप्रगतिशील मञ्चका अध्यक्ष एवं कार्यदलका सदस्य हवलचन्द्र लामाको सभापतित्वमा भएको शोक सभामा जापानका लागि नेपाली राजदूत प्रतिभा राणाको प्रमुख अतिथ्यता रहेको थियो ।

कार्यक्रममा, मन्तव्य राख्दै, राजदुत राणाले नेतात्रयको अकल्पनीय निधनबाट राष्ट्रलाई अपुरणीय क्षति भएको बताए । उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा दिवंगत नेताहरुले पुयाउनुभएको योगदान अतुलनीय रहेको उल्लेख गरे । कार्यक्रममा, एनआरएन आइसीसी प्रवक्ता भूषण घिमिरे , कार्यदल सदस्य तथा जनप्रगतिशिल मंचका संस्थापक तथा पूर्व अध्यक्ष बेलुकाजी थापा, तात्कालिन प्रवासी नेपाली मञ्चका कार्यबाहक अध्यक्ष सिध्दार्थ श्रेष्ठ , पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घले , नयाँ शक्ति पार्टी नेपालको भातृसंस्था अन्तर्राष्ट्रिय नेपाली समाजका अध्यक्ष पदम ठगुन्ना , जनसम्पर्क समिति जापानका तात्कालिन महामन्त्री रामजंग कार्की , तात्कालिन जनप्रगतिशील मञ्चका उपमहासचिव बाबुराम पौडेल , नुवाकोट समाज जापानका अध्यक्ष हरि लामिछाने लगायतका व्यक्तिहरुले शोक मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology