मार्सलआर्ट खेलाडीको भूमिकामा नम्रता

बागलुङ, २७ फागुन – अभिनेत्री नम्रता श्रेष्ठलाई मार्शल आर्ट खेलाडीको भूमिकामा देख्न पाइने भएको छ । फिल्म ‘जाईरा’मा उनले पहिलो पटक खेलाडीको भूमिका निर्बाह गरेकी हुन् । फिल्मको प्रदर्शन मिति नयाँ बर्षको श्रीकृष्ण जन्माष्टमी अर्थात २०७६ को ६ भदौ तोकिएको छ । एक महिलाले लिने प्रतिशोधको कथामा बनेको यो चलचित्रमा नम्रतासँगै अनुप विक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठ सहित नव–कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरकामुख्य भूमिका रहेको छ । नव अभिनेत्री रेग्मी पनि चलचित्रमा खेलाडीको रुपमा रहेकी छिन् ।
नव अभिनेता मगर नम्रताको कोचको भूमिकामा छन् । नम्रताले यस चलचित्रका लागि आफ्नो लोभलाग्दो कपाल छोट्याउनुका साथै आफ्नो तौल ५१ किलोग्रामबाट घटाएर ४३ किलोग्राम बनाएकी थिइन् । ‘सबै कुरा रियल देखियोस् भनेर मैले फिल्मको लागि आफुले तौल घटाउने, कपाल काट्नेदेखि एक्सन सिक्नेसम्म गरे’ उनले भनिन् ‘ मैले गरेको मिहनतको मुल्याङ्कन गर्ने काम दर्शकको हो ।’
एक्शन प्रधान ‘जाईरा’लाई आँशुतोष राज श्रेष्ठले निर्देशन गरेका हुन् । पटकथाकार निर्देशक श्रेष्ठ र निरोज महर्जनल तयार पारेका छन् । कटामरी फिल्मस्को सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रा.लिको प्रस्तुतिमा बनेको फिल्ममा प्रशन्न गोपाली कार्यकारी निर्माता रहेका छन् । कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत रहेको यो फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको छ, भने द्वन्द कोरियोग्राफी राउल मोक्तान र मेघवार चेम्जोङको छ ।

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology