‘मानिसलाई अनुशासनमा बाँध्न र असल आचरणमा राख्न धर्म’

  • ब्राह्मण समाज बागलुङको अध्यक्षमा ङइन्द्र सुवेदी
  • बागलुङ, २ चैत – स्वामी ऋषि प्रपन्नाचार्यले धर्म र संस्कार नभएको मानिस अनुशासनहीन हुने बताएका छन् । उनले मानिसलाई अनुशासनमा बाँध्न र असल आचरणमा राख्न पनि धर्मको अनुसरण गर्नुपर्ने बताए । उनी ब्राम्हण समाज नेपाल जिल्ला कार्य समिति बागलुङको पाँचौ बार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनमा प्रमुख अतिथीको रुपमा बोल्दै थिए । हिन्दु धर्मको जगेर्नाको लागि ओमकार परिवार एक हुनुपर्ने उनको जोड थियो ।
    राधाकृष्ण मन्दिरको सभाहलमा शनिवार सम्पन्न अधिवेशनले ङइन्द्र सुवेदीको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा पदमपाणि शर्मा, सचिवमा ताराप्रसाद गौतम, कोषाध्यक्षमा सन्तोष शर्मा र सहसचिवमा उषा पौडेल निर्वाचित भएका छन् । सदस्यहरुमा हरिप्रसाद गौतम, शान्ति ज्ञवाली, भिमकुमारी आचार्य, गंगाप्रसाद कंडेल, गौरीशंकर सुबेदी, श्रीप्रसाद न्यौपाने, कुमार पौडेल, कोपिलामणि शर्मा, बालकृष्ण शर्मा र चुडामणि आचार्य रहेका छन् ।
    ब्राह्मण समाजका अध्यक्ष पद्मनाथ शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मधुसुधन रेग्मीले र स्वागत गुरुदत्त पाठकले गरेका थिए ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार

    © 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology