४६ दिनपछि खुल्यो गण्डकी मेडिकल कलेजको ताला

  • कलेज खुलेपछि बाँकी जिम्मा प्रशासनकै हुने प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढाले बताए ।
  • पोखरा, ३ चैत – आन्दोलनको ४६ औँ दिनमा गण्डकी मेडिकल कलेजको ताला शनिवार खुलेको छ । गत माघ १७ गतेदेखि निरन्तर आन्दोलनरत विद्यार्थीहरुले अस्पतालको ओपिडी, ईसिएचआर सहितका सेवाहरु ब्न्द गरिदिएका थिए । कलेज प्रशासनले उनीहरुबाट ५३ करोड रुपैयाँ अनधिकृत रुपमा असुलेको र सो रकम फिर्ता पाउनुपर्ने माग उनीहरुको छ । उनीहरुले जिल्ला प्रहरी कार्यालयमा सञ्चालक खुमा अर्यालसहित ११ जनाविरुद्ध किटानी जाहेरी दिँदै ठगी मुद्धामा उजुरी समेत दिएका छन् । कास्की प्रहरीले विद्यार्थीहरुको उजुरीको आधारमा कलेजका पूर्वसिईओ सन्तोष खनाल र कर्मचारी लक्ष्मण शर्मालाई पक्राउ समेत गरेको छ भने बाँकी ९ जना फरार छन् ।
    विद्यार्थीहरुको मुद्धा दर्ता भएर अनुसन्धान प्रक्रिया अगाडि बढेपछि शुक्रबार जिल्ला प्रशासन कार्यालयमा नागरिक समाज, जिल्ला प्रशासन र विद्यार्थीहरुबिचको सहमतिका आधारमा ताला खुलाउने सहमति भएको हाहे । तर, बिहिबार भने कलेज प्रशासनको प्रतिनिधीत्व नभएपछि ताला खोल्न आएका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा र कास्की प्रहरी प्रमुख ओम राना त्यत्तिकै फर्किएका थिए । कलेज प्रशासनलाई खबर गरेतापनि उनीहरु नआएपछि शनिबार भने प्रहरीको रोहबरमा ताला खोलिएको हो । कलेज खुलेपछि बाँकी जिम्मा प्रशासनकै हुने प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढाले बताए ।
    एमबिबिएस तेश्रो वर्षको परिक्षा चैत २१ गतेदेखि हुँदैछ । विद्यार्थीहरुले फर्म भर्ने र परिक्षामा सहभागी हुनको लागि ताला खुलाउन सहमत भएका हुन् । अहिलेको परिक्षा दिन नपाए उनीहरुको इयर लस हुनेछ । सो ब्याचमा ५३ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् । यसअघि एमबिबिएस चौथो वर्षका विद्यार्थीहरुले भने परिक्षा नै दिएनन् । फर्म भर्ने र परिक्षामा सहभागी हुने अध्ययनरत विद्यार्थी अनित सिन्हाले बताए । तर, कलेज प्रशासनबाट एकजना पनि व्यक्तिको प्रतिनिधित्व नभएपछि उनीहरुले फर्म भर्न पाउने वा नपाउने भन्ने विषय भने अनिश्चित बनेको छ ।
    चैत ८ गतेसम्म फर्म भर्ने र १२ गतेभित्र परिक्षा नियन्त्रण कार्यालयमा पठाउनुपर्ने सूचना टियुले निकालेको छ । उक्त मितिसम्म फर्म नपठाए विद्यार्थीहरु परिक्षाबाट वञ्चित हुनेछन् । कलेजले फर्म नबुझाए विद्यार्थीहरुले टियुलाई नै सम्पर्क गर्ने बताएका छन् । कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले पनि शुक्रबार टियुसँग समन्वय गर्न सहयोग गर्ने बताएका थिए ।
    गत बुधबार उच्च अदालत पोखराले दुई दिनसम्म बहस सुनेर कानुन अनुसारको कारबाही अघि बढाउन जिल्ला प्रशासन कार्यालया आदेश पठाएको छ । विद्यार्थीहरुले ५३ करोड ठगी गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय र सम्पत्ति शुद्धिकरण विभागमा ११ जना सञ्चालक विरुद्ध उजुरी दिएका छन् । सोही उजुरीका आधारमा फागुन २३ गते जिल्ला अदालत कास्कीको अनुमतिले जिल्ला प्रहरी कार्यालयले उनीहरु विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । सोही दिन कलेजका पूर्व सिईओ सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण शर्मा पक्राउ परिसकेका छन् ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार

    © 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology