मिलीजुली सहकारीको स्थापनामा दिवस डस्टबिन प्रदान

पोखरा, ३ चैत पोखरा– ४ मा रहेको मिलीजुली सहकारी संस्थाले सोही ठाउँको पराजुलीमार्गलाई डस्टबिन प्रदान गर्दै आफ्नो १२ औँ स्थापना दिवस मनाएको छ । सहकारीका निवर्तमान अध्यक्ष मीनराज काफ्लेका अनुसार सो अवसरमा सडक बालबालिकाहरुलाई पोशाक र शैक्षिक सामाग्री पनि हस्तान्तरण गरिएको थियो । कार्यक्रममा छोरेपाटनको सिमलटुँडामा रहेका सडक वालवालिकाको लुम्बिनी इन्स्योरेन्स कम्पनीमार्फत निःशुल्क दुर्घटना बीमा समेत गराइएको थियो । संस्थाका अध्यक्ष विष्णुप्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा पराजुली मार्गका अध्यक्ष लेखनाथ पराजुली, लुम्बिनी इन्स्योरेन्सका प्रकाश पौडेल, उपाध्यक्ष ज्ञानहरि आचार्य,सचिव युक्तबहादुर सुवेदी मंगल नेपाली, टीकाराम सुवेदीले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology