मन्त्री फेर्ने कुरा हल्लामात्र : मन्त्री विश्वकर्मा

काठमाडौं, ३ चैत – युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले सरकारका मन्त्री फेर्ने चर्चा हल्ला मात्र भएको बताएका छन् । आइतबार मन्त्रालयमै आयोजित पत्रकार सम्मेलनमा उनले मन्त्री नफेरिने बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यसम्पादन राम्रो नभएका मन्त्री परिवर्तन गर्ने चर्चा केही समययता चलेको छ । तपाई पनि परिवर्तन हुने हल्ला छ, वास्तविकता के हो ? भन्ने पत्रकारको प्रश्नको जवाफमा मन्त्री विश्वकर्माले भने, ‘मन्त्री फेर्ने कुराको हल्ला तपाईहरुले सुन्नुभएको रहेछ । मैले पनि सुनिरहेको छु । तर, यसलाई हल्लाकै रुपमा बुझ्नुस् ।’ विश्वकर्मा मन्त्री भएको आइतबार एक वर्ष पूरा भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology