सोन्या गुरुङको फरक किसिमको अमेजिङ फेसन सो

काठमाडौं, ३ चैत काठमाडौँमा पहिलो पटक सोन्या गुरुङद्धारा फरक किसिमको अमेजिङ फेसन सो आईतवार सम्पन्न छ । बिगतका वर्षको जस्तो यस वर्ष भने मोडलहरुले विभिन्न पहिरनमा क्याटवाक गरेका थिएनन । त्यस्तै दरवारमार्ग स्थित रहेको क्लव डेजाभुको ग्राउण्डदेखी माथीसम्म रनवे थियो । यसपटक उक्त शोमा फरक–फरक पहिरनमा पुरुष, महिला एवं मोडलहरुले दर्शकहरु बसेकै स्थानसम्म पुगेर आफ्नो प्रस्तुती देखाएका थिए ।

सोही कार्यक्रममा झण्डैं ४५ जना मोडलहरुको फेसन सो एकदमै राम्रो थियो । सुमन खड्का र सरिता श्रेष्ठको डिजाइनमा बनेको ड्रेस आकर्षक देखिएको थियो । सुमन खड्का र रोहन श्रेष्ठको कोरियोग्राफी, सुशान्त काजी श्रेष्ठ इभेन्ट म्यानेजर रहेको शो लाई क्लव डेजाभु र सोन्या गुरुङले मिलेर आयोजना गरेका थिए । उक्त शोमा झण्डैं २ हजार दर्शकको उपस्थित थियो । कार्यक्रमको कन्सेप्ट पनि सोन्या गुरुङले नै गरेकी थिइन् । कार्यक्रममा उपस्थित दर्शकहरुले भने सोन्याको उक्त मास्टर माइण्डलाई खुलेर प्रशंसा गरेका थिए ।

त्यस्तै ¥याम्पमा चर्चित अभिनेता नाजिर हुसेनले समेत उत्कृष्ट प्रस्तुती देखाएका थिए । शेरप ग्यालजेनले मोडलहरुको संयोजन गरेका थिए । अफिसियल एसेसरिज एएनएक्स थियो भने वारड्रोव पार्टनरमा एनजिएफ, केडिए थियो । ल्यासेज मेकअप स्टुडियोले मेकअपको संयोजन गरेको थियो । मिस पिंक २०१० की मेघ्ना लामाले उद्घोषण गरेको कार्यक्रमलाई अन्जली थापा, महेश्वरी, मेरीनाको महत्वपूर्ण भूमिका रहको आयोजकले वताएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology