एक बर्षमा तीन सय कानून निर्माण भए : मन्त्री चुमान

स्याङ्जा, ३ चैत – गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले प्रदेश सरकारले एक बर्षमा ३ सय कानुन निर्माण गरेको वताएका छन । ३ सय नयाँ कानुन गण्डकी प्रदेश सरकाले निर्माण गरेको छ, मन्त्री चुमानले भने, पुराना कानुन आधा संसोधन भएको र आधा हुन बाकी रहेकोलाई चैत्र सम्ममा संसोधने गरिनेछ ।
अहिलेको नयाँ प्रणाली र ब्यवस्था भएको बताउदै मन्त्री चुमानले नयाँ ब्यवस्थाले बिकासमा ढिलाई भएको बताए । सरकारले आफ्नो दोस्रो बर्षलाई बिकासको बर्ष रुपमा लिएको बताएका छन । आँधिखोला गाउँपालिकाले संचालन गरेको दोस्रो अध्यक्ष कप रनिङ शील्ड भलिबल तथा सास्कृतिक कार्यक्रमको आइतबार समापनमा कार्यक्रममा वोल्दै मन्त्री चुमानले संरचना निर्माण र कानुन निर्माणको बर्षको रुपमा पहिलो बर्ष सकिएको बताए ।
उनले पर्यटन, उर्जा, कृषि, उद्योग, पुर्वाधार, सुसासनलाई गण्डकी प्रदेशले क्रमश प्राथमिकतामा राखेर काम अगाडी बढाएको बताए । पर्यटकिय सम्भावनाहरु शिरुवारी, अन्धाअन्धी, पंचासे रहेको आँधिखोलासगँ गण्डकी प्रदेशको उदेश्यको पहिलो रोजाईसगँ तालमेल मिलेको बताए ।
नागरिकको चाहनाँ पुर्वाधार बिकासमा भएको बताउदै मन्त्री चुमानले माडेको ब्यापारलाई फाइदाँ हुने गरि होइन, पुर्वाधारको बिकास प्रदेशको प्राथमिकतालाई पुर्णता दिने गरि हुने बताए । जनताका धेरै अपेक्षा रहेको बताउदै मन्त्री चुमानले अपेक्षालाई पुरा गर्न सरकार क्रियाशिल भएर जुटेको बताए । निर्वाचनका क्रममा नागरिकलाई धेरै आश्वासन दिएको बताउदै मन्त्री चुमानले सबै ठाउँमा स्थिर सरकार भएकाले पुरा हुने विश्वास दिलाए । नेकपाका नेता समेत रहनु भएका मन्त्री चुमानले हिजो देखि नै राजनैतिक स्थिरता र स्थायित्व देशका ठुला २ कम्युनिष्ट पार्टीले गरेको बताए ।
देशमा राजनैतिक स्थिरता २ पार्टीको एकताले गरेको बताउदै मन्त्री चुमानले पार्टी एकताले सरकार ६÷६ महिनामा हुने परिवर्तनको अन्त्य भएको र बिकासको गति अगाडी बढेको बताए । बिगतमा आँधिखोलाको भुमि प्रयोग गर्दै राती राती हिडेको काम गरेको स्मरण गर्दै मन्त्री चुमानले खेलकुद राष्ट्रको पहिचानको लागि भएको र राष्ट्रिय स्तरमा पदक जितेर मात्र होइन खेलेर आएको खेलाडीलाई गण्डकी प्रदेशले आभिनन्दन गर्ने बताए ।
कार्यक्रममा गण्डकी प्रदेशका सदस्य रामिन प्रसाद गुरुङ्, जिल्ला समन्यव समितिका उपप्रमख दिलीप कुमार बगाले, नेकपा नेता पारस गैरे, गाउपालिका अध्यक्ष सुधिर कुमार पौडेल, उपाध्यक्ष शर्मिला पौडेल लगायतले मन्तब्य राखेका थिए ।
यसैविच, गाउँपालिकाले आयोजना गरेको रत्यौली प्रतियोगितामा प्रथम स्थान गाउँसुधार आमा समुह वहियाँले हात पारेको हो । २८ आमा समुहबिच प्रतिस्पर्धा रहेको रत्यौलीमा द्धितिय सिर्जनशिल आमा समुह भाटी, अन्धाअन्धी दलित आमा सहुह चिलाउने बासले हात पारेका हुन् । सामुहिक नृत्यमा कालिका माबि प्रथम, भगवती माबि द्धितिय, जनप्रदिप माबि र राष्ट्रिय माबिले तृतिय स्थान हात पारेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology