पोखरामा ड्याट्सनको बिक्री सुरु

पोखरा,११ चैत -‘ड्याट्सन गो’ कारको नयाँ भर्सन अर्थात ‘अल न्यु ड्याट्सन गो’ आइतबारदेखि पोखरालगायत देशभर बिक्री वितरण सुरु भएको छ । आइतबारबाट डयाट्सन गोको गण्डकी धौलागिरिको अधिकृत बिक्रेता थ्रिएस ट्रेड हाउसले यो कारको पोखरामा बिक्री सुरु गरेको हो । थ्रिएस टे«ड हाउसका निर्देशक गोपाल बरालका अनुसार अहिले पोखरामा २४ लाख ९९ हजारबाट २६ लाख ९९ हजारसम्मका विभिन्न ३ मोडलका गाडीहरुको बिक्री सुरु गरिएको हो । पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेलले गाडी बिक्रीको शुभारम्भ गरे ।
कम्पनीका अनुसार आरामदायी सुरक्षा तथा स्टाइलिस सवार ड्राइभिङ यो गाडाीको विशेषता हो । मध्यम वर्गलाई लक्षित गरी तयार पारिएका यी गाडीहरु नेपालको भौगोलिक वनावटमा सुहाउने खालको भएको कम्पनीको दावी छ । छन् । जापानीज प्रविधियुक्त इन्जिन, इन्जिन किफायती, बस्नको लागि धेरै स्पेस तथा सुरक्षा पनि यी गाडीका विशेषताा हुन् । पेट्रोल इन्जिन रहेकोे गाडीले प्रतिलिटर १९.८६ किलोमिटर माइलेज प्रदान गर्ने र बाहिर हेर्दा स्पोर्टी तथा भित्र बस्नका लागि धेरै स्पेस भएकोले यो कार सबैको प्रिय बन्ने कम्पनीले दावी ग¥यो ।
कारको बिक्री सुरुवातको अवसरमा गाडी खरिद गर्दा एक लाख रुपैयाँदेखि एक लाख २५ हजार रुपैयाँसम्म नगद छुटको व्यवस्था गरिएको कम्पनीका निर्देशक बरालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology