‘मुक्तिनाथ स्मृति ग्रन्थको लोकार्पण

पोखरा,१२ चैत -स्वर्गीय पण्डित मुक्तिनाथ शर्माको स्मृतिमा प्रकाशित कृति ‘मुक्तिनाथ स्मृति ग्रन्थ’को सोमबार पोखरामा लोकार्पण गरिएको छ ।
ऐतिहासिक उपन्यास ‘को अछुत?’का सर्जक प.शर्माको स्मृतिमा प्रकाशित ग्रन्थको नेपाल प्रज्ञा प्रतिस्ठानका उपकुलपति प्राज्ञ जगमान गुरुङले लोकार्पण गरेका थिए। मुक्तिनाथ स्मृति प्रतिस्ठानले ग्रन्थ प्रकाशित गरेको हो । लोकार्पण समारोहमा स्वर्गीय पण्डित मुक्तिनाथ शर्माको ब्यक्तिक्त्व माथी प्रकाश पार्दै बरिस्ठ साहित्यकार भुपुनिधी पन्तले नेपाली भाषा तथा साहित्यमा उनको योगदान अतुलनीय रहेको बताएका थिए । पोखराको बाटुलेचौरमा जन्मेका पण्डित शर्मा नेपाली भाषा प्रकासनमा समेत काम गरेका थिए । पोखराको बिन्दबासिनी माद्यामिक विद्यालयको सस्थापक समेत रहेका स्वर्गीय शर्माले पृथ्वीनारायण क्याम्पस स्थापना र नामाकरणमा समेत योगदान पुर्याएको पन्तले जानकारी गराएका थिए । पोखराको शैक्षिक विकासका अगुवा ,प्रगतिबादी साहित्यकार र राजनीति ब्यक्तिक्त्व मुक्तिनाथ राणाकालिन अवस्थादेखि पहिलो जनआन्दोलन २०४६ सम्म सकृय थिए ।
उनको सम्झनामा प्रकासित ग्रन्थमा दस खण्ड रहेका छन् । श्रस्टा सम्मानार्थ प्रस्तुत मन्तव्य ,जिवनी ,स्मृतिमा मुक्तिनाथ ,पद्यात्मक–संस्मरणमा मुक्तिनाथ ,सामाजिक तथा शैक्षिक क्षेत्रमा मुक्तिनाथ ,बहुआयामिक ऐतिहासिक ब्यक्तित्व मुक्तिनाथ ,राजनीतिक क्षेत्रमा मुक्तिनाथ ,समालोचकका कसिमा मुक्तिनाथ ,पत्रपत्रिकामा मुक्तिनाथ र मुक्तिनाथका फुटकर रचनाहरु खण्डमा उनको बारेमा लेखिएको सम्पादक मोहन थापा संयोजनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology