बस र ट्रक ठोक्किदा दर्जन बढी घाइते

पोखरा,१२ चैत -गोरखामा बस र ट्रक ठोक्किदा बसका चालकसहित दर्जन बढी घाइते भएका छन् तनहुँको आबुखैरेनीबाट गोरखाको शेरा आउँदै गरेको ना७ख २०७० नम्बरको बस र गोरखाबाट आबुखैरेनी जाँदै गरेको ना५ख ५८११ नम्बरको ट्रक नगरपालिका-१३ पाँच किलोमा एकआपसमा ठोक्किएका हुन् ।
घाइतेहरुको तनहुँको आबुखैरेनीस्थित छिम्केश्वरी अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रमुख दयाराम पौडेलले जानकारी दिए । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको उनले बताए ।
दुबै सवारीसाधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology