सुरौदी खोलामा देशकै पहिलो नमुना फिल आर्च ब्रिज

  • ३० मिटर लम्बाई भएको पुलमा सवारी साधन चल्न ६ मिटर र फैदल यात्रुको लागी दुबैतर्फ डेढ डेढ मिटर रहेको बरालले बताए ।
  • स्याङ्जा, १४ चैत – स्याङ्जा र कास्कीको संगम स्थल सुरौदी खोलामा देशकै पहिलो नमुना मोटरेबल पुल निर्माण भएको छ । स्याङ्जाको पुललबजार नगरपालिका ६ र पोखरा महानगरपाकिा २१ कास्की जोड्ने फिल आर्च ब्रिजको पुर्वाधार बिकास कार्याले कास्कीले निर्माण गरेको हो । अन्य निर्माण भएका र हुने मोटरेबल पुलको बिचमा सहयोगी पिलर राखेर बनाइएको र बनाइने गरिएकोमा सुरौदी खोला पुल पिलर बिना आर्चले लोड धान्ने गरि निर्माण गरिएको पुर्वाधार बिकास कार्यालयका प्रमुुख सिनियर डिभिजनल इन्जिनियर नारायण बरालले जानाकारी दिए । ३० मिटर लम्बाई भएको पुलमा सवारी साधन चल्न ६ मिटर र फैदल यात्रुको हिड्नको लागी दुबै तर्फ डेढ डेढ मिटर गरि पुलको ९ मिटर चौडाई रहेको बरालले बताए ।
    फिल आर्च ब्रिज देशको पहिलो भएको बताउदै बरालले लागत र जोखिम कम, सुन्दरता र नयाँ प्रबिधिको प्रयोग भएको जानकारी दिए । अहिलेसम्म यस्ता खालका पुल देशभर नबनेको बताउदै बरालले भोलीका दिनलाई सबैले चासो राखेर बनाउन सकेमा राम्रो हुने बताए । पुल भण्डार थोडुङ् निर्माण सेवा प्रालिले २०७३ साल असार ३ गते सम्झौता गरेर २०७५ साल मंङसिर २० गते निर्माण सकेको पुलका इन्जिनियर सुमन गिरीले बताए । अनुमिानित लागत दुई करोड ८१ लाख ७४ हजार ४८२ रुपियाँ १२ पैसा रहेकोमा निर्माण कम्पनीले एक करोड ८० लाख २२ हजार ८४१ रुपियाँ ८५ पैसामा बनाएको इन्जिनियर गिरीले बताए ।
    पुल निर्माणले कास्किको क्रिस्ती हुदै स्याङ्जाको टक्सार, प्युरी दोभान, तनहुको लामाडाडाँ, घटेरीबाट वावत जावतमा सहज भएको स्थानिय खड्कराज सुबेदीले बताए । पुल निर्माणले घण्टौ यात्रा पश्चात निर्धारित स्थानमा पुग्नु पर्ने बताउदै सुबेदीले पुलको निर्माणले स्थानियलाई यातायातामा ठुलो सहयोग प¥याएको बताए । पुलको सुरुवात गर्दै बुधबार गण्डकी प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले बिकास निर्माण गर्ने ठाउँमा सरकार हरपल तयार रहेको बताए । रकमको खाँचो कुनै ठाउँमा नरहेको बताउदै मन्त्री बस्नेतले काम गर्नु प्रदेश सरकार सहयोगमा तयार रहेको छ ।
    कास्कीको पोखराबाट सुरौदी टक्सार पुग्न ९ किमि पिच हुन बाकी रहेको बताउदै मन्त्री बस्नेतले आगामी बर्षको बजेटमा रकम बिनियोजन गर्ने बताए । बिखण्डनको नारा लिएका सिके राउतलाई बार्ताबाट सहि दिशामा ल्याएको बताउदै मन्त्री बस्नेतले बिप्लब नेकपालाई राजनैतिक पुर्वाग्रह नराखी बार्ता आउन आग्रह गरे । कार्यक्रममा गण्डकी प्रदेश सदस्य मिन प्रसाद गुरुङ्, कृष्ण थापा, भैतिक पुर्वाधार सचिब इश्वर मरहठ्ठा लगायतले आफ्नो धारण राखेका थिए ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार

    © 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology