डिसिआरडीसीको अध्यक्षमा थापा र सचिवमा पन्त

बागलुङ, १६ चैत – धौलागिरी सामुदायिक स्रोत विकास केन्द्र (डिसिआरडिसी) बागलुङको अध्यक्षमा सिर्जना थापा निर्वाचित भएकी छिन । शनिवार समपन्न संस्थाको ७ औ अधिवशेन तथा २३ औं साधारणसभाले निवर्तमान सचिव रहेकी थापालाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो ।
संस्थाको सचिवमा निवर्तमान सदस्य भीमसेन पन्त निर्वाचित भएका छन । निर्वाचनमा सचिव पन्तले ७७ मत प्राप्त गरेका थिए । उनका प्रत्यासी तुलसी कँडेलले ७ मत पाए ।
संस्थाको उपाध्यक्षमा मीना पन्त, सहसचिवमा प्रकाश पौडेल र कोषाध्यक्षमा सुस्मिता किसान पनि सर्वसम्मत भए । सदस्यहरुमा घनश्याम सापकोटा, पिङगलराज पन्त, जीत वहादुर किसान, कल्पना श्रेष्ठ, भीमकुमारी आचार्य, दिपक राजभण्डारी र सुमन शर्मा सर्वसम्मत चयन भएका छन ।
संस्थाको सचिव वाहेकका सवै पदमा सर्वसम्मत भएको थियो । चैत १ गते उदघाटन भएर स्थगित भएको अधिवेशन शनिवार मतदान भएर समपन्न भएको हो । बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले अधिवेशन तथा साधारणसभाको उदघाटन चैत १ मा गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology