गुराँसमा हिउँ : क्या मज्जा ! (फोटो फिचर)

म्याग्दी, १७ फागुन – प्रकृतिको सुन्दरतामा कहिले काहँी मौसमले पनि गज्जब गरिदिन्छ । म्याग्दीका लेकाली क्षेत्रहरुमा यतिबेला राताम्यै भएर ढकमक्क फुलिरहेको छ लालीगुराँस । मध्य फागुनको महिना । म्याग्दीको लेकाली जंगलहरु राताम्यै छन् । त्यसमाथि झन दुई दिनसम्म लगातार बाख्लो हिमपात भएपछि राताम्यै फुलेका गुराँसमा सेतो हिउँले फेथा गुथेको छ,पात–पात,फूल–फूल र बोट–बोटमा ।
यतिबेला म्याग्दीको लेकाली सौन्दर्यमा निखार आएको छ । जति हेरेपनि हेरुँ हेरुँ लाग्ने गुराँसे जंगलमा सेताम्यै हिउँले मानिसहरुको मनलाई आल्हादित बनाएको छ । हिउँ खेल्न पुगेका तन्नेरीहरु रमाउँदै गुराँससंग मितेरी लगाइरहेका छन् ।
गुराँसको लालिमासंगै तन्नेरीहरुको अनुहारमा कान्ति झल्कीएको छ । प्रकृतिले सम्पूर्ण सौन्दर्य खन्याए जस्तो देखिन्छन यतिबेला म्याग्दीका लेकाली क्षेत्रहरु । गुराँसे जंगलमा हिउँको च्यादर फैलिए जस्तो दृश्यले कसको मन नलोभिएला र ? आहा ! गुराँसमा हिउँ ? क्या मज्जा !!


शब्द : धु्रबसागर शर्मा
तस्वीर : अशोक छन्त्याल र कविता पुन, म्याग्दी

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology