आफ्नै श्रीमतीलाई गोली हानेर फरार

बागलुङ, १७ फागुन – जल्लाको बडिगाड गाउँपालिका–१० दर्लिङका एक व्यक्तिले आफ्नै श्रीमतीलाई गोलि हानेर फरार भएका छन् । दर्लिङका चन्द्रबहादुर घर्तीले श्रीमति बालकुमारी घर्तीलाई भरुवा बन्दुक प्रयोग गरी गोलि हानेर फरार भएको प्रहरीले जनाएको छ । श्रीमानले हानेको गोलि लागेकी घाईते भएकी बालकुमारीको खुट्टामा गोलि लागेको छ । बालकुमारीलाई उपचारका लागि बुर्तिङ स्थीत प्राथमीक स्वास्थ्य केन्द्र लगिएको प्रहरी नायव उपरिक्षक चिरञ्जवी कोईरालाले जानकारी दिए । बिहिबार बिहान समान्य भनाभन भएपछि चन्द्रबहादुले बालकुमारीलाई गोली हानेका थिए । प्रहरीले घट्नास्थलबाट एक थान भरुवा बन्दुक नियन्त्रणमा लिए पनि चन्द्रबहादुर भने फेला नपरेको बताइएको छ । अहिले उनको खोजि भईरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology