‘तपाईंको शरीरमा पनि क्षयरोगका किटाणु हुन सक्छन्’

  • नेपालमा ४५ प्रतिशत मानिसको शरीरमा क्षयरोगका किटाणु छन्। हामी किटाणु बोकेर बसिराखेका छौं। 
  • क्षयरोग एक मानिसबाट अर्को मानिसमा सजिलै सर्छ। यो रोग कसरी लाग्छ ? को–को बढी जोखिममा छन् ? बच्ने कसरी ? प्रस्तुत छ -यस विषयमा नागरिककर्मी पवित्रा सुनारले सार्क क्षयरोग केन्द्रका निर्देशक डा. राजेन्द्र पन्तसँग गरेको कुराकानी :
    क्षयरोगको उपचारक्षेत्रमा काम गरेको कति समय भयो ? 
    क्षयरोगमै काम गर्न थालेको १२ वर्ष भयो। अहिले क्षयरोग तथा एचआइभी रोगमा नीति निर्देशक भएर काम गरिरहेको छु।
    क्षयरोग भनेको के हो ? 
    माइक्रोब्याक्टेरियम ट्युबरक्लोसिस नामक किटाणुले लाग्ने रोग हो यो। पहिला–पहिला यो रोगलाई पापकर्म गरेमा लाग्छ भन्ने रुढिवादी सोच थियो। यो किटाणु हावाका माध्यमबाट एक जनाबाट अर्कामा सर्छ।
    यो सर्छ कसरी ?
    क्षयरोग संक्रमित व्यक्तिले खोक्दा या श्वास फेर्दा किटाणु हावामा मिसिन्छ र त्यो हावा अर्काे निरोगी व्यक्तिले लिँदा सर्छ। यस्तो किटाणु काँचो दूध तथा दहीबाट पनि सर्न सक्छ।
    पहिलो व्यक्तिमा यो रोग कसरी उत्पन्न भयो त ? 
    मानव उत्पत्तिदेखि नै यो रोग छ। पहिलो रोगी को हो त भन्ने विषयमा कुनै अनुसन्धान छैन। क्षयरोग किटाणु शरीरभित्र पस्नेबित्तिकै लाग्ने हैन। जसलाई क्यान्सर, मधुमेह छ अर्थात् जसको रोग प्रतिरोधात्मक क्षमता कमजोर छ उनीहरूलाई क्षयरोग सजिलै लाग्छ। शरीरभित्र क्षयरोगका किटाणु प्रवेश भएकाहरूमध्ये १०  प्रतिशत व्यक्तिलाई यो रोग लाग्छ।
    त्यसोभए क्षयरोग विपन्न वर्गका व्यक्तिलाई लाग्ने रोग हो भनेर बुझौं ? 
    त्यसो हैन, क्षयरोगबाट के धनी के गरिब, कोही पनि बच्न सक्दैन। तर विपन्नता क्षयरोगका लागि सामाजिक कारक तŒव मानिन्छ। जस्तो कि विपन्नताका कारण शिक्षा हुँदैन, ती मानिसको सफाइ कमजोर हुने भयो।
    विपन्न छन् भने पर्याप्त पोषणतत्व पुगेको हुँदैन जसले गर्दा शरीरमा रोग प्रतिरोधात्मक शक्ति कमजोर हुन्छ। विपन्नताका कारण खोकी लाग्नेबित्तिकै उपचारमा जान सक्दैनन्। गरिबीकै कारण सानो घरमा सबै जना एकै ठाउँमा गुजुमुज्ज परेर बस्न बाध्य हुन्छन्, जसले गर्दा  क्षयरोगका किटाणु एकबाट अर्काेमा सजिलै सर्छन्। विभिन्न कारणले विपन्नताभित्र यो रोग अलमलिन्छ। तर पनि यो विपन्नलाई मात्र लाग्ने रोग हैन।
    त्यसोभए कस्ता मानिसलाई क्षयरोग सर्छ त ?
    क्षयरोग जो कोहीलाई लाग्छ। शरीरमा किटाणु प्रवेश गरे पनि प्रतिरोध क्षमता बलियो छ भने क्षयरोग लाग्दैन। तर शरीरमा किटाणु छ, झाडापखाला लाग्यो, टाइफाइड भयो, एचआइभी, मधुमेह भयो, मिर्गौला फेल भयो भने शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुन्छ र क्षयरोग लाग्छ। जस्तो, मेरो शरीरमा पनि किटाणु छन् तर अहिलेसम्म क्षयरोग लागेको छैन। तर म कमजोर भएँ भने लाग्न सक्छ।
    भनेपछि हामी सबैको शरीरमा क्षयरोगका किटाणु छन् ? 
    हुन सक्छ। नेपालमा ४५ प्रतिशत मानिसको शरीरमा क्षयरोगका किटाणु छन्। हामी किटाणु बोकेर बसिराखेका छौं। जुन बेला हाम्रो शरीरमा प्रतिरोध क्षमता कमजोर हुन्छ ती  किटाणु सलबलाउन थाल्छन्।
    शरीरका कुन्–कुन् अंगमा यो रोग लाग्छ ? 
    अहिलेसम्म नङ र कपालमा क्षयरोग लागेको पाइँदैन। बाँकी सबै अंगमा क्षयरोग लागेको देखिन्छ। क्षयरोग लाग्ने पहिलो अंग हो– फोक्सो। त्यसपछि घाँटी तथा काखीको ग्रन्थीमा यो रोग लाग्छ। त्यसैगरी जोर्नी, छाला आन्द्रा, मस्तिष्क, कान, आँखा, महिलामा पाठेघरमा पनि क्षयरोग लाग्छ।
    क्षयरोग लाग्दा कस्ता लक्षण देखिन्छन् ?
    शरीरमा लामो समय लगाएर क्षयरोग बढ्दै  गएको हुन्छ। शरीरमा नयाँ किटाणु आउने र पुरानो मर्दै जाने प्रक्रिया चलिरहन्छ। जब किटाणुले शरीरमा प्रभाव पार्न थाल्छ तब साँझपख ज्वरो आउने, खान मन नलाग्ने, दुब्लाउँदै जाने, पसिना आउने, आलस्य लाग्नेजस्ता लक्षणहरू देखिन्छन्।  फोक्सोको क्षयरोग हो भने खकारमा रगत आउने, खोकी लाग्नेजस्ता लक्षण देखिन्छन्। तर ग्रन्थीको क्षयरोगमा खान मन लाग्न पनि सक्छ। मस्तिष्कको क्षयरोग हो भने शरीर अररो हुने, छालाको हो भने घाउ देखापर्ने, पाठेघरमा हो भने बाँझोपना आउनेजस्ता लक्षणहरू देखिन्छन्। यसैगरी आन्द्राको क्षयरोग हो भने झाडापखाला लाग्ने, पेट फुल्नेजस्ता लक्षण देखिन्छन्।
    नेपालमा कहिलेदेखि क्षयरोगको उपचार सुरु भयो ?
    क्षयरोगको औषधि बन्नुअघि नै नेपालमा यसको उपचार सुरु भएको देखिन्छ। औषधि नबनिसकेको अवस्थामा चन्द्र शमशेरले क्षयरोगीलाई काठमाडौंको टोखामा सुरक्षित घर बनाए राख्ने गरेका थिए। जहाँ बिरामीले स्वच्छ हावा लिन तथा खुराकी खान पाउँथे। यसो गर्दा क्षयरोग निको हुन्छ भन्ने विश्वास थियो। सन् १९५० मा क्षयरोगको औषधि पत्ता लागेपछि सोही दशकदेखि नेपालमा पनि यसको उपचार सुरु भएको हो।
    हाल नेपालमा क्षयरोग उपचारको अवस्था कस्तो छ ?
    अहिले पनि नेपालमा हरेक वर्ष ४५ हजार जनामा क्षयरोग हुने गरेको अनुमान छ। यीमध्ये ३१÷३२ हजार क्षयरोगी मात्र पत्ता लगाइरहेका छौं। बाँकी क्षयरोगी छुटिरहेका छन्। यो भनेको १३ प्रतिशत बिरामी छुटिरहेको अवस्था हो। यसरी छुटेका एउटा बिरामीले १० देखि १४ जनालाई क्षयरोग सारिरहेका हुन्छन्।
    कस्ता क्षयरोगी छुटिरहेका छन् त ? 
    जहाँ अज्ञानता, गरिबी र अशिक्षा छ त्यहाँ खोकी लाग्यो भने चिसोले भन्छन्, दुब्लायो भने खान नपाएर भन्छन्। छाती दुख्यो भने गह्रौं काम गरेकाले भन्ठान्छन्। जसलाई स्वास्थ्य संस्था छ भन्ने पनि थाहा छैन। यस्तै दुर्गम ठाउँका क्षयरोगी, जहाँ जनचेतना र उपचार गर्न सक्ने स्वास्थ्य संस्था दुवै छैन। खोकी लाग्यो भने बिरामी स्वास्थ्य संस्थामा त जान्छन् तर ती स्वास्थ्य संस्था क्षयरोगको उपचार नै गर्न नसक्ने अवस्थामा छन्। यसकारण त्यस्ता स्वास्थ्य संस्थाहरूले बिरामीलाई खोकीका औषधि दिएर पठाउँछन्। यस्तै कतिपय क्षयरोगी उपचार गरेर पनि अभिलेखमा आउन सकेका छैनन्। निजी अस्पतालमा उपचार गरेकाहरूको तथ्यांक पूरा रूपमा प्राप्त हुन सकेको छैन।
    अन्य अंगमा क्षयरोग लाग्यो भने कसरी थाहा पाउने ? 
    हरेक अंगका विशेषज्ञ डाक्टरले ती अंगमा देखापरेका समस्या उपचारपछि पनि समाधान भएन भने क्षयरोग छ कि भनेर खोजी गर्छन्। जस्तो हाडजोर्नीका विशेषज्ञले हड्डीको क्षयरोग थाहा पाउँछन्। छाला विशेषज्ञले छालाको क्षयरोग थाहा पाउँछन्।
    नेपालमा क्षयरोग निवारण कहिले होला ? 
    सन् २०३० सम्ममा क्षयरोग निवारण गरिसक्ने सरकारको लक्ष्य छ।
    नेपालमा क्षयरोग निवारण सम्भव छ त ? 
    सम्भव छ। नेपालले क्षयरोग कार्यक्रममा प्रतिबद्धता जनाएयता धेरै  राम्रो काम गरेको छ। सबै स्वास्थ्यकर्मीको अथक प्रयास छ। देशभरमा पाँच सयवटा स्वास्थ्य संस्थामा क्षयरोग पत्ता लगाउने माइक्रोसकोपी सेन्टर स्थानपा गरिसकेका छौं। तीस÷पैंतीस केन्द्रमा जिन एक्सपर्ट प्रविधि छन्। हरेक जिल्लामा एक्सरे सेवा छ।  सम्पूर्ण स्वास्थ्यकर्मीलाई क्षयरोग उपचारसम्बन्धी तालिम दिइसकेका छौं।  हाम्रो कार्यक्रमको विस्तार सन् १९९६ देखि राम्रो भएको छ। फलस्वरूप हरेक वर्ष क्षयरोग पत्ता लगाउने दर ७५ प्रतिशत पुगेको छ। पहिला एक लाख मानिसमध्ये ६ सय जनामा क्षयरोग हुन्थ्यो भने अहिले यो दर १ सय १९ जनामा सीमित भएको छ। सरकारले राम्रो काम गरिरहेको छ। अब हाम्रो समस्या हरेक वर्ष छुटेका बिरामीको हो। ती कहाँ छन् त ? खोज्नुप¥यो। एउटा रोगीले १० जनालाई रोग सारिदिन्छ।
    अबको चुनौती भनेको छुटेका बिरामी नै हुन् त ? 
    हो, यो नेपालको मात्र नभएर विश्वकै चुनौती हो।
    यसमा कमजोरी कसको हो त ? 
    यसकै कमजोरी हो भन्न कठिन छ। एउटा कमजोरी भनेको जनचेतनाको पनि हो। हरेक स्वास्थ्य संस्थामा क्षयरोग उपचार केन्द्र छन्। हाम्रो आर्थिक क्षमताले भ्याएसम्म उपचार गरिरहेका छौं। तैपनि क्षयरोगी छुटिरहेका छन्। मैले माथि भनिसकें– कस्ता बिरामी छुटिरहेका छन् ? जसलाई सरकारले मात्र खोज्न सक्दैन। यसका लागि जनचेतना अभियानलाई व्यापक बनाउनु आवश्यक छ। यस्तै, अहिले पनि स्वास्थ्य केन्द्रमा पर्याप्त तालिम पुगेको छैन। रोग पत्ता लगाउने तथा उपचार गर्न सक्ने क्षमतावान स्वास्थ्य संस्था, प्रविधि र जनशक्ति हुनुप-यो।  अनि निजी स्वास्थ्य संस्थाहरूलाई हाम्रो अनुरोध के छ भने आफूले उपचार गरेका बिरामीको तथ्यांक हामीलाई पठाइदिनुस्।
    नेपालमा क्षयरोग दोहोरिएका बिरामीको संख्या कति छ ? 
    हामीकहाँ पुनः उपचारमा आएका ३५ सय जना छन्। यो भनेको करिब २० प्रतिशत हो।
    के कारणले दोहोरिन्छ त क्षयरोग ? 
    कतिपयले औषधि नियमअनुसार पूरा खाँदैनन्, जसले गर्दा रोग पुनः बल्झिन्छ। अर्को कारण, क्षयरोग रेसिस्टेन्स (मल्टिड्रग रेसिस्टेन्स)। क्षयरोगीलाई पनि औषधिले काम नगरेको हुन सक्छ। यस्तै  मल्टिड्रग रेसिस्टेन्स भएका क्षयरोगका किटाणुको संक्रमणले पनि हुन सक्छ।
    औषधिप्रतिरोधी क्षयरोग लागेमा कस्तो जटिलता आउँछ ? 
    औषधिप्रतिरोधी क्षयरोग लागेमा पहिलो तहको औषधिले निको हुँदैन। यस्तो अवस्थामा पुनः खकारको कल्चर (विशेष जाँच) गरी दोस्रो तहको औषधि दिनुपर्छ। यस्ता बिरामीका लागि भनेर औषधिप्रतिरोधी क्षयरोगकै औषधि बनेको छ। क्षयरोग दोहोरिए पनि पुन ः किटाणुको कल्चर गरेर औषधि खाएमा निको हुन्छ।
    भनेपछि औषधि प्रयोगबारे परामर्श नपुगेको भन्न मिल्छ ? 
    त्यो मात्र कारण हैन। यसका पछाडि अन्य कारण पनि छन्। एउटा कुरा त दुईथरी औषधि ६ महिनासम्म नियमित खानुपर्छ। अर्को, कतिपय बिरामीले औषधि खानै झन्झट मान्छन्। यस्तो पनि प्रवृत्ति भेटिन्छ कि औषधि खान सुरु गरेको एक महिनापछि स्वास्थ्यमा सुधार आउन थाल्छ, अनि निको भयो भन्ने भ्रममा परेर औषधि खान छाड्ने। यस्तै कतिपय बिरामी औषधि खाँदा वाक–वाक लाग्यो, पेट पोल्यो भनेर बीचमै औषधि खान छाड्ने गर्छन् भने बिर्सने बानी, लापरबाही तथा हेरचाह गर्ने कोही नहुने कारण पनि औषधि पूरा खाएका हुँदैनन्।
    क्षयरोगविरुद्धको औषधि सेवन गरिरहेका बिरामीलाई कस्तो हेरचाह चाहिन्छ ? 
    क्षयरोग लागेको पक्का भइसकेपछि नियमित औषधि खानुपर्छ। जुन हाम्रो स्वास्थ्य संस्था अर्थात् डट्स केन्द्रले निःशुल्क वितरण गरिरहेका छन्। मद्यपान, धूमपानबाट टाढा रहनुप-यो, पोषिला खानेकुरा खानुप-यो।
    काठमाडौं सहरको हकमा कारखानामा काम गर्ने, छात्रावासमा बस्नेहरूमा क्षयरोग बढी देखिन्छ भन्ने सुनिन्छ, हो त ?
    कारखानामा काम गर्ने मजदुर भएका कारण क्षयरोग लागेको हैन। मजदुर बस्ने वातावरणका कारणले रोग लागेको हो। कारखानाहरू गुम्म परेको र हावा ओहोरदोहोर गर्ने झ्याल नहुने भएकाले एक अर्कामा यो रोग सजिलै सर्ने गरेको हो।हाम्रो डट्स क्लिनिकको सफलता कस्तो छ ? 
    बिरामी स्वास्थ्य संस्थामा आए भने ९० प्रतिशत सफल उपचार गरेका छौं। चुनौती भनेकै छुटेका वा उपचारमा नआउने बिरामीहरूको हो।
    क्षयरोगका किटाणुलाई जित्न हाम्रो स्वास्थ्य अवस्था कस्तो हुनुप-यो ? 
    पहिलो कुरा, किटाणुका कारण क्षयरोग लाग्छ। यसकारण हाम्रो बस्ती, वातावरणमा यस्ता किटाणु रहनै दिनु भएन। क्षयरोग उन्मूलन नै गर्ने हो भने आफ्नो टोल, छिमेकमा सबै मिलेर शंकास्पद बिरामी खोजी गरौं। जसलाई दुई हप्ताभन्दा बढी लगातार खोकी लागेको छ, उसलाई अस्पताल पु-याइहाल्नुपर्छ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार

    © 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology