मैत्रीपुर्णखेलमा पत्रकार महासंघ बिजयी

  • महासंघको तर्फबाट दिनेश सापकोटाले गरेको गोलनै निर्णायक गोल बन्यो
  • बागलुङ, १८ फागुन– स्वतन्त्र विद्यार्थी युनियन धौलागिरी बहुमुखी क्याम्पस बागलुङले निर्वाचनको दोस्रो बर्षगाँठका अवसरमा आयोजना गरेको मैत्रीपुर्ण फुटवल खेल पत्रकार महासंघ बागलुङले १–० गोलान्तरले जितेको छ ।
    स्वतन्त्र विद्यार्थी युनियन धौलागिरी बहुमुखी क्याम्पस र पत्रकार महासंघका बिच भएको मैत्रिपुर्ण खेल महासंघले जितेको हो । खेलमा दोस्रो हापको १६ औं मिनेटमा पत्रकार महासंघको तर्फबाट दिनेश  सापकोटाले गरेको गोलनै निर्णायक गोल बन्यो । योगेश खड्काको उत्कृष्ट पासलाई सदुपयोग गर्दै सापकोटाले गोल गरेका थिए । सुरुवात देखिनै रक्षात्मक खेल खेलिरहेको स्वावियुले कैयौं अवसरहरु गुमाएर कुनैपनि गोल गर्न सकेन् ।
    पत्रकार र विद्यार्थीको बिचमा सद्भाव विकासका लागि मैत्रिपुर्ण खेल आयोजना गरीएको स्ववियु सभापति मनबहादुर थापा मनिषले बताए । पत्रकारहरुको सन्तुलित खेलका कारण महासंघले जित हाँसील गरेको अध्यक्ष दिल शिरिषले बताए । ‘उमेरको हदमा रहेर निर्वाचित भएका २८ बर्ष मुनिका विद्यार्थीसँग खेल्न सकिन्छ जस्तो लागेको थिएन’ पत्रकार प्रकाश बरालले भने ‘हाम्रा साथिहरुमा खेल्ने तरिकामा धेरै सुधार आएको रहेछ, प्रयोगिताले त्यो उजागर गरेको छ ।’ सञ्चार माध्याममा सधैं ब्यस्त रहने पत्रकारहरुका लागि यस्ता प्रतियोगिताहरुले केही हदसम्म तनाव कम गर्न सहयोग गर्ने अध्यक्ष शिरिषले बताए ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार

    © 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology