प्रेमिकाले समेत ठगीन् बिदेश बस्ने युवालाई।

पोखरा ,२० चैत -आर्कशक जिउडाल, देख्दै लोभ लाग्दो, बैदेशिक रोजगारीको लागि दुबईमा कार्यरत बिर बहादुर नेपालीको फेसबुकमा फ्रेण्ड रिक्वेष्ट आयो । उनले पनि तत्कालै साथी बनाईहाले । १० सौं बर्ष बिदेश बस्दा यता श्रीमतिले सम्बन्धबिच्छेद गरेको पिडा बिर्साउन उनले सबिना नेपाली नाउँ गरेकी युवतीसंग च्याटिङ गरेरै भए पनि मन शान्त पार्दर्थे । उनिहरु बिच गाढा प्रेम सम्बन्ध बस्दै गयो । उनि ती युवतीलाई भेट्नैका लागि दुवई बाट नेपाल आए । यस अघि उनले प्रेमिकाका नाउंमा आइएमई गरेर केहि पैसा मोवाईलहरु घडीहरु, ल्यावटप र ट्याव समेत उपहारको रुपमा पठाउने गरेका थिए । नेपाल आउदा उनि छक्क परे जस्तो सुन्दर तस्वीर त्यस्तै अनुहार र शरिर, प्रेमिकाले बिवाहको प्रस्ताव गरिन् उनलाई पनि ‘केखाज्छस् कानो आंखा‘े भने झैं भयो ।
उनिहरुले त्यसबिचमा पारिवारीक सल्लाहले टिकोटालो समेत गरे । बिर बहादुर पुन कमाई गर्न भनेर बिदेश गए । दिनैपिच्छे उनिहरु बिच च्याटिङ हुन्थ्यो । अव सबिनाले बिर बहादुरसंग धेरै पैसा माग्न थालिन उनले कहिल यस्तो किन्न प¥यो, ब्यापार गर्नुप¥यो बिर बहादुर भने आफ्नी प्रेमिकाको रुपमै लठ्ठ पर्दै जे भनो त्यहि मान्दै हिडे सबिनाले पटकपटक गरेर १५ लाख रुपैयाँ जति लिईन् । त्यति गर्दा उनि पनि टाढिदै गईन् । दिनहु कुराकानी गर्ने जोडी अव औपचारिक कुराकानीमा मात्रै सिमित भए तर बिरबहादुरले आफ्नी हिरोईन जस्ती प्रेमिकाको असली चरित्र भने बुझेका थिएनन् ।
एक दिन उनले फेसबुकमा आफ्नी प्रेमिका अर्कौ केटासंग टांसिएर फोटो खिचाएको देखे पछि को हो ?भनेर सोध्दा साथी भनेर टारिन् । उनले पनि सहजै रुपमा लिए । फेरि अर्को दिन उक्त युवकको मोवाईलबाट सबिनाको नग्न तस्बिर बिरबहादुरको म्यासेज बक्समा आयो । उनि झस्किएर सबिनालाई फोन गरे तर सबिनाले सहज रुपमा भनिन् मेरो ब्वाईफ्रण्ड, त्यसो भए हाम्रो के भएको हो त भनेर सोधे सबिनाले भनिन् मैले म तिमिसंग होईन तिम्रो पैसासंग प्रेम गर्छु । नेपालीमा एउटा उखान छ “सबै भए पछि दैलो देख्यो” भन्ने त्यस्तै भयो बिरबहादुरको जिवनमा । आफ्नी प्रेमिकाले छोडे पछि बिरबहादुरले सबिनाको आमा बाबालाई सोध्दा उनिहरु पनि नाजवाव छन् । यसरी बैदेशिक रोजगारीमा गएका केहि युवाहरु पैसा आर्थिक शोषण मात्रै होईन भावनात्मक शोषणको पनि शिकार बन्छन् । सुचना र प्रबिधीले गर्दा धेरै बिदेश बस्ने युवायुवतीहरुले फेसबुक मार्फत साथी बनाउने, प्रेमिका बनाउने बिवाह गर्ने गर्दछन् । झट्ट हेर्दा त आर्कशक देखिन्छन् तर आचरण कस्तो छ भन्ने जानकारी नहुदा बिरबहादुर जस्तै ठगिनु पर्ने अवस्था हुन्छ । बिर बहादुर अहिले आफुले अरवको खाडीमा गएर दुःख गरी कमाएर ल्याएको पैसा ठग प्रेमिका सबिनाले हिनामिना गरेकोमा पछुताउदै हिडेका छन् । सबिना भने नेपाल छाडेर जापान गएकी छिन् ।
बैदेशिक रोजगारीमा जाने युवाहरु म्यानपावर कम्पनीबाट ठगिएका घटनाहरु त धेरै हुने गरेका छन् । तर अहिले प्रेमिका र परिवारबाट पनि ठगिएका घटनाहरु प्रसस्तै उजागर भएका छन् । हरी रानाभाट पनि पनि यस्तै पात्र हुन् । उनले युवा अवस्थामा १५ बर्ष सम्म बैदेशिक रोजगारमा गएर कमाएको घर घरेडी जोडेर पनि अहिले हात लागि सून्य भएको छ । लमजुङ करपुटार घर भएका हरी रानाभाट, श्रीमतिले घर जग्गा बेचेर छोराछोरी संगै बेपत्ता भए पछि पर्नु पिर परेको छ । बिवाह भएको केहि बर्ष पछि नै उनि मलेशिया गएका थिए । उनले श्रीमति र छोराका लागि भनेर दिन रात मेहेनत गरेर पोखरा लेखनाथ महानगरपालिका भित्र पर्ने बिजयपुर भन्ने ठाउमा सुबिधा सम्पन्न घर समेत बनाएका थिए । छोराछोरीको पढाइका साथै आवश्यक खर्च समेत पु¥याउदै आएका थिए ।
बेला बखतमा श्रीमति र छोराछोरीसंग उनको टेलिफोन बार्ता पनि हुने गरेको हरी बताउछन् । छुट्टि हुदा घर आएका पनि आउने गर्दथे । श्रीमतिसंग खासै रिसइवी र झगडा पनि नभएको हरी बताउछन् । उनले भने “हामी बिच राम्रै सम्बन्ध थियो मैले उनि यसरी अन्यत्रै जान्छिन् भन्ने सोचेको पनि थिएन । अर्काको बहकाउमा लागेर मेरो करोडैं मुल्य पर्ने घर घरेडी सस्तोमा बिक्री गरेर छोराछोरी समेत लिएर गइन् ।” यसरी बिदेशमा गएर धेरै पैसा कमाउने चक्करमा थुप्रै युवाहरुको घर भाँडिएको छ । बैदेशिक रोजगारबाट आर्जित सम्पत्ति त गयो नै अझ हरीकी श्रमतिलाई लोग्नेले अंश समेत दिनु पर्ने कानुनी ब्यवस्था छ । सुरक्षि बैदेशिक रोजगार सम्बन्धी परियोजना, मानवअधिकारका लागि जनमंच पिपुलफोरममा समेत काम गरिसेकेकी अधिबक्ता भुवन पराजुली भन्छिन् “ पुरुषहरु पीडीत हुदा पनि पीडा लुकाएर बस्छन् तर कानुनी उपचारको बाटो तर्फ लाग्दैनन् । यदि श्रीमतिका नाउँमा सबै सम्पत्ति छ भने लोग्ने पनि स्वास्नी बिरुद्ध अंश मुद्दा हाल्न पाउछ । कानुन्ले महिलाई धेरै अधिकार दिएको छ । हक अधिकार बिकशित राष्ट्रको जस्तो छ तर हाम्रो मानसिकता र शैली भने उहि पुरानो छ । ”

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology