चोलेन्द्रको ,घर के ले छाउने हो ?

पोखरा ,२० चैत -चर्चित गायक चोलेन्द्र पौडेलले नेतालाई रुप नफेर रङ नफेर देशको मुहार फेर्न आग्रह गरेका छन । श्रमको मूल्य नहुदा आफ्नै देशमा काम गर्ने रहर हुदा हुदै पनि मुग्लान जानुपर्ने वाध्यता रहेको छ ,पौडेलले भने मजदुर किसानको मुहार कहिले फेरिन्छ सरकार ? गायक पौडेलले कुनै भाषणमा यस्तो भनेका होइनन । भर्खरै बजारमा सार्वजनिक भएको नयाँ गीत मार्फत उनले यस्तो भनेका हुन। ‘घर के ले छाउने हो ?’ बोलको गीतको म्युजिक भिडियो समेत सार्वजनिक भएको छ।

मजदूर ,किसान र गरीव  जनाताको साथले देशमा परिवर्तन भएपनी उनिहरुको अवस्थामा परिवर्तन भएन । गरिब र दुखीका दिन उस्तै छन् । आजपनि मजदुरी गर्ने, ज्यालादारीका दिन जस्ताको त्यस्तै छ । महंगीको चपेटामा रहेका गरिब दुखीको कथा गीतले बोलेको छ ।
गीतमा सुरबीर पण्डित र स्वस्तिका लामिछानेको अभिनय रहेको छ। चन्द्रबहादुर बिकको शब्द रहेको गीतमा उदघोषण र कलाकारिता क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल कलाकार चोलेन्द्र पौडेलको स्वर र संगीत रहेको छ। गीतको म्यूजिक भिडियोको निर्देशन तारानाथ आचार्यले गरेका छन।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology