गुराँस र हिउँसंग खेल्दै ढोरपाटनको यात्रा

  • अवलोकन भ्रमणको रोमाञ्चक यात्रा संस्मरण
  • धेरै पटक सुनेको तर पुग्न नसकिएको यात्रामा जादै थियौ हामीहरु । विद्यार्थी हुदाँदेखि नै हरेकले सुनाउदै गर्दा पुगुँपुगुँ लाग्ने एउटा यात्रा हामी जननिर्वाचित भएपछि मात्रै जुर्यो । गण्डकी प्रदेशको महत्वपूर्ण सम्भावना वोकेको ढोरपाटनमा पुग्ने हाम्रो यात्रा तय भयो । यात्रा थियो २०७५ चैत्र १५ देखी १७ सम्मको । हामी पोखरा महानगरपालिका–५का जनप्रतिनिधी र कर्मचारी १५ चैत दिउसो कार्यालयबाट बागलुङ ढोरपाटनको यात्रामा निस्कियौं दिउसो २ बजे । स्कोर्पिओ गाडीमा चालक सहित ८ जना यात्रु थियौं । यात्रा वडा कार्यालय आगाडिबाट सुरु भयो ।
    ढोरपाटनलाई गन्तब्य बनाएको हाम्रो टोली विन्ध्यावासिनी मन्दिर हुदैं हाइवे हेमजा खण्डको फराकिलो वाटोमा वन्दै गरेको दृष्य हेर्दै अघि वढयो । प्राकृतिक छटामा रमाउदै पुग्यौ लुम्ले हुदैं पर्वत कुस्मामा । त्यहाँ खेलाडी प्रेम गरुङ्ग र वडा सदस्य अन्जू केसीका काका सुबर्ण अर्याल भेट हुनुभो । होटलमा खाजा खाएर सदरमुकाम बागलुङ बजार पुग्यौ । पूर्व निर्धारित कार्यक्रम अनुसार त्हाहाँ बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेल र बानपा–२ का जनप्रतिनिधीसंग भेट्ने हाम्रो तयारी थियो । मेरो बहिनि सिता र ज्वाई परशु बोहोरा त्यसको तयारीमा लाग्नु भयो । झण्डै साँझ साढे ५ बजे होटलमा मेयर जनकराज पौडेल, वडा नं २ का अध्यक्ष जिवन आचार्य (प्रोख्रेली ज्वाईं) र वडा सदस्यहरुले स्वागत गर्नु भयो । कार्यक्रममा भ्रमणको उदेश्य र वडाको भौगोलिक तथा विकास निर्माणका वारेमा मैले सक्षिप्तमा रुपमा राखे । बागलुङ–२ का अध्यक्षले वडाको गतिविधिका वारेमा र नगरको वारेमा मेयर पौडेलले वताउनु भयो । हामीले काम गर्दाका जनप्रतिनिधीका अनुभव साटासाट गयौं एकापसमा । वहाँहरुले ढाका टोपी र सल ओढाएर ढोरपाटन यात्राका लागि शुभकामना टकराउनु भयो । हामीले पनि मायोको चिनो सहित पोखरा दर्पण पुस्तिका एवं सुर्यचन्द विकास समाजको स्मारिका हातमा थमायौ । मिठो कफी पिएर सुन्दर सामुहिक तस्बिर सहित यात्रामा जोडियौ ।

    साघरा कच्चि पक्कि घुम्तीहरु पार गर्दै अग्ला अग्ला पहाडका स्प्रीङ्ग स्वरुपको उकालो हुंदै अघि बढ्यो हाम्रो यात्रा । काठेखोला गाँउपालिकाको एक चिया पसलमा चिया बिस्कुट खायौं हामीले । बिदेशमा रोजगार गरेर आएका दुई लोर्के युवाले होटेल चलाएका ! भाईहरुसंग भलाकुसारी गरयौ । ती पसले भाईले उत्साही ढंगले होटेल चलाएका थिए, त्यसले कामप्रतिको सम्मान झल्कायो । होटेल पेशा राम्रो भएको र खाँडीको कमाईले बिर्साएको बताए उनीहरुले । रात छिपिदै थियो । दृश्यहरु हराउदै थिए । बस्तिहरुका उकाली ओरालीमा देखिएका पिलपिल बिजुली बत्तीले घर संख्या अत्याधिक रहेको अनुमान गर्न सकिन्थ्यो ।
    हटिया गलकोट हुंदै गाडी ओरालो भएर गुडदै थियो । खरबाङ, ग्वालीचौर हुँदै पहिरोले बनेको तुरतुरे ताल नदेखिए पनि पारीको बत्तिले पानी माथी सतहमा टल्केको देखिन्थ्यो । यात्राकै क्रममा मलाई मोटर लाग्यो र २ पटकमा म खाली भाँडो भए । तर पनि यात्राले हामीलाई रोमाञ्चक बनाइरहेको थियो ।
    पश्चिम बागलुङको वुर्तिवाङ्ग बजार पुग्दा झण्डै रातको ११ बजिसकेको थियो । तमान, भुजी र निसी खोलाको सुस्साहाटमा अडिग बुिर्तबाङ बजारले हामीलाई उत्साहित बनाइहाल्यो । ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीबाट हामीलाई होटल र खाना व्यवस्थापन भैसकेको थियो । होटेल स्नेहाका संचालक खनाल सरले स्वागत गर्दै केहि जानकारी दिनुभयो त्यस ठांउको बारेमा । उहाँका जानकारीले थप कौतुहल्ता बढाइरहेको थियो हामीलाई ।
    भोलिपल्ट हामी सबेरै उठेर वुर्तिवाङ्ग वजार र वरपरको दृश्यहरु हेर्र्यौ । कहालीलाग्दा पहाडको उचाईमा सल्लो बन देख्यौ हामीले । बिहान मेयर देवजीले घरमा हाम्रो टोलीलाई चियाले स्वागत गर्नुभयोे । ढोरपाटन नगरका उपमेयर करमति पुन र वडा नं १ का अध्यक्ष चन्द्र भण्डारी सहित साथीहरु संग भेट भयो र सामुहिक तस्वीर पनि लियौं हामीले ।

    डिजिटलबाट नगर र वडाको बजेट ‘सो’ गरिएको नगरपालिकाको गेट हुदै नगरपालिकाको. कक्षमा हाम्रो टोलिलाई स्वागत गरियो अबिर र खादा ओडाएर । भण्डारी जि, म र मेयर देवजीले जनप्रतिनिधीका काम विकासबारे केही अनुभव साटासाट गर्यौ । ढोरपाटन नगरपालिकाको न्यानो स्वागत र यात्राको शुभकामना सहति बिदा भएर त्यहांबाट उत्तर पश्चिम कच्ची बाटो अडाडि बढ्यो हाम्रो गाडी । अधिकारीचौर, वोवाङ्ग हुदै उक्लियो यात्रा । पानीघट्टामा छहरा, जौं बाली र भालु पहाड बिर्साउने अग्ला पहाड हेर्दै अघि बढ्यौ ।
    अगाडि बढ्दै जाँदा लटरम्मै फुलेको लालीगुँरास देखेर तस्बिरमा मोहित हुदैं थियौं । तर जति उकालो चढेयौ गरिबी र अभावजन्य जीवनको रङ्ग पनि थपिदै गयो । बाक्लो महिलो कपडा र खालि खुट्टा देख्दा भुगोलको कठिनता सँगै उत्तपीडनको गाडा चित्र भेटाउथ्यौँ हामीले । मयल जमेका केटाकेटी नमस्ते गर्थे हाम्रो टोलीलाई ! हामी चक्लेट, चुइंगम बाडेर हिडथ्यौँ । कतै कतै झरेर हिडथ्यौँ । बाटोमा भोटे कुकुरका छाउरा बेच्न बसेको पनि देखियो । बाक्लो मैलो र अनुहारको चमक हराएको मान्छे देख्दा गरिवीको मापन देखिन्थ्यो । लामा रौँ झुन्डीएको खसीका बथान, घोडा डोराउदै आएका मान्छे, आलुका भारी बोकेका बच्चाहरु, नमस्ते गर्दै गाडिछेउ आउने नानीहरु, बाक्लो जौँ खेति, काठको लोप्राको धुरी, पालि, छानो, सुरिएका गगन चुम्मी पहाडहरु देख्दा अचम्म र कहालिलाग्दो लाग्थ्यो । दर्जनौ घरको काममा सहयोग गर्दै भारी बोकेका बालबच्चालाई स्कुल जान्छौ कि जान्नौ भन्दा ‘जान्छौ भन्दाको उत्तरले खुसी हुन्थ्यो हाम्रो मन । वुर्तिवाङ्ग बाट ३ घण्टा ३० मिनेटमा हामी ढोरपाटन देउरालीमा पुग्दा फाकले लछ्प्पै छोप्यो । खस्रो घाँस अत्यन्तै प्रयोग हुदो रहेछ त्यता ।

    देउरालीबाट ढोरपाटन चोक निस्कने दुई बाटोबाट देब्रे बाटो ओरालो लाग्दै गर्दा गाडि हिउँ पग्लिएको माटे हिलोमा फस्यो । अन्ततः बाटो बदल्यौँ । सामुदायिक होटेलका सूरज पौडेलले रुकुम मुसिकोट नगरपालिका भ्रमणबाट आएको गाडि व्यवस्था गरिदिनु भयो । गद्दा वाला कार्पेट जस्तो लाग्ने ढोरपाटन चौर हिड्दै सामुहिक तस्बिर लियौँ । वरिपरि डाँडा, हिउँका डल्लाले साथीसाथी बिच हानहान गर्दै हिउँ खेल्ने केटाकेटी जस्तै भयौँ हामी । वरिपरिका सल्ला धुस्रोका हरिया जँगल र हिउँका फाल्साहरु देख्दा दँग पप्र्यौ हामी । म जीवनमा पहिलो पटक रमाएको थिएँ म, उत्तरगंगा खोला तरेरै फर्कियौ हामी । रेड र पिंक कलरका लालिगँुरास टिप्दै फर्कियौ हामी । अहो ! त्यहाँको सुन्दरता कतै बयान गरेर नै सकिदैन । बस्न त धेरै मन थियो तर समयले हामीलाई साथ दिएन ।
    राति साढे ८ बजे गलकोट आईपुग्यौ । भ्रमण टोलि बि एण्ड बि होटेलको खाना पछि झण्डै एक घण्टा होटेलका साहुले मादल बजाउने साहुनिले छ्याईछ्याई बजाउदैँ नाचगान भो । हरिमाया बिक र उज्वल खत्री दोहोरी गाउन कसिए, मैले पनि नाचे जस्तो गरे । पुष्प बराल दाई र भाउजु पनि दाहोरी गितमा जम्नु भो । चालक भाई र वडा सचिव असोक सुनार लजाउदै रमाउनु भो । गलकोटमा दरमखोलाका माछाको स्वाद पनि बिर्सन नसक्ने रहेछ । चैत्र १७ गते बिहान साढे ६ बजे गलकोटबाट सदरमुकाम बाग्लुङ्गतर्फ झर्यौ । बिहान बाग्लुङ्ग प्रसिद्घ कालिका मन्दिर दर्शन गर्यौ हामीले । प्रसिद्ध कालिका मन्दिर थप सुरक्षित, सजावट र सुन्दर हुदै गएको पायौ । बाग्लुङ्ग नगरपालिका वडा नं २ का वडा सदस्य अर्जुन घिमिरे हामीलाई बिदा गर्न आउनु भो हार्दिकताका हात मिलाउदै ।

    माछापुच्छे गाउपालिका नाउडाँडाको नयाँ होटेल देउराली फेवा भ्युमा खाना खायौँ । कास्कीकोट, सराङ्गकोट हुदै पोखरा फर्कीयौ । सकुशल यात्राको स्मरणमा अर्को एक सुन्दर पाना लेखिएको अनुभुति भो हामीलाई । ढोरपाटन चौरमा चरिरहेका लगाम बिनाका घोडाहरु थिए, साहुसाहुनी हुदाँ रहेछन तर उपयोग नहुँदा पोखराका छाडा चौपाया जस्तै । यो स्मरणिय यात्रा, ढोरपाटनको रमणीय चित्र सम्झिदै फेरी लागियो आफ्नै काममा, अर्काे यात्राको पर्खाईमा ।
    (नेपाली पोखरा महानगरपालिका-५ का वडा अध्यक्ष हुन् ।)

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार

    © 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology