बच्चाको व्यवहारमा फरकपन: मानसिक समस्या ‘मुड स्विङ्ग’को सङ्केत

काठमाडौँ, २३ चैत – तपाईंका बच्चाहरुको व्यवहारमा फरक पाउनुभएको छ ? यदि छ भने सावधान हुनुहोस् उनीहरूलाई मानसिक समस्या ‘मुड स्विङ्ग’ हुनसक्छ ।
‘मुड स्विंग’ बच्चाको मानसिकतासँग जोडिएको समस्या हो । अभिभावकलाई आफ्नो बच्चाको यस्तो मनोवृत्तिबारे थाहा छ । तर, के भएको, उपचार के छ ? यसबारे भने थाहा नभएको कारण पनि दिक्क मान्ने गरिन्छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मानसिक रोग विभागका प्रमुख डा. रवि शाक्य भन्नुभयो, ‘बच्चाहरु छिनमै रिसाउने, हाँस्ने, भनेको नमान्ने जस्ता समस्या भएमा ‘मुड स्विङ्ग’ हुनसक्छ ।’ उहाँले कतिपयले यस्ता बच्चालाई तह लगाउनका लागि गाली गर्ने, कुट्ने, डर देखाउने गर्छन् तर यस्तो नगरी समयमा नै उपचार गर्नुपर्ने सुझाव दिनुहुन्छ ।
अभिभावकले बच्चालाई कुटेर, तर्साएर समस्याको हल हुँदैन । हल नहुने मात्र होइन, त्यसले गम्भीर असर पु¥याउन सक्छ किनभने यो एक प्रकारको मानसिक समस्या हो, जसलाई ‘मुड स्विङ्ग’ भनिन्छ । उहाँ भन्नुहु्न्छ, ‘‘खासमा यस्तो समस्या हुनुमा बच्चा दोषी होइन, हामी (अभिभावक) छौँ । हामीले नै बच्चालाई यस्तो रोगले ग्रस्त बनाइ दिएका छौँ किनभने हामीले आफ्नो बच्चालाई बच्चा होइन, मेसिनको रूपमा व्यवहार गरिरहेका हुन्छौँ ।’’
डा. शाक्यका अनुसार आमाको दूध नछाड्दै उनीहरुलाई शिशु कक्षामा पु¥याइन्छ । एक कक्षामा पुग्दा नपुग्दैन उनीहरुलाई ट्युसन कक्षामा भर्ना गरिन्छ । कोचिङमा पठाइन्छ । उनीहरुले खेल्ने, रमाउने भन्दा पनि आमाबुवाको ईशारा अनुसार चल्नुपर्ने भएकाले यस्तो समस्या देखिएको छ । बच्चालाई बच्चा बन्न दिनुपर्ने सुझाव दिँदै उहाँले भन्नुभयो, ‘‘बच्चाहरुसँग बिताउने, बगैंचामा खेल्ने, साथमा रमाउनुपर्छ । हामीले यस्तो कार्य नगरेको कारण बच्चालाई मुड स्विङ्गको समस्याले सताएको हुन्छ ।’’
हर्मोनल परिवर्तनका कारणले पनि यस्तो समस्या आउने गरेको मानसिक चिकित्सक रिचा अमात्यले जानकारी दिनुभयो । उहाँले पहिला पहिला बच्चाको हर्मोनल परिवर्तन १३÷१४ वर्षमा हुन्थ्यो । अहिले १०÷१२ वर्ष नपुग्दै परिवर्तन हुन थालेको बताउनुभयो । यो उमेरमा उनीहरुले आफूभित्र हर्मोनल परिवर्तन भइरहेको कुराको थाह हुँदैन । आफ्नो शारीरिक परिवर्तन कसरी र किन हुँदैछ भन्ने कुरा थाहा पाउँदैनन् । यही कारण उनीहरु आफैँसँग दुःखी हुन्छन् ।
डा अमात्य भन्नुहुन्छ, हरेक बच्चा मुड स्विङ्गमा भिन्न भिन्नै तरिकाले प्रतिक्रिया जनाउँछन् । कति बच्चालाई धेरै रिस उठ्छ । कति बच्चा उदास हुन्छन् । कोही खानेकुरा खाएकै खाएकै गर्छन् भने कोही खान मन गर्दैनन् । एक्लै रहन रुचाउँछन् । शान्त ठाउँको खोजी गर्छन् । मोवाइल वा फोनमा बढी समय बिताउने मन गर्छन् भने साथीहरुसँग मिलजुल गर्न हिचकिचाउँछन् ।
उपचार विधि
मुड स्विङ्गको शिकार भएका बच्चालाई कसरी सम्हाल्ने त ? अभिभावकका लागि यो एक जटिल प्रश्न हो । डा शाक्य भन्नुहुन्छ, ‘‘मुड स्विङ्ग भएको भएका वा नभएको लक्षण पत्ता लगाएर उचित किसिमको उपचार विधि खोज्नुपर्छ । यस्तो बच्चालाई गाली गरेर, हतोत्साही गरेर, निरास तुल्याएर, डर देखाएर होइन एकदमै प्रेममय वातावरण दिएर सुधार गर्न सकिन्छ । उनीहरुलाई प्रेम र विश्वासको आवश्यक हुन्छ ।’’
मुड स्विङ्गको क्रममा बच्चालाई बढी समय दिनुपर्ने जानकारी दिँदै डा. शाक्यले बच्चासँग खेल्ने, रमाउने, उनीहरुलाई आफ्नो कुरा सुनाउने होइन, बरु उनीहरुको कुरा सुन्ने प्रयास गर्नुपर्छ भन्नुभयो ।
डा. अमात्यले घरको माहोल राम्रो राख्ने प्रयास गर्ने तथा बच्चाको अगाडि लडार्इं झगडा नगर्नाले पनि यस्तो समस्याको समाधान हुने जानकारी दिनुभयो ।
बच्चा थाकेको बेला वा रिसाएको बेला जबरजस्ती आफ्नो कुरा नराखौँ । जब उनीहरु ‘रिल्याक्स’ अनुभव गर्छन् तब प्रेमपूर्वक उनीहरुसँग कुरा गर्न सकिन्छ, डा.आमात्यको सुझाव छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology