जुवाडे कुखुराका भाले पक्राउ

गत वर्ष भारतमा एउटा गधा पक्राउ गरी हिरासतमा थुनिएको खबर आएकेा थियो । गधा पक्राउको किर्तिमान तोड्दै भारतले हालै कुखुराका भाले पक्राउ गरेको छ ।भारतको हरियाणामा हालै ६ वटा कुखुरा पक्राउ परेका छन् । पुलिसले ती कुखुरालाई पक्राउ गरी हिरासतमा राखेको हो ।

पुलिसले कुखुरा पक्राउ गर्नुको कारण चाहीँ रोचक नै छ । वास्तवमा ती कुखुराका भालेलाई स्थानीय एक समूहले जुधाएर जुवा खेलाउने गरेको थियो ।भाले जुधाएर जुवा खेल्ने गरिएको उजुरी पुलिसमा परेपछि पुलिसले त्यस्तो कार्यमाथि निगरानी सुरु गर्यो । त्यसपछि एकदिन पुलिसले कुखुरा जुधाएर जुवा खेलाउने समूहलाई पक्राउ गर्यो । त्यसक्रममा उक्त स्थानमा रहेका ६ वटा कुखुराका भाले पनि पक्राउ गरिएको हो । जुवाडेहरुबाट नगद र गाडीहरु समेत बरामद गरिएको छ ।

पक्राउ गरिएका कुखुराका भालेको स्वामित्व कसैले नलिएसम्म ती भालेहरुलाई पुलिस चौकीमै राखिने बताइएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology