पोखरा-बागलुङ सडक हिलाम्मे ,सकसको यात्रा

पोखरा ,२४ चैत -मध्यपहाडी लोकमार्गको पोखरा-बागलुङ सडक खण्डमा यात्रुहरु सास्ती खेप्न बाध्य भएका छन। सडकको नयाँपुल-लुम्ले खण्डमा वर्षातका कारण सडक हिलाम्मे भएको छ। बर्षाको कारण लामो तथा छोटो दुरीका सवारी साधनहरु उक्त सडकमा फसेका छन। सडक स्तरोन्नतीको क्रममा पूरानो पिच उप्काएर नयाँ सडक बिस्तार गर्नेक्रममा करीब ५ सय मिटर सडकमा हिलो नहटाएका कारण समस्या आएको हो।

आईतबार पनि गाडी फसेपछि धेरैबेर रोकिनुपरेको बागलुङका यात्रु कुसल मगरले बताए । सडकको लूम्ले खण्डमा धेरै पानी पर्ने भएका कारण पनि सडकमा हिलो छरपस्ट भएको छ ।
विरगन्ज,सूनौली देखी आउने मालवाहक गाडीहरु उक्त स्थानमा आएर फस्ने गरेका कारण सवारी साधनको लामो जाम पर्ने गरेको छ ।
विगत एक हप्ता देखी उक्त खण्डमा समस्या आएपनि कसैको ध्यान जान नसकेको सवारी चालकहरुले बताए। सडकको हिलो मात्र पन्छाईदिए पनि गाडी सहजै आवतजावत गर्न सक्ने सवारी चालक वताउछन् ।
आइतबार करीब तीन किलोमीटर सम्म सवारी साधनको जाम परेका कारण गन्तव्यमा पूग्न समस्या परेको यात्रु कुसल मगरले बताए। मर्मत सम्भार चलिरहेको सडकमा यतिबेला काँडेदेखि नयाँ पुलसम्मको सबै खण्ड अस्तव्यस्त भएको छ । मर्मत सम्भारले निर्माण सामग्री बाटोमा थुपारिँदा कतिपय खण्डमा एकतर्फी मात्र सवारी गुड्न सक्छन् । एकतर्फी सडक बर्षाले हिलो बनेपछि सवारी साधन फस्ने गरेका छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology