पर्यटन उद्योगमा दक्ष जनशक्तिको अभाव

पोखरा ,१ बैशाख – पर्यटकीय भाषामा ‘स्प्रिङ सिजन’ चलिरहेको छ । पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा युरोपरअमेरिकातिरका पर्यटकहरु फाट्टफुट्ट मात्र देखिन्छन्। बरु, यो बेला पोखरामा भारतीय पर्यटकहरुको भने बाक्लै उपस्थिति छ।‘अब उनीहरु पनि बिस्तारै घट्छन्, हामी नयाँ सिजन (अटोमन)को तयारीमा छौँ’, होटल संघ नेपालका केन्द्रीय सदस्य विप्लव पौडेलले भने, ‘अबका केही दिन मर्मत सम्हार र अर्को सिजनको तयारीमा नै बित्छ।’पिता हरिप्रसाद पौडेलले सानो गेष्ट हाउसबाट सुरु गरेको होटल बाराही यतिबेला पोखराकै स्तरीय होटलमध्ये एक हो। यतिबेला होटल बाराही पोखराको लेकसाइडमा मात्र हैन, मेघौलीमा पनि संचालनमा छ। त्यतिमात्र नभएर लुम्बिनी र पोखराकै सराङकोटमा पनि उनी होटल बनाउँदै छन्।तर, होटल व्यवसायमा यति ठूलो लगानी गर्दा उनको टाउको दुखाई बनेको छ, ‘दक्ष कामदारको अभाव।’ हो उनीजस्तै पोखराका पर्यटन व्यवसायीहरु दक्ष कामदार नपाएर हैरान छन्।‘पोखराका होटल र रेष्टुरेण्टमा मात्रै अहिले विभिन्न क्षेत्रमा काम गर्ने १५ सय देखि २ हजार कामदारको अभाव छ’, उनले भने, ‘भोलि सरकारले भनेजस्तै पर्यटक भित्रिए भने उनीहरुलाई कसरी सेवा पु¥याउने हो भन्नेबारे कसैले पनि सोचेको छैन।’ पोखरामा अहिले पर्यटकीय स्तरका ४ सयभन्दा बढी होटल तथा २ सयको हाराहारीमा रेष्टुरेण्ट सञ्चालनमा रहेका छन्। सबैजसो होटल तथा रेष्टुरेण्टमा सेफ, वेटर, बेकम्यान मात्र होइन हाउस किपर, फ्रण्ट डेस्क अफिसर र म्यानेजरसम्मका पदहरु खाली रहेको उनले जिकिर गरे।कुनै समय नेपालका कुक, वेटर, ट्रेकिङ तथा ¥याफ्टिङ गाइडहरु विश्वस्तरका मानिन्थे। शेर्पा भन्ने बित्तिकै पदयात्रा जाँदा विदेशीले सोझै विश्वास गर्थे। तर, अहिले त्यस्तो जनशक्ति नेपालसँग थोरै मात्र रहेको छ। जानेकाहरुमध्ये धेरैजसो विदेश पलायन भइसके। ¥याफ्टिङ गाइडहरु पनि कहिले नेपाल त कहिले विदेश गर्छन्। किन त?नेपाल एसोसियसन अफ ¥याफ्टिङ एजेन्सिज ९ नारा० का अध्यक्ष समेत रहेका मीनबहादुर थापा मगरले भने, ‘नेपालमाभन्दा विदेशमा उनीहरुले धेरै कमाउँछन्।’ नेपालमा जस्तै एक दिन वा दुई दिनको जलयात्राको लागि दुबईले कृतिम संरचना तयार गरेको तथा भुटान, थाइल्याण्ड, भारत, मलेसियाजस्ता देशमा पनि नेपाली गाइडको माग भएकोले सिजनमा उनीहरु त्यता हानिएका हुन्। विदेश गएकाहरु उतै रमाउने भएकाले पनि जनशक्तिको अभाव हुन थालेको उनले सुनाए।होटल संघ नेपालका केन्द्रीय सदस्य विप्लवले त अहिले होटलमा काम गर्ने वेटरहरु कुनै पनि विश्वस्रतको सेवा दिने खालका नभएको बताए।‘कुनै बेला हाम्रा वेटरहरु भारतको भन्दा राम्रा थिए तर अहिले हामी कहाँको सेवा भनेको विश्वस्तरभन्दा करिब ७० प्रतिशत कम छ’, उनले भने, ‘१ सय ५० डलरमा कोठा बेच्ने सपना देख्दा हामीले त्यही स्तरको सेवा दिन सक्नुपर्छ तर हामी कहाँ समस्या छ।’काम अनुसारको तलब नदिँदा समस्या आएको स्वीकार्दै उनले राज्यले पनि दक्ष जनशक्ति उत्पादनबारे ध्यानै नदिएको आरोप लगाए। पछिल्लो समय विश्व बजारमा स्पा व्यवसायमा दक्ष जनशक्तिको माग उच्च हुँदा नेपालबाट त्यस्तो जनशक्ति समेत पलायन हुन थालेको उनले सुनाए। फूलको काम गर्ने माली, प्लम्बरलगायतका जनशक्तिको समेत नेपालमा अभाव रहेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले जिकिर गरे।उनका अनुसार यो सिजनमा दैनिक ५ सय भारतीय नम्बर प्लेटका गाडीहरु पोखरा आएका छन्। एउटा गाडीमा ५ जनाको हिसाब गर्ने हो भने पनि दैनिक २ हजार जना भारतीयहरु पोखरा भित्रिए र उनीहरु मुक्तिनाथसम्म पुगे। भारतीय पर्यटकहरुले रुचाउने खाना बनाउने सेफ पनि पोखरामा कमै मात्र भेटिने गरेको उनले जानकारी दिए।पर्यटन मन्त्रालयले यो वर्षको जनवरीबाट मेसम्म ४ लाखभन्दा बढी पर्यटक नेपाल आएको जनाएको छ। सरकारले पर्यटन प्रवद्र्धनको लागि नयाँ योजना अगाडि सारेको छ। नेपालमा पर्यटकहरु आउने क्रम बढ्दै गयो भने अहिलेको भौतिक संरचनाले त केही समय थेग्ला तर सेवाको दृष्टिले पछाडि पर्ने विकलको अनुमान रहेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology