गलकोटमा भीषण असिनापानी र बाढी , गौदिखोला आसपासका क्षेत्रमा क्षेति

बाग्लुङ ,१ बैशाख -गलकोटमा आइतबार भिषण बर्षा भएको छ । बर्षासंगै आएको बाढिले गौदिखोला आसपासका क्षेत्रमा क्षेति पुगेको छ । गलकोट नगरपालिका बाड नम्बर १ दुदिलाभाटि इङलिस स्कुल,ईश्बर बुढाथोकी, बाड अध्यक्ष नेत्र बहादुर बुढाथोकी, होम बहादुर नेपालीको पक्की घरमा बाढी पसेको छ । त्यस्तै दुदिलाभाटि उपस्बास्थ्य चौकीमा समेत बाढी पसेको गुमानसिह बुढाथोकीले जनाकारी दिए । बुढाथोकीको अनुसार कर्ण बहादुर श्रीसले पालेको २ ओटा बगुंर खोर सहित खोलाले बगाएको छ । गलकोट नगरपालिका – ३ हटियामा होटल मनु बाढिले प्रभाबीत भएको छ । राम बहादुर खत्रीको घर सगै बाढि आएपछि सामान निकाल्ने काम भैरहेको छ ।बर्षाकाकरण गलकोट नगरपालिका बाड नम्बर ३ र ६ जोड्ने गौधिखोलाको मोटरेबल पुलको जाली, कच्चा सामाग्री, टेका लगाएतका सामाग्री बगाएको छ । गौदी खोलाको नजिक रहेको सार्बजनिक शौचालयमा बाढि पसेको छ । बाढिले गलकोट हटिया बजारमा समेत क्षेती हुन पुर्याउन सक्ने सम्भाबना बढेको स्थानियको भनाई छ । त्यस्तै गलकोट नगरपालिका – २ मा पुष्पलाल मध्यपहाडी लोकमार्गमा रहेको पक्की पुलको सतह सम्म बाढि आएको बताईएको छ । रिघामा निर्माणाधीन रिघा – मनेवा जलविद्युत आयोजनामा समेत क्षेति पुगेको छ।आईतबार दिउसो २ बजेबाट गलकोटमा असिना सहितको बर्षा भएको छ । बर्षा संगैं आएको बाढिले खोला आसपासका क्षेत्रहरु कटान गरको छ । गलकोटको केही भागमा निरन्तर बर्षा भैरहेको छ । गलकोट नगरपालिकाको दुदिलाभाटि,नरेठाटी, हटिया, हरिचौर मजुवा लगाएतका स्थानमा असिना सहित बर्षा भएको थियो ।
अहिले बर्षा रोकीएको छ। खोलाले गलकोट नगरपालिका बाड नम्बर ३ को पुल समेत बगाएको छ । क्षेतिको अनुगमन र तत्कालीन उद्दारको लागि आफुहरु परिचालित भएको गलकोट नगरपालिका बिपद ब्यबस्थापन समितिका संयोजक बीरजङ भण्डारीले बताए ।

 

 

तस्वीर -घनश्याम गौतम ,जीवन भण्डारी ,राजेन्द्र कुंवरको फेसबुक बाट

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology