बालिका बलात्कार र यौन दुब्र्यवहार प्रकरण : सुवेदी धरौटीमा रिहा, श्रेष्ठलाई जवरजस्तीकरणी मुद्धा

  • बलात्कार र यौन दुब्र्यवहार प्रकरण :
  • पोखरा, २ बैशाख – आफन्तको घरमा घरेलु कामदार रहेकी १६ वर्षीया किशोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेको एनआईसी एसिया बैंक पस्र्याङ शाखाका प्रबन्धक सुवास सुवेदी धरौटीमा रिहा भएका छन । सुवेदी ३ लाख धरौटी राखेर शुक्रवार रिहा भएका हुन् ।
    उनै किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका पर्यटन व्यवसायी तथा पोखरा नगर बिकास समितिका अध्यक्ष सुन्दरकुमार श्रेष्ठलाई बालिका जबरजस्ती करणी मुद्धा दायर गरिएको छ । कास्की प्रहरीले सुवेदी र श्रेष्ठलाई चैत ८ गते पक्राउ गरेको थियो ।
    हिरासतमा रहेका दुवै जनालाई प्रहरीले शुक्रबार कास्की जिल्ला अदालतमा पेश गरेको थियो । कास्की अदालतका न्यायाधीश लालकाजी श्रेष्ठको इजलाशले सुवेदीसंग ३ लाख रुपैया“ धरौटी मागेर तारेखमा छाडेको हो । उनलाई बालयौन दुव्र्यवहार अन्तर्गत मुलुकी अपराध संहिताको २२५(३) बमोजिम ३ वर्षसम्म कैद र ३० हजारसम्मको जरीवाना माग गरिएको थियो ।
    सुवेदीसंगै पक्राउ परेका श्रेष्ठविरुद्ध भने बालिका जवर्जस्ती करणी मुद्धा दायर भएको छ । उनीबिरुद्ध मुलुक अपराध संहिताको २१९ (३) अनुसार १० देखि १२ वर्षसम्म कैद र मनासिव अनुसारको क्षतिको मागदावी गरिएको छ । श्रेस्तेदार लोकनाथ पराजुलीका अनुसार श्रेष्ठबिरुद्धको मुद्धामा सोमबारदेखि बयान सुरु हुन्छ ।
    कक्षा ८ मा पढ्दै आएकी किशोरी चैत ७ मा स्कुलमा परीक्षा दिएपछि घर नफर्केपछि उनी हराएको सूचना प्रहरीमा पुगेको थियो । प्रहरीले खोजतलास सुरु गरेपछि उनी हराएको भोलिपल्ट बिहान उनलाई साथीको घरबाट उद्धार गरी सोधपुछ गरिएको थियो । सोधपुछ गर्ने क्रममा आफु उक्त घरमा नजाने बरु मर्ने बताइन ।
    प्रहरीले यस विषयको कारण सोधपुछ गरेपछि किशोरीले सम्पूर्ण घटना विवरण सुनाएकी थिइन । किशोरीलाई स्थानीय एक परिवारले ६ वर्षको उमेरदेखि ल्याएर पालनपोषण र शिक्षा दिक्षा दिदै काममा पनि लगाउँदै आएको थियो ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार

    © 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology