भ्रमण वर्षको मुखैमा ‘भर्जिन हिमाल’को चर्चा

  • पर्यटन व्यवसायीहरुले हिमाल आरोहण खुल्ला राख्नेबारे विचार राखे पनि बिरोधका कारण सम्भव भएको थिएन ।
  • पोखरा, ३ बैशाख – ‘भर्जिन हिमाल’ को उपमा पाएको माछापुच्छे« आरोहणको बहस फेरि चुलिएको छ । माछापुच्छे«ेको चुचुरो अहिलेसम्म कसैले नचुमेकै कारण यो प्रायशः चर्चाको विषय बनिरहन्छ । गत शनिबार मात्रै पोखराबाट नेपाल भ्रमण वर्षको सुरुवात सुरुवात भयो । भ्रमण वर्ष सुरुहुँदा उत्तरतिर माछापुच्छे« नै चम्किरहेको थियो । माछापुच्छे«को बहस भनेकै आरोहण खुलाउने र नखुलाउने भन्ने विषयमा केन्द्रित छ ।
    माछापुच्छे« हिमालको स्वामित्व पाएको माछापुच्छे« गाउँपालिकाका अध्यक्ष कर्णबहादुृर गुरुङले पछिल्लो समय आरोहण खुल्ला गर्ने विषय उठाएका हुन् । गाउँपालिकाले नै पर्यटन प्रवद्र्धनको लागि माछापुच्छे« आरोहण खुलाउनुपर्ने एजेण्डा पारित गरेपछि कुमारी हिमाल फेरि चर्चामा आएको हो । यसअघि केही पर्यटन व्यवसायीहरुले हिमाल आरोहण खुल्ला राख्नेबारे विचार राखे पनि बिरोधका कारण सम्भव भएको थिएन ।
    माछापुच्छे«को आरोहणको प्रयास भने नभएको होइन । ६ दशक पहिले नै सन् १९५७ मा ब्रिटिश पर्वतारोही जिमी रोबर्टस माछापुच्छे«ेको चुचुरो भन्दा ४३ मिटर तलसम्म पुगेका थिए, त्यसपछि मौसम खराबीका कारण उनले माछापुच्छे«ेको भर्जिनिटी भने तोड्न सकेनन् । त्यसपछि आरोहण नै खुलेन ।कास्कीको माछापुच्छ«े गाउँपालिकामा अवस्थित ६,९९३ मिटर अग्लो माछापुच्छ«े हिमालको आरोहण आखिर किन रोकियो त ?
    गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङ भन्छन्, ‘खुलाउने अनुमति निर्णयको अधिकार पर्यटन मन्त्रालयले गर्नुपर्ने हो, हाम्रो भूगोलभित्र पेर्न हुनाले हामीले चासो लिएका हौँ, गाउँसभाले पनि सम्बन्धित निकायलाई आरोहण खुलाउन सिफारिस गर्ने निर्णय गरेको छ ।’ माछापुच्छ«े हिमालबारे दुईथरि बहस छन् । पहिलो, माछापुच्छ«ेलाई कुमारी नै रहन दिनुपर्छ । दोश्रो, यसको आरोहण खुलाएर जिविकोपार्जनसँग जोड्नुपर्छ ।
    संस्कृतिविद्, डा. जगमान गुरुङ माछापुच्छे«ेको आरोहण खुलाउन नहुनेमा लामो समयदेखि तर्क गर्दै आईरहेका छन् । उनकै शब्दमा भन्ने हो भने, माछापुच्छ«ेका दुई चुचुरा तपस्वीद्वय नर र नारायणका प्रतीक हुन् । गुरुङहरुको धार्मिक ग्रन्थ गण्डकी महात्माले माछापुच्छे«लाई माछाको शीर भनेको त्योे पवित्र शीरमा पाईला राख्न नहुने उनको तर्क छ । अर्कोतर्फ, आरोहण खुलाउँदा अनिष्ट हुने मान्यता पनि जनमानसमा रहेको छ ।
    तर, गाउँपालिका अध्यक्ष कर्ण बहादुर गुरुङ भने यसमा विमति राख्छन् । ‘म पनि गुरुङकै छोरा हो, माछापुच्छ«ेको नाम गुरुङले राखेको हैन, गुरुङ भाषा, संस्कृतिसँग जोडिने भए नाम राख्थ्यौँ, त्यसको फेदमा पुग्ने हामीले पूजा गरेको अनुभव मसँग पनि छैन’, उनले भने, ‘मेरो तर्क यो छ कि, नर र नारायण भन्ने सबै कुरा झुट हो ।’

    माछापुच्छ«े हिमालको पेरिफेरिमा गुरुङ समुदायको बस्ती छ । वसन्त ऋतृ सुरु भएपछि त्यहाँका स्थानीयहरु भेडा चराउनतर्फ लाग्छन् । यो कार्य गृष्म ऋतृसम्म चल्छ ।
    हिमाल आरोहणको क्रममा विश्वमा १७ औँ शताब्दीमा नै सुरु भएतापनि नेपालमा भने २ शताब्दीपछि यसको सुरुवात भयो ।नेपालमा ८ हजार मिटर अग्लो हिमालमध्ये ‘अन्नपूर्ण प्रथम’ को सन् १९५० मा पहिलोपटक आरोहण भएको हो ।
    कन्जरभेसन इन्स्टिच्युटका अनुसार विश्वका सुन्दर हिमालमा स्विट्जरल्यान्डको दि मटेरहोर्न, अमेरिकाको डेनाली, आइसल्याण्डको किर्कजुफिल, दक्षिण अफ्रिकाको टेबल माउन्टेन, नेपालको आमादब्लम, स्विट्जरल्यान्डको माउन्ट इगर छन् र सातौं नम्बरमा माछापुच्छ्रे रहेको छ ।
    ‘मान्छेलाई कि अग्लो हिमाल चढौँ भन्ने लाग्छ कि राम्रो हिमाल चढौँ भन्ने लाग्छ, अग्लोको लागि सगरमाथा छँदैछ, राम्रोमा चाहिँ माछापुच्छे«, राम्रो हिमाल बढि आरोहण भएको तथ्यांक पनि छ, यसले हामीलाई फाईदा पुग्छ’ उनले बताए । आरोहण खुलाएपछि आरोहीको पदचापले माछापुच्छ«ेको आकार बिग्रिन्छ, भन्ने तर्क आरोहण खुलाउन हुन्न भन्नेहरुले गर्दै आएका छन् । माछापुच्छे«को माछाको आकार बिग्रने र यसलै मौलिकता गुमाउने तर्क उनीहरुको छ ।
    यता नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामालेचाहिँ ‘हिमाल थोत्रो हुँदैन’ भन्ने प्रतिक्रिया दिएका छन् । ‘हाम्रो धारणा हिमालजति खुला गर्नुपर्छ भन्ने हो’ उनले भने, ‘धर्म, संस्कृतिसँग जोड्ने हो भने, सगरमाथा त झन आमा हो, आरोहण नगर्दा राम्रो र चढ्दा थोत्रो हुने होईन, यसले प्रदेश र सरकारको भ्रमण वर्ष २०२० को लक्ष्यप्राप्तिमा सहयोग गर्छ ।’
    सरसफाईको हकमा चाहिँ बढि फोहोर भएका हिमालहरु सरसफाईको लागि १÷२ वर्ष सम्म आरोहण रोक्न सकिने उनको तर्क छ ।नेपालमा अहिले जम्मा ४७६ वटा हिमश्रृंखलामा आरोहण खुल्ला गरिएको छ । तीमध्ये जम्मा ४२५ वटा हिमालमा मात्र आरोहणको प्रयास भएको छ । योमध्ये पनि २२५ हिमालमा मात्र आरोहण सफल भएको छ ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार

    © 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology