गलकोटे इश्वरले आकृतिलाई मन पारेपछि

पोखरा ,३ बैशाख – कलाकार ,निर्देशक तथा मोडेल ईश्वर बाबुले आकृति लाई मन पारेको खुलासा गरेका छन । जय नेपाल फिल्मस् प्रा.लि.को प्रस्तुतिमा बोबी बि.क.को मौलिक पन्चेबाजा गीत घन्काउ पन्चेबाजाको म्यूजिक भिडियोमा उक्त दृश्य देख्न्न सकिन्छ ।
चर्चित लोकदोहोरी गायिका शर्मिला गुरुङ र बोबी बि.क.को आवाज रहेको गीत युटुव बजार मार्फत सार्वजनिक भएको छ । याम खत्रीको शब्द रहेको गीतमा संगीतकार तथा बहुचर्चित एरेन्जर आशीष अबिरल को लय तथा एरेन्ज रहेको छ। उक्त गीतको भिडियो शर्मिला गुरुङको अफिसियल युटुव च्यानल मार्फत सार्बजनिक भएको छ । निर्देशक ईश्वर बाबुले निर्देशन गरेको भिडियोमा कमल जि।एम।को छायांकन रहेको छ । भिडियो लाई ईश्वर बाबुले सम्पादन गरेका हुन ।
भिडियो मा ईश्वर बाबू र आकृति रणपालले अभिनय गरेका छन।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology