सोमबार पनि बाढीबर्षा ,बालबिकास केन्द्र बगायो

गल्कोट ,३ बैशाख – गलकोटमा सोमबार पनि भिषण बर्षा भएको छ । बर्षाले गलकोट नगरपालिका वडा नम्वर १ भैसेमा रहेको फुलबारी बाल बिकास केन्द्रको भबन बगाएको छ । स्थानिय राम बहादुर भण्डारीको घर नजिकबाट पहिरो गएपछि बिस्थापित भएका छन । भाटिबजार देखी तल रहेको खेतमापनि बाढि पसेको वडा नम्वर १ का वडा अध्यक्ष नेत्र बहादुर बुढाथोकीले जनाकारी दिए । शिबालय प्राथमिक बिद्यालयमा बाढि पसेको छ । नरेठाटि देखी दुदिलाभाटि हुदै बरेङ गाउपालिका पेरिवाङजाने मोटरबाटोमा रहका निर्माण सामाग्री बगाएको छ । गण्डकी प्रदेश सरकारले स्तरिकरण गर्न बजेटको ब्यबस्था गरेपछि निर्माणको काम सञ्चालन भैरहेको उत्त सडकको निर्माणको लागी राखिएको २ टिपर बालुवा, १ टिपर गिट्टि र २ सय ५० एम एमको ४ बटा पाईप बगाएको उपभोक्ता समितिका अध्यक्ष बम बहादुर गुरुङले जनाकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology